२३ दिनमै ‘रुपै मोहनी’ लाई ५० लाख भ्यूज : फिल्म बल्कबष्टर हुने संकेत

हिट भयो शत्रु गतेको यो गीत

  • January 20, 2018 6:38 pm
  • News FIlmy

हरिबंश आचार्य तथा दीपकराज गिरीको टिमअपमा बनेको फिल्म शत्रु गतेको रुपै मोहनी गीतलाई यूट्यूबमा ५० लाख प्लस भ्यूज प्राप्त भएको छ ।

गत पौष १४ गते सार्वजनिक भएको उक्त गीतलाई २३ दिनमै यति धैरै भ्यूज प्राप्त हुनु भनेको यो फिल्मको ब्यापारिक भबिष्य सुनिश्चित हुने संकेत पनि हो । अर्थात यहि रेसियोमा यो गीत हिट भएमा शत्रु गते यस बर्षको एक बल्कबष्टर फिल्मका रुपमा पनि नेपाली बक्स अफिसमा स्थापित हुन सक्छ ।

haribansha

डिटेल्जहरु हेर्ने हो भने यो सामाचार तयार गरुन्जेल सम्म यो गीत यूट्यूब ट्रेन्डिङको २४ नम्बरमा  अझै छ भने भ्यूज ५० लाख २६ हजार ६ सय ५४ पुगिसकेको छ  । यस्तै गीतलाई ३८ हजारले लाईक र ३ हजारले मात्र डिसलाईक गरेका छन् भने   कमेन्ट बक्समा हेर्दा ४ हजार १० कमेन्ट आएको छ जसमा करिब शत प्रतिशत कमेन्टहरु प्रशंसाका फूलबुट्टाले भरिएका छन् ।

चैत्र ९ गते देखि देशब्यापी प्रर्दशनमा आउँने यो फिल्ममा कमेडी जनरकै हो त्यसकारण पनि यो फिल्म हेर्ने ईच्छा दर्शकमा तिब्र बन्दै गईरहेको सार्वजनिक गीतमा देखिएको भ्यूजले जनाउँछ ।

फिल्मलाई हरिबंशका चेला अर्थात गत बर्ष निकै रुचाईएको कमेडी फिल्म जात्राका निर्देशक प्रदीप भट्राईले निर्देशन गरेका हुन । तर एउटा रोचक तथा नबाहिरिएको प्रसंग कोट्याउँने हो भने रुपै मोहनी गीत छक्का पञ्जा – ३ का लागि दीपकराज गिरीले छनौट गरेको गीत थियो तर विडम्बना शत्रु गतेका लागि सोचे जस्तो गीत नभेटेपछि उनले छक्का पञ्जा ३ का लागि फाईनल गरेको गीतनै यो फिल्ममा राख्न बाध्य भएका हुन ।

छक्का पञ्जा ३ को सुटिङ चाँहि आउँदो बैशाख देखि हुँदैछ भने प्रर्दशन चाँहि आउँने बर्षको दसैमा हुने छ । दीपक- दीपा शत्रु गतेका कलाकार सहित शेयर होल्डर पनि हुन त्यसकारण गीतमा समेत उनीहरु नाच्ने सिचुवेशन भएका कारण दीपकले छक्का पञ्जा ३ का लागि तय गरेको गीत शत्रु गतेमा राख्न बाध्य भएको बताईन्छ । हेर्नुस् एक पटक फेरी यो गीत

अडियो गीत डाउनलोड गर्न यहाँ थिच्नुस् :  रुपै मोहनी 

रुपै मोहनी गीतका रचनाकार लोकराज अधिकारीले हुन भने कम्पोजर एवं मेल भर्षनका गायक टंक बुढाथोकी हुन भने फिमेल भर्षन मिना निरौलाले गाएकी हुन । कोरियोग्राफी चाँहि कविराज हो । फिल्ममा हरिबंश आचार्य देखि लिएर, बसुन्धरा भुषाल, शिव हरी पौडेल ,  दीपाश्री निरौला,प्रियंका कार्की, दीपकराज गिरी, राजाराम पौडेल, पल शाह, आचल शर्मा, किरण केसी,अनुराग मान सिंह कुवँर सम्म छन् ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*