आर्मी चिफको डिनर डेटमा कलाकारहरु : पुगेका थिए यी कलाकार

हरिबंश भन्छन् : यस्तो प्रधानसेनापति पाएका थिएनौं पहिले

  • May 10, 2018 7:16 am
  • News FIlmy

army dinner

आर्मी चिफ राजेन्द्र क्षेत्रीले कलाकारहरुलाई डिनर डेट बोलएर कलाकारहरुसंगको सम्बन्ध झन घनिष्ठ बनाएका छन् ।

प्रधानसेनापति निवास शशिभवनमा आयोजित जित डिनर पार्टीमा चिफ क्षेत्रीले कलाकारहरुसंग निकै रमाईला कुराकानी गर्दै फिल्म नगरीको बर्तमान प्रगति र भबिष्यको बारेमा समेत जानकारी लिए ।

क्षेत्रीको परिवारिक सदस्यका रुपमा चिनिने कलाकार अनुराग मान सिंह कुवरको संयोकत्वमा आयोजित उक्त डिनर डेटमा उनले कार्यक्रममा कलाकारहरुलाई गहनाका रुपमा सम्बोधन गर्दै नेपाली सेनाले जस्तो कठिन परिस्थिती आएपनि कलाकारहरुको सुरक्षामा नेपाली आर्मीले उच्च प्राथामिकता दिएर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कलाकारहरुका तर्फबाट चाँहि हरिबंश आचार्यले सम्बोधन गर्दै राजेन्द्र क्षेत्री प्रधानसेनापति भए यता कलाकारहरुको सम्बन्ध नेपाल आर्मीसंग थप मधुर भएको भन्दै क्षेत्रीलाई डिनरका लागि धन्यवाद दिएका थिए ।उनले घुमाउरो शैलीमा नेपाली कलाकारहरुले यिति मिजासिलो र कलाकारहरुलाई सम्मान गर्ने प्रधानसेनापति पहिले नदेखेको समेत बताए ।

af2

नेपाली फिल्म उद्योगलाई निकै नजिकबाट नियाल्ने चिफका रुपमा समेत परिचिति क्षेत्री फिल्म सेलेब्सहरुसंग नजिक हुने त्यस्तो एक मात्र चिफ बनेका छन् जो नेपाल आर्मीको ईतिहासमै सवै भन्दा नजिक रहेर कलाकारहरुसंग भलाकुसारी गर्न रुची राख्ने तथा दुख सुख साट्ने चिफका रुपमा चिनिनि पुगेका छन् ।
af5
उनी बेला बेलामा परिवार सहित फिल्म हेर्न हलमा भेटिन्छन् त कहिले प्रिमियर सोमा पुगेर कार्यक्रमको शोभा पनि बढाईदिन्छन् । उनको भोजमा बिशिष्ट हाँस्य कलाकार हरिबंश आचार्य दम्पती देखि लिएर नयाँ पुस्ताका चर्चित हिरो प्रदीप खड्का तथा हिरोइन पूजा शर्मा सम्मकी देखिएकी थिईन् ।

af1

तस्बिरहरु हेर्दा उनको पार्टीमा सिता राम कट्टेल (धुर्मुस् ) कुन्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढा) जीतु नेपाल, (मुन्द्रे), दीपकराज गिरी, सुरज सिहं ठकुरी, भुषण दाहाल, गौरव पहारी, सन्तोष पन्त, गौरी मल्ल, करिश्मा मानन्धर, दीपाश्री निरौला, राजाराम पौडेल,किरण केसी, बुद्धी तामाङ, दीलिप रायमाझी, स्वेता खड्का, प्रियंका कार्की, केकी अधिकारी,नम्रता सापकोटा, निर्माता सन्तोष सेन, गोपाल काजी कायस्थ, सुमित मैनाली, गोविन्द शाही, दाजु भाई गायक सत्य स्वरुप आचार्य, रामकृष्ण ढकाल , दीपक बज्राचार्य, जेम्स प्रधान लक्ष्मण शेष र एलिश कार्की लगायतका सेलिब्रेटी देखिएका थिए ।

af4

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*