‘कोहलपुर एक्सप्रेस’ पनि सोचे जस्तो चलेन : तीन दिने बक्स अफिस कलेक्सन यस्तो

मोफसलमा अझ कमजोर छ कारोबार

  • April 29, 2018 5:08 pm
  • News FIlmy

kohalpur express first day box office

हिरोइन केकी अधिकारीले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ले तीन दिनमा ५० लाख १५ हजार ३३ रुपैयाँ मात्र कारोबार गरेको छ ।

उक्त तीन दिने कारोबारमा राजधानीको कलेक्सन ३५लाख ६० हजार ५ सय ९८ रुपैयाँ छ भने मोफसल तर्फ १४ लाख ५४ हजार ४ सय ३५ रुपैयाँ देखिएको छ ।

कोहलपुर एक्सप्रेसको बक्स अफिस कलेक्सनका बिषयमा न्यूज फिल्मी टिमले गहिरिएर अध्ययन गर्दा केकीको यो फिल्म पनि खासै चलेको फिल्मका  रुपमा हामीले लिन सकेनौ ।  विशेष गरी फिल्मले तीनै दिन मोफसलमा निकै कमजोर कारोबार गरेको छ भने राजधानीमा शनिबारको कलेक्सन चाँहि केही हद सम्म राम्रो देखिएको छ ।

यो फिल्मले पहिलो दिन देशभरिबाट ११ लाख ८० हजार ६६ रुपैयाँबाट ओपनिङ गरेको थियो भने शनिबार चाँहि  ३० लाख ८४ हजार ४ रुपैयाँ कलेक्सन गरेको देखिन्छ ।

म्यूजिक भिडियो निर्देशनको लामो अनुभव पश्चात निर्देशक विशाल भण्डारीलाई डेब्यू गराउँदै केकीले निर्माण गरेको यो फिल्ममा केकी सहित, प्रियंका कार्की, ऋचा शर्मा , बुद्धी तामाङ जस्ता दक्ष अनि चर्चित कलाकार हुँदा हुँदै पनि फिल्मले अपेक्षित ओपनिङ गर्न नसक्नु फिल्म नगरीकै लागि दुखद खबर हो ।

तर राम्रो पक्ष चाँहि के छ भने   यो फिल्मले बजारबाट मिश्रित प्रतिक्रिया पाईरहेको छ तसर्थ आउँदा दिनमा  फिल्मले राम्रो ब्यापार गर्दै गएमा केकीका लागि  फिल्म निर्माणको पहिलो अनुभव सुखद हुने थियो ।

आईतबार काठमाण्डौको जय नेपाल हलमा आयोजित प्रेस सो पश्चात फिल्मकर्मी तथा पत्रकारहरुबाट आएको भिडियो प्रतिक्रिया यस्तो छ हेर्नुस्

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*