डमरुको डन्डीबियो पोष्टर यस्तो :  गम्भिर बिषय माथि बन्यो फिल्म

स्क्रिप्ट राईटर छेतेनको डेब्यू निर्देशनमा बन्यो फिल्म

  • February 6, 2018 6:33 pm
  • News FIlmy

स्क्रिप्ट लेखन र अभिनय दुवै विधामा उत्तिकै पोख्त रहेका अभिनेता खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहेको फिल्म ‘डमरुको डन्डीबियो’ को फष्टलुक पोष्टर रिलिज भएको छ ।

नोभेम्बर रेन फिल्मबाट स्क्रिप्ट लेखन सुरु गरेकका अर्का राईटर छेतेन गुरुङको डेब्यू निर्देशनमा बनेको उक्त फिल्म नेपालबाट करिब लोप भईसकेको एक चर्चित खेल डन्डीबियो माथि बनाईएको फिल्म हो जसले राष्ट्रियताको महत्व समेत झल्काउँने छ ।

kri for news

आउँने बर्ष रिलिज लक्ष्य राखिएको उक्त फिल्ममा खगेन्द्रका अलवा बुद्धी तामाङ, अनुप बराल, मेनुका प्रधान,लक्ष्मी बर्देवा, अशान्त शर्मा लगायतका कलाकार मुख्य भूमिकामा भए पनि जारी गरिएका दुई पोष्टरमा खगेन्द्रलाई मात्र फिचर गरिएको छ ।

damaruko dandi biyo

पोष्टर हेर्दा डन्डिबियोसंग खगेन्द्रको मुड निकै आक्रमक देखिएको छ त्यसकारण यो फिल्मको पोष्टरमा खगेन्द्रले बनाएको मुड प्रसंनसनीय छ । बाँकी अन्य कुराहरुमा भन्ने हो भने डन्डीबियो कथामा फिल्म बनाउँनु भनेको आफैमा एक चुनौतिको पहाड चाँहि हो ।

किन कि राष्ट्रिय  स्तरका खेल तथा विषय बस्तुमा नेपाली फिल्म अझै बनेका छैन्न् त्यसकारण बलिउडमा यस्तै प्रकारका  बिषय बस्तु  उठान गरिएका  चर्चित फिल्म लगान, चक दे ईन्डिया, सुल्तान तथा दंगलमा जस्तै यो फिल्मको पनि स्क्रिनप्ले र मेकिङ अब्बल भईदिएमा नेपाली फिल्म उद्योगले पनि  स्वदेशी खेलमा  आधारित  एउटा गतिलो स्वाभिमान सहितको फिल्म पाउँने थियो ।

kanchi for news

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*