NewsFilmy

म्यूजिक भिडियोमा पनि फिल्मी जोडी : आयो बर्षा र पुष्पको नयाँ भिडियो

  • December 26, 2017 4:53 pm
  • News FIlmy

Barsha shiwakoti and puspa khadka

लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक राजेश केसी र चल्तीकी गायिका मेलिना राइको स्वर समावेश गीत ‘नानी ज्यान’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता तथा मोडल पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटीले जोडी बाँधेका छन् । पुष्प अभिनित ठूलो पर्दाको फिल्म ‘मंगलम’ रिलिजको क्रममा छ भने हिरोइन शिवाकोटीले हालै मात्र ‘भेरै’ फिल्मको सुटिङबाट सेटबाट फूर्सद पाएकी छिन् ।

फिल्म अभिनयसँगै भिडियोमा पनि उत्तिकै उपस्थिती जनाउँदै आएका पुष्प र वर्षा म्यूजिक भिडियोको दुनियामा अझ हिट जोडीका रुपमा चिनिन्छन् । सार्वजनिक भिडियोलाई प्रतिष्ठीत युवा फोटोग्राफर श्रीधर पौडेलले निर्देशन गरेका हुन जहाँ बर्ष र पुष्पलाई प्रेमिल भावमा देख्न सकिन्छ ।

सार्वजनिक भिडियो गीतको शब्द, संगीत राजप्रताप केसीको  हो भने एरेन्ज बाबु प्रधानको हो । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो 


हराएका गायक राजेश के.सी को हुन ?

गायक राजेश रेडियो नेपालको वरिष्ट गायक शिव केसी र सावित्री के.सीका छोरा हुन् । युवा अवस्थाको सम्झना सहित आफ्नै जीवन संगीनीलाई समर्पित गर्दै ‘नानी ज्यान’ एल्बममा समावेश हुनेगरी पछिल्लो गीत ‘नानी ज्यान’ नै नाम लिएर दर्शक श्रोतामाझ ल्याएको उनले बताए ।

26135116_10210944819996895_435873360_n

तीन दर्जन बढि गीतहरुमा स्वर संगीत भरिसकेका राजेश बालापनदेखिको पारिवारिक सांगितिक माहोलबाट बाहिर जान सकेनन् । सानो उमेरदेखि नै गीत संगीतसँग जोडिए । नारायणहिटी राजदरबारमा पुर्व राजा बिरेन्द्र परिवार रहