NewsFilmy

हुर्रे पनि कमेडी जनरमै बन्यो :  रिलिज भयो ट्रेलर तर…

अनुप विक्रम शाही हाल सम्मकै फरक अवतारमा

  • February 8, 2018 7:07 pm
  • News FIlmy

hurrey

आजकाल कमेडी विधामा फिल्म बनाउँन नेपाली निर्माताहरुको ठूलो लर्को लागेको छ  र यहि भिडमा हुर्रे फिल्मका निर्माताहरु पनि  थपिएका छन ।

जारी ट्रेलर हेर्दा यो फिल्म पनि पूर्ण रुपमा कमेडी जनरमा बनेको देखिन्छ जसले दर्शकलाई हसाउँने प्रयत्न गरेको ट्रेलरबाट अनुमान लगाएका छौ हामीले । ‘राज्जा रानी’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका स्क्रिप्ट राईटर यम थापा निर्देशित यो दोश्रो फिल्ममा कमेडी विद्यामा निकै रुचाईएका र विजय बराल , राजाराम पौडेल लगायतका कलाकार केन्द्रिय  भूमिकामा छन् ।

हिरोइन केकी अधिकारी पनि त्यस्तै मुडमा देखिएकी छिन् भने अनुप विक्रम शाही हाल सम्मकै फरक अवतारमा देखिएका छन् तसर्थ हुर्रेले पनि दर्शकलाई हसाउँने प्रयाश गरेको जारी ट्रेलरबाट अनुमान लगाउँन सकिन्छ ।

bijaya baral

अब कुरा गरौ हुर्रेको ट्रेलरमा देखिएका सकारात्मक र नकारात्मक पक्षका बारेमा ।
यो फिल्ममा पशुपति क्षेत्रमा घट्ने कथा उठाईएको देखिन्छ जसकारण यो फिल्ममा लेम्यान स्टोरी रहेको  सजिलै अनुमान लगाउँन सकिन्छ । जसरी ‘पशुपति प्रसाद’ फिल्ममा त्यसको स्टोरी लाईन पशुपति क्षेत्रलाई आधार मानेर बनाईएको थियो त्यस्तै लाईनअप यो फिल्मको ट्रेलरमा पनि देखिन्छ ।  त्यसैले  धेरै जसो दर्शकलाई यो फिल्मको  ट्रेलर हेर्दा ‘पशुपति प्रसाद’  फ्लेवर आएको महसुश पनि हुन सक्छ ।

तर विडम्बना के छ भने  ट्रेलरमा फिल्मी पन अर्थात स्टाईलको कमि देखिदा  यो  ट्रेलर शत प्रतिशत अब्बल नहुनमा यहि पक्षको कमजोरी हो कि भन्ने भान परेको छ हामीलाई । यस्तो हुनुमा छायाँकन पक्षको सरल टेकिङ स्टाईलले जन्माएको कमजोर दृश्यात्मक नतिजा हो कि भन्ने   हामीलाई लागेको छ ।

kri for news

अर्थात लाईटिङलाई ब्यालेन्स गरेर राम्रो फ्रेममा क्लियर दृश्य मात्र खिच्नु कुनै पनि निर्देशक तथा सिनेमाटोग्राफरको पूर्ण सफलता हैन उसले दृश्य अब्बल बनाउँनलाई प्रयोग गर्ने लेन्सको विविधतासंगै आफ्नो टेकिङ स्टाईललाई उत्कृष्ट देखाउँन सक्नु पनि हो । यदि टेकिङ स्टाईल कमजोर भएमा सम्पादन पक्ष पनि कमजोर बनिदिन्छ जसले गर्दा सम्पादकको कार्य प्रति पनि  समीक्षकले  प्रश्न गर्नु पर्ने बाध्यता आउँछ ।

त्यसैले  यस्तै केही तत्वहरुको कमि महसुश गर्दा यो समीक्षकको आँखालाई सार्वजनिक ट्रेलरले पूर्ण रुपमा बाध्न चाँहि सकेन । हुन त  ट्रेलर हेरेकै भरमा यसरी कुनै पनि फिल्मलाई र त्यससंग आबद्ध रहेका ब्यक्तिहरुको काम लाई  राम्रो नराम्रो भन्ने अधिकार कोही कसैलाई हुँदैन र हामीलाई पनि छैन । बस यति हो कि दर्शकको नजरमा रहेर भन्नू पर्दा चाँहि यो फिल्मको ट्रेलर केही हद सम्म रमाईलो नै छ ।  हुर्रे  फाल्गुन २५ देखि प्रर्दशनमा आउन लागेको फिल्म हो  अहिलेलाई हेर्नुस् यसको ट्रेलर

kanchi for news

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*