चलचित्र बिकास बोर्डले कलाकारलाई ट्रेनिङका लागि भारत पठाउँने

भारतीय राजदुतावाससंग मिलेर यस्तो काम

  • December 27, 2017 11:56 am
  • News FIlmy

चलचित्र बिकास बोर्डले फिल्म अभिनयमा रुची राख्ने कलाकारहरुलाई भारतको पुने स्थित भारतीय फिल्म और टेलिभिजन संस्थान (FILM & TELEVISION INSTITUTE OF INDIA – FTII) मा अभिनय सम्बन्धी विशेष  ट्रेनिङमा पठाउँने घोषणा गरेको छ ।

आज जारी प्रेस विज्ञप्ती अनुसार भारतीय राजदुतावास संगको सहकार्यमा स्क्रीन अभिनय फाउण्डेशन कोर्शका लागि दरखास्त आह्वान गरिएको हो ।

जारी रिलिज अनुसार यो  ट्रेनिङ २० दिनको हुनेछ जहाँ नेपालबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले विभिन्न प्रयोगात्मक देखि लिएर अन्य स्क्रिन अभिनय सम्बन्धी विविध कोर्ष गर्न पाउँने छन । बुझिए अनुसार यो  ट्रेनिङमा न्यूनतम १५ र अधिकत्तम २५ जना सम्म कलाकारहरुको सहभागीता गराउँने गरी   बोर्डले तयारी पनि   गरेको छ ।

तर नियमत यो  ट्रेनिङमा सहभागी हुने ईच्छुक कलाकारहरुले लिखित तथ ईमेल जुन माध्यमबाट सहज हुन्छ सोही अनुसार दरखास्त फारम चाँहि अनिवार्य भर्नु पर्ने जारी रिलिजमा उल्लेख छ । दरखास्तका लागि ईच्छुक कलाकारहरुले बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com  मा आफ्नो  डकुमेन्ट पठाउँनु पर्ने छ ।

चलचित्र बिकास बोर्ड गठन भएको १७ बर्षको यो लामो अवधिमा नेपाली कलाकारहरुको ग्रुमिङका लागि यस्तो कदम कहिलै चालिएको थिएन तर खुल्ला प्रतिष्पर्धाबाट बोर्ड अध्यक्ष बन्न सफल भएकी निकिता पौडेलले एउटा गतिलो उपहार स्वरुप  यो ट्रेनिङ आह्वान गर्न सफल भएकी छिन् । जुन  प्रशसंनीय छ ।

FTII Press Release

 

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*