NewsFilmy

‘कृ’को नयाँ गीत :  मेलोडी राम्रो तर दृश्य अपेक्षित भएन

सामुन्द्रिक क्षेत्र ज्यादा फोकस

  • February 5, 2018 9:02 pm
  • News FIlmy

kri song

बर्षकै सर्वाधिक प्रतिक्षित फिल्म ‘कृ’ को नयाँ गीत रिलिज भएको छ । रोमान्टिक नम्बरको उक्त गीतको छायाँकन स्कटल्याण्डमा भएको हो । आउँदो शुक्रबार देखि प्रर्दशनमा आउँने ‘कृ’मा अनमोल के.सी.ले नयाँ हिरोइन अदिति बुढाथोकीसंग रोमान्स गरेका छन् ।

हरेक दृष्टीकोणबाट उच्च हाईप बनाएको ‘कृ’ नेपाली फिल्मी ईतिहासकै सर्वाधिक मंहगो बजेट ३ करोड ५० लाखको लागतमा बनेको फिल्म हो । त्यसकारण पनि यो फिल्म हेर्नका लागि दर्शकको अपेक्षा ज्यादा भन्दा ज्यादा भईसकेको छ ।

रेनिशा राईको असिस्टेन्ट हुँदै एश्वर्य फिल्मबाट कोरियोग्राफीमा डेब्यू गरेका विक्रम लामा र एन्जिला खत्रीले कृको सार्वजनिक नयाँ गीतलाई कोरियोग्राफर गरेका हुन । गीतको शब्द संगीत रोदित भण्डारी र विशेष पाण्डेको संयुक्त हो भने गायन चाँहि रोदितको एकल छ । यस्तै छायाँकन चाँहि पुरुषोत्तम प्रधानको हो ।

anmol aditi

अब चर्चा गरौ गीत माथि
यो गीत अनमोल केसीले यस अघि खेलेका आफ्ना पूराना फिल्महरुकै गीतको पुनराबृत्ति मात्र हो । किन कि ‘कृ’को क्लब संग जस्तो यो गीतमा नयाँ पन सुनिदैन । लभ नम्बर मन पराउँनेहरुका लागि यो गीत रोजाईको गीत चाँहि बन्न सक्छ तर गीत माथि गहिरिएर समीक्षा गर्ने हो भने यो गीतको राम्रो र आकर्षक पक्ष भनेको मेलोडी तथा ओपनिङ एवं गीतका बीच -बीच भागमा बुनिएका ईङिलिश भक्स एरेन्जमेन्ट  सवै भन्दा अब्बल पक्ष बन्न पुगेका छन् ।

२/४ बिटमा तयार गीतलाई अझ ध्यान दिने हो भने बलिउड संगीतमा जस्तै केही मिठास पन  यो गीतमा सुन्न पाईन्छ । अर्थात गीत मेलोडियस चाँहि छ ।  विशेष गरी ‘मैले जानी नजानी माया लाए’ लाईन अत्यन्त सुन्दर र सुनिरहु बनिदिएको छ ।

कमजोर पक्ष चाँहि के छ भने यो गीत लेखनमा शब्दको कमी भईदिएको छ जसकारण लिरिक्स राईटिङमा फिनिसिङको समस्या पनि भेट्छौ हामी । त्यसकारण यो गीतको निर्माण प्रक्रिया समय देखि फैलिएको चर्चा अनुसार सार्वजनिक गीतले यो समीक्षकको तिर्खा अझै मेट्न सकेन ।

kri for news

खास भन्ने हो भने हर्कुलश बस्नेतको ह्याङ ओभरबाट अनमोल के.सी. मुक्त भएपनि कम्पोजिसन अनुसार शब्द रचना र गायक रोदितको भ्वाईस यो समीक्षकलाई अझै पर्फेक्ट लागेन ।  किन कि गायकले गीत राम्रो गाउँने प्रयाश गरेका होलान तर एउटा स्वर देखि अर्को स्वर सम्म जम्प गर्ने प्रक्रियामा उनको गायन शैली कमजोर भईदिदा भोकलमा मिड नमिलेको हामीलाई लागेको छ । अर्थात उनले आफ्नो गायनमा अझै निख्खारता ल्याउँन जरुरी छ ।

