बाबु बोगटी र यश कुमारबीच ठूलै विवाद !  टुट्यो चौध बर्ष देखिको मित्रता

२०६० सालमा भएको थियो उनीहरुको पहिलो भेट

  • February 1, 2018 7:31 pm
  • News FIlmy

गायक यश कुमार आफैले सृजना गरेको गीत अर्को गायकलाई गाउँन दिएपछि उनका हितैषी मित्र गायक बाबु बोगटी निकै रुष्ट भएका छन् ।

करिब १२ बर्ष अघि यश कुमारले लेखेको तथा संगीत भरेको सिउँदोमा कस्तो सिमाना कोरिछौ … बोलको गीतलाई बाबु बोगटीले आफ्नै खर्चमा आफैले गाउँदै रेकर्ड गराएका थिए जुन गीत १२ बर्षपछि यश कुमारले बाबुलाई सोध्दै नसोधी अर्का गायक एकदेव लिम्बुलाई पुनः गाउँन दिएपछि उनीहरु बीचको १४ बर्ष देखिको मित्रतामा ठूलै सिमाना कोरिन पुगेको हो ।

बाबुले रेकर्ड गराएको उक्त गीत त्यतिबेला निकै हिट भएको थियो र उक्त गीतबाट  बाबुले एक किसिमका फ्यानफलोअर पनि कमाएका थिए  । तर के गर्नु हितैषी मित्रबाटै आफू माथि आक्रमण भएपछि बाबु न्याय माग्दै हिड्न थालेका छन् ।

सिधा भन्ने हो भने यदि गीत गाउँने श्रष्टालाई एक शब्द पनि सोध्दै नसोधी तथा उसको अनुमति विना अरु कसैलाई पुनः उक्त गीत गाँउन दिनु भनेको सम्बन्धीत गीतका रचनाकार तथा संगीतकारले गायकको नैतिक अधिकार माथि ठाडो हस्तक्षेप गर्नु हो ।

kri for news

यो बिषयमा नेपालको कानुनले र नेपालको सांगितिक क्षेत्रलाई नियमन गर्ने चार वटा सेमो संस्थाहरुले पनि त्यस्तै भाषा बोल्दछ र गायकको पक्षमा निर्णय गर्ने अवस्था आउँछ । त्यसकारण यदि यश  कुमारले जानी नजानी यो बिषयलाई सामान्य सोचेर बाबु बोगटी आफ्नै भाई सरहका साथी हुन , उनलाई यो कुरा पछि जानकारी गराएर  रिझाउँछु भन्ने भ्रम पालेर त्यस्तो निर्णय गरेका हुन भने पनि उनले भाई बाबु,  साथी बाबु , भन्दा पनि गायक बाबुसंग माफ माग्नै पर्ने हुन्छ र आफूले गरेको निणर्यलाई अविलम्ब सच्याउँनु पर्दछ । हैन भने उनी कानुनका भागिदार बन्नै पर्ने हुन्छ ।

यस्तै कुनै  गायकले सर्वप्रथम गाएको गीत हिट होस वा नहोस तर उसको स्वीकृति बिना यदि कोही नयाँ गायकले केही समय पछि त्यहि गीतलाई पुनः गाएर बजारमा ल्याउँछ भने त्यस्ता गीतलाई कभर सङ भनेर मात्र लेख्न पाईन्छ जसमा ओर्जिनल गायकलाई क्रेडिट दिन अनिवार्य छ ।

बाबु र यशको मित्रताको चर्चा गर्दै केही शब्द कोर्ने हो भने उनीहरुको पहिलो भेट र चिनजान २०६० सालमा झापा स्थित सुरङ्गा बजारमा आयोजित कसन्र्टमा भएको थियो । त्यस पश्चात एउटै समुदाय प्रतिनिधित्व गर्ने उनीहरुको सम्बन्ध काठमाण्डौ आएर झन झाङ्गियो  । उनीहरुले धेरै गीत मिलेरै निमार्ण गरे भने केही फिल्म समेत संगै खेल्न भ्याए । तर विडम्बना त्यो गहिरो मित्रता १४ बर्षपछि सिसा फुटे जस्तै गरी फुट्न पुगेको छ । जसको दोषी यश  कुमार भएका छन् यति खेर ।

kanchi for news

बाबु ले गाएको ओर्जिनल गीत

: अहिले सार्वजनिक भएको अर्को गीत

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*