NewsFilmy

‘ब्लाइन्ड रक्स’ ट्रेलर रिलिज :  श्रृष्टीको बायोपिक स्टोरीले कहिँ कतै मन छोला

फाल्गुन १९ देखि रिलिज हुँदै फिल्म

  • February 7, 2018 7:04 pm
  • News FIlmy

blind rocks

दृष्टीविहिन भएर पनि लाखौ युवा युवतीको प्रेरणाको श्रोत बन्न सफल भएकी मोटिभेश्नल स्पिकर श्रृष्टी के.सीको जीवनी  माथि बनेको फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज भएको छ ।

यो बायोपिक फिल्ममा श्रृष्टीको भूमिकामा बेनिशा हमालले अभिनय गरेकी छिन् भने उनकी आमाको भूमिकामा गौरी मल्ल देखिएकी छिन् । यस्तो अभिनेता तर्फ अर्पण थापालाई पनि ब्लाइन्डको भूमिकामा देखाईएको छ ।

युवा अवस्थामा आँखामा सामान्य समस्या आएपछि डाक्टरले प्रयोग गर्न दिएको आई ड्रप गलत पर्दा श्रृष्टीको आँखाको ज्योति गुमेको थियो त्यस पश्चात उनको परिवारमा चिन्ता थपियो र उनी जिन्दगी देखि केही समय निराश पनि भईन तर समयले सवै कुरा सिकाउँदो रहेछ र हिम्मत पनि सोही अनुसार बढाउँदो रहेछ भन्ने गतिलो उदाहरण श्रृष्टीले  देखाई दिईन  र ‘मेरो जीन्दगीलाई मैले मात्र परिवर्तन गर्न सक्छु अरु कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन’  भन्ने अमेरिकन एक्ट्रेस, सिंगर तथा राईटर कारोल ब्रुनेटको कोट्स जस्तै  उनले आफ्नो बदलिएको अन्धकार जीन्दगीमा आफै परिवर्तन ल्याउँदै लाखौ युवा युवतीको मन जीत्न सफल भईन र तिनै जुझारु, प्रेरणाकी श्रोत श्रृष्टी के.सीको जीवनीमा आधारित भएर ;ब्लाइन्ड रक्स ; फिल्म दर्शक माँझ आउँन लागेको हो ।

तलको भिडियोमा हेर्नुहोस्  श्रृष्टी के.सीको निकै प्रभावशाली स्पिच  । 

मिलन चाम्सले निर्देशन गरेका यो फिल्ममा श्रृष्टीको जवन कथालाई स्क्रिप्टमा बुन्ने काम चाँहि यम थापा र सुमन उप्रेतीले गरेका हुन । जुन कथालाई राम्रो फिल्मका रुपमा दर्शक माँझ ल्याउँन निर्देशकसंगै स्क्रिप्ट राईटर द्धयका लागि निकै चुनौति छ ।

फाल्गुन १८  देखि प्रर्दशनमा आउँने ‘ब्लाइन्ड रक्स’को मुख्य आकर्षण भनेकै श्रृष्टीको  प्रेरणादायक लाईफ  स्टोरी  हो जसकारण श्रृष्टी के.सीलाई नजिकबाट नियालेका आम दर्शकले   यो फिल्म प्रति  ठूलो अपेक्षा राख्ने  निश्चित प्राय छ ।

kri for news

त्यसकारण यो फिल्मको सार्वजनिक ट्रेलरलाई लिएर केही सतही समीक्षा गर्ने हो भने फिल्मको लाईनअप राम्रो बनेको देखिन्छ तर कमि के लाग्छ भने यो ट्रेलरमा मुटु समाउँने खालका ब्याकराउन्ड म्यूजिकको अभाव केही हद सम्म खड्एिको महसुश चाँहि हामीलाई भएको छ ।

हुन त ट्रेलर हेरेकै भरमा पूरा फिल्मको ब्याकराउन्ड म्यूजिक स्कोर माथि समीक्षा गरिहाल्नु गलत पनि हो तर  कुनै पनि फिल्म अब्बल बन्नका लागि  आबश्यक पर्ने केही  प्रमुख तत्वहरु मध्येको एक तत्वका रुपमा ध्वनी लाई पनि लिईन्छ । त्यसैले यो फिल्मको ट्रेलर हेर्दा  ईमोशनमा  ग्रिप अलि नपुगेको हो कि भन्ने हामीलाई लागेको छ ।

बाँकी अन्य कुरामा भन्नू पर्दा बायोपिक स्टोरीलाई जीवन्त दिन त्यस्तै सेटअपमा फिल्म कैद गर्ने प्रयास गरिए पनि दृश्यलाई अझ ठूलो क्यानभासमा उतार्न तथा ग्लशी बनाउँन निर्देशक ,सिनेमाटोग्राफर र पोष्ट प्रोडक्सनमा मुख्य हात रहने एडिटर तथा कलर करेक्सन  लगायतका  अन्य प्राविधिक टिमले थोरै मात्र आफ्नो चलाखी पन बढाएको भए यो ट्रेलर माथि हाम्रो खासै प्रश्न उठ्ने थिएन ।

kanchi for news

हेर्नुस् ट्रेलर  बाँकी समीक्षा फिल्म रिलिज पछि खुलेरै गरौला ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*