बटरफ्लाईको Director’s Song मा यस्तो देखिए प्रियंका र आर्यन

म गाउँदिन अब गीत गजल पछी अर्को गीत

  • December 28, 2017 6:29 pm
  • News FIlmy

priyanka and aaryan

पौष २८ देखि प्रर्दशनमा आउँन लागेको फिल्म बटरफ्लाईको टाइँटल ट्रयाक  भिडियो रिलिज भएको छ ।

प्रियंका कार्की र आर्यन अधिकारी लिड रोलमा रहेको उक्त फिल्मको सार्वजनिक गीतलाई अर्को भाषामा भन्नू पर्दा Director’s Song पनि भनिन्छ ।

कोरियोग्राफरको सहायता विनानै अथवा कोरियोग्राफरको सामान्य सहयोगमा फिल्मका विभिन्न फूटेजहरुलाई जोडेर भिडियो गीत तयार गर्नुनै Director’s Song  हो जुन गीत तयार गर्ने सम्पूर्ण डिजाईन र सेटअपको ज्ञान  डिरेक्टरको दिमागमा मात्र हुने गर्छ जसले गर्दा फिल्मको स्क्रिनप्ले पावरफूल बन्नमा यस्ता गीतले धेरै हेल्प गर्दछ ।

butterfly poster

तसर्थ यस्ता प्रकारका गीतहरु यूट्यूब तथा टेलिभिजनमा हेर्दा सामान्य लागेपनि पूरा फिल्म हेर्दै जादा यो प्रकारको गीतले फिल्ममा धेरै अर्थ राख्ने गर्दछ । ।

ओम प्रतिक निर्देशित यो  फिल्मको सार्वजनिक गीत दोश्रो गीत हो । यस अघि सार्वजनिक भएको रोमान्टिक नम्बरको गीत म गाउँदिन अब गीत गजल…ले म्यूजिक काउन्टडाउनमा निकै राम्रो पकड बनाउँन सफल हुँदै यू्ट्यूबमा पनि दश लाख माथिको भिजिट कमाईसकेको छ ।
सार्वजनिक गीतमा युवराज चौलागाईको स्वर छ भने संगीत विकास चौधरीको हो । हेर्नुस् गीत साथमा फिल्मको अर्को हिट गीत र ट्रेलर पनि ।

म गाउँदिन अब गीत गजल..

 ट्रेलर 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*