पञ्चायतको ट्रेलरले ध्यान खिच्न सक्छ : दुई कुरा मुख्य आकर्षण

चैत्र २ गते देखि रिलिज हुँनेछ फिल्म

  • February 6, 2018 10:49 am
  • News FIlmy

कहिले काँही नपत्याउँने खोलाले पनि बगाउँन सक्छ भने जस्तो सानो बजेटमा निर्माण भएको फिल्मले पनि दर्शकको ध्यान खिच्न सक्छ है भन्ने उदाहरण पञ्चायत फिल्मको ट्रेलरले देखाएको छ ।

सार्वजनिक पञ्चायत फिल्मको ट्रेलरमा पात्रहरुले प्रयोग गरेको लवज र  समावेश गरिएका ईमोश्नल सिन शसक्त भईदिदा  फिल्म राम्रो बनेको अनुमान हामीले  पनि काटेका छौ ।

पत्रकार रवि अधिकारी तथा कलाकारद्धय गणेश गिरी र सुसान्त श्रेष्ठको संयुक्त निर्माणमा बनेको उक्त फिल्मलाई मूलधारका फिल्म लेखक शिवंम अधिकारीले आफ्नो लेखनलाई समेत पूर्ण परिस्कृत गर्दै सफल निर्देशन गरेको छनक देखिएको छ जहाँ नीता ढुंगाना र सरोज खनाल मुख्य आकर्षण बनिदिएका छन् । बताईए अनुसार नीतालाई यो फिल्ममा १४ बर्षकी युवतीको रुपमा देखाईएको छ भने सरोज खनाल पाका पात्रका रुपमा चित्रण गरिएका छन् ।

kri for news

यस्तै सरोज खनालको भनाईलाई आधार मानेर भन्ने हो भने नीता ढुंगानाको करिअरकै सवै भन्दा उत्कृष्ट पर्फमेन्स यो फिल्ममा पाईन्छ । हुन त अमेरिकामा आयोजित सानफ्रानसिस्को फेस्टिभलमा यो फिल्म सहभागी हुँदा नीताल उत्कृष्ट हिरोइनको अवार्ड समेत जितेर आफूलाई अब्बल सावित गरिसकेकी छिन । त्यसकारण नीताको करिअरको सर्वाधिक प्रतिक्षित फिल्मका रुपमा पनि पञ्चायत फिल्म लाई हेरिएको छ अहिले ।

neeta

पात्रहरुले बोल्ने लवज र ईमोश्नल सिनसंगै यो फिल्मको ट्रेलरलाई समीक्षा गर्ने हो भने नकारात्मक पक्ष त्यति धेरै देखेनौ हामी । किन फर्किएर नेपाललाई हेर्दा २०३३ साल तिरको क्यानभास अनुसारनै यो फिल्म तयार गर्न छनौट गरिएका लोकशन, बनाईएका सेट ,पात्रहरुको कष्ट्यूम र त्यति बेलाका प्रयोग गरिने अन्य विविध पर्पपर्टीहरुलाई निर्देशकले राम्रैसंग  प्रयोग गरेको अनुमान लगाउँन सकिन्छ ।

यस्तै यसको अर्को सबल पक्ष मेकअप पनि बनिदिएको छ । जसकारण २४ बर्षकी नीतालाई मेकअप आर्टिष्ट अमृत मरहट्ठाले १४ बर्षकी देखाउँन सफल भएका छन् भने ५० बर्षका सरोज खनाल तथा रुपा रानालाई बृद्ध उमेरको देखाउँन सक्नु उनको सफलता हो ।

त्यसकारण ईतिहासलाई सम्झिदै टिपिकल नेपाली शैलीको फिल्म हेर्न रुची राख्ने दर्शकका लागि यो फिल्म प्रतिक्षित बन्न सक्छ । हेर्नुस् ट्रेलर ।फिल्म चाँहि रिलिज हुँनेछ चैत्र २ गते देखि

kanchi for news

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*