‘कृ’ को दुई दिने बक्स अफिस यस्तो : शुक्रबार अपेक्षित थिएन शनिबार दोब्बर

६ करोड ग्रस पुग्दा लगानी सुरक्षित हुने

  • February 11, 2018 9:40 am
  • News FIlmy

अनमोल के.सी.को एकल स्टारडम रहेको फिल्म ‘कृ ‘ ले दुई दिनमा २ करोड ६६ लाखको  हाराहारिमा ब्यापार गरेको छ ।

न्यूज फिल्मी टिमले निकालेको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले पहिलो दिन अपेक्षा गरिए अनुरुपको ब्यापार नगरेको तर दोश्रो दिन शुक्रबारको तुलनामा झण्डै दोब्बर ब्यापार गर्दै प्रोड्यूसर तथा सम्बन्धीत डिष्ट्रीब्यूटरको मुहारमा खुसी भरिदिएको हो ।

शुक्रबारको हिसाव हेर्ने हो भने फिल्मले राजधानी बाहिर ३५ लाख ८६ हजार ७ सय ९४ रुपैयाँ र राजधानीमा ६१ लाख १३ हजार ५ सय ६३ रुपैयाँ गरी पहिलो दिन कूल ९७ लाख ३ सय ७५ रुपैयाँ कारोबार गरेको हो ।

शनिबार गोपिकृष्ण हल चावाहिलमा कृ हेर्न उर्लिएका दर्शक ।

शनिबार गोपिकृष्ण हल चावाहिलमा कृ हेर्न उर्लिएका दर्शक ।

यस्तै शनिबार चाँहि मोफसल तर्फ ६३ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ र राजधानीमा १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ कारोबार गरी १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँ कारोबार गरेको हो । त्यसकारण ‘कृ’ले रिलिजको दुई दिनमा २ करोड ६५ लाख ५३ हजार ६ सय ८ रुपैयाँ ग्रस कलेक्सन गरेको हाम्रो रिपोर्टले देखाउँछ ।

३ करोड ५० लाखमा निर्मित ‘कृ’ ले युट्यूब, ओभरसिज तथा न्यू मिडिया राईट विक्रि बापत ८० लाख र ब्रान्ड एसोसिएट बापत ४० लाख रुपैयाँ उठाईसकेको छ भने बाँकी उठाउँनु पर्ने   २ करोड ३० लाख लागतको लागि नेपाली बक्स अफिसबाट ६ करोड ५ लाख बराबरको कारोबार गर्नै पर्ने हुन्छ ।

तसर्थ आफ्नो लगानी मात्र सुरक्षित गर्नका लागि यो फिल्मले अझै ३ करोड ३९ लाख ४६ हजार ३ सय ९२ रुपैयाँ कारोबार गर्नु पर्ने छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*