अब चर्चा गरौ गीतको दृश्य माथि :  गीतको अडियो रोमान्टिक लभ नम्बर हो । त्यसकारण प्रोड्यूसर टिमले गीतलाई राम्रो बनाउँन कोरियोग्राफरलाई दिएको स्कटल्याण्ड जस्तो सुन्दर राज्यका  प्रसस्थ लोकेशनहरु यो गीतमा समावेश नभएको देख्दा हाम्रा आँखाहरुले अझै केही खोजिरहेका छन् ।

anmol samundra

यूनाईटेड किङ डमको एउटा रमणीय पार्टका रुपमा परिचित स्कटल्याण्ड जस्तो सुन्दर क्षेत्रमा पुग्दा पनि सामुन्द्रिक क्षेत्र मात्र ज्यादा फोकस गर्नु यो गीतको दृश्य कैदमा देखिएको सवै भन्दा ठूलो कमजोरी हो । अर्थात केही नेपाली फिल्महरुले सामुन्द्रिक  तटलाई चुसेर आफ्ना फिल्ममा राखिसकेको दृश्यहरुको निरन्तरता मात्र देख्छौ हामी   ।

aditi

रिलिजको अन्तिम समयमा प्रोड्यूसर टिमले कुन दुखका साथ यो गीत बजारमा ल्याउन सफल भयो त्यो उसको प्रसंसनीय कदम हो तर गीत बनाउँन निर्माण टिमले झेलेको समस्य माथि दर्शकको कुनै मतलव हुँदैन ।  उनीहरुले त सिर्फ नयाँ पन हेर्न चाहान्छन् त्यसकारण गीत निर्माणका लागि प्रोडक्सन टिमले के कति र कस्तो समस्या भोग्नु पर्यो त्यो अलग पाटो हो,  बस यहाँ सवै ब्यक्ति राम्रो रिजल्ट हेर्न चाहन्छन त्यस माथि पनि अनमोल के.सी हुँदा डिस्टिङंशन सहितको रिजल्ट हेर्न चाहन्छन् उनीहरु र हामी पनि  त्यस्तै चाहन्छौ ।

तसर्थ हाम्रा शब्दहरुले मिहिनेती प्रोड्यूसर द्धय भुवन केसी र सुवास गिरीको टिमको जोश र जागरमा कही कतै हतोत्साही बनाउँने कार्य भएमा हामी त्यस माथि पुनः बहस गरौला तर सत्य सधै सत्यनै हुनेछ ।

kanchi for news

किन स्कटल्याण्ड जस्तो ठाउँमा पुग्दा समेत  पर्याप्त लोकेशनलाई कैद गर्न नसक्नु नै ‘कृ’ टिमले बनाएको चर्चा अनुसरको रिजल्ट हैन । यदि यो गीतलाई कोरियोग्राफर टिमले स्टकल्याडका भेराईटी लोकेशनहरु जस्तै ठूला तथा क्राउडेड शहर, अचम्म लाग्दा आर्किटक्ट तथा हाईल्याण्डका सामुन्ने तथा त्यहाँ पाईने अत्याधुनिक भेकल्स जस्ता पर्पर्टीसंग थप खेल्न सकेको भए यो गीतको दृश्य अझ आकर्षक बन्ने थियो ।    फिल्म र गीतलाई पुरुषोत्तम प्रधानले कैद गरेका हुन । उनलाई डान्स मास्टरहरुले कैद गर्न लगाएको जति पनि दृश्य छन् ती सवै तारिफ योग्य छन । हेर्नुस् गीत । 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*