NewsFilmy

‘कृ’ले पायो १ सय १८ पर्दा : छक्का पञ्जा – २ को रेकर्ड तोड्न १ करोड ५५ लाख आवश्यक

मोफसलमा ७५ राजधानीमा ४३ पर्दा पायो फिल्मले

  • February 8, 2018 5:17 pm
  • News FIlmy

anmol

भोलिबाट प्रर्दशनमा आउँन लागेको यस बर्षकै सर्वाधिक चर्चित फिल्म ‘कृ’ले अत्याधिक पर्दा पाएको छ ।

न्यूज फिल्मीको टिमले गरेको अध्ययन अनुसार ‘कृ’ले राजधानी तथा यस टेरिटोरीमा रहेका १७ वटा हलमा करिब ४३ पर्दा पाएको छ भने मोफसल तर्फ ७५ प्लस पर्दा पाएको छ ।

अफ साईड एरिया जनकपुर देखि विरगञ्ज तर्फ पनि ‘कृ’को ठूलो डिमान्ड आएपछि भोलिदेखि प्रर्दशनमा आउँन लागेको बलिउड फिल्म प्याड म्यानले चाँहि मोफसल तर्फ १२ वटा मात्र पर्दा पाएको छ ।

तर  राजधानीका क्यू.एफ.एक्स चेनमा चाँहि  प्याडम्यानले ‘कृ’को हाराहारिमै  पर्दा पाएको छ भने सिंगल स्क्रिन तर्फका  तीन ठूला हल गोपी, गुण र अष्टमा उसले निकै कम पर्दा पाएको छ । बुझिए अनुसार कृलाई गोपीकृष्णको चार वटा पर्दाबाट एक साथ रिलिज गरिदैछ भने अष्टमामा पनि तीनवटै पर्दा दिईएको छ । यस्तै गुणमा पनि चार वटा पर्दा दिईएको छ ।  मल्टीप्लेक्स तर्फ ‘कृ’को पर्दा  हेर्ने हो भने क्यू.एफ.एक्स च्यानलका चार वटा हलमा ७ पर्दा  छ भने वीग मुभिजमा ३,वि.एस.आर,क्यूज सिनेमा, सिने द सेफ र कलंकीमा  २ / २ पर्दामा पाएको छ ।

३ करोड ५० लाख लागतमा निर्मित ‘कृ’को ब्यापारिक गतिविधि हेर्ने हो भने न्यू मिडिया तथा ओभरसिज राईटस बेच्दा  एवं  केही  ब्रान्ड एसोसिट हुँदा कृका निर्माताले  १ करोड २० लाख उठाईसकेका छन् । तसर्थ कृले  नेपाल रिलिजबाट लगानी उठाउँन अब २ करोड ३० लाखको मात्र शेयर प्राप्त गरे हुन्छ ।

kanchi for news

कृका निर्माताले हाईलाईटस् नेपाललाई  न्यू मिडिया   र ओभरसज राईट बेचेर ८०  लाख लिएका छन्   भने ४० लाख रकम विभिन्न ब्रान्ड असोसिएट हुँदा प्राप्त गरी १ करोड २० लाख रकम उठाएका  हुन् ।

तसर्थ नेपालको अहिलेको फिल्म मार्केटलाई हेरेर केही लेख्ने हो भने ‘कृ’का निर्माताले लगानी आफ्नो  रिकभर गर्न २ करोड ३० लाख मात्र शेयर प्राप्त गर्नु पर्ने हुन्छ ।  २ करोड ३० लाख शेयर प्राप्तीका लागि चाँहि ‘कृ’ ले ६ करोड ५ लाख बराबरको ग्रस कलेक्सन  गर्ने पर्ने हुन्छ ।

यस्तै छक्का पञ्जा-  २ ले पहिलो दिन कायम गरेको १ करोड ५४ लाख ग्रस कलेक्सन रेकर्ड तोड्नका लागि चाँहि कृ ले १ करोड ५५ लाख ग्रस कारोबार गर्नु पर्ने हुन्छ  भोलि ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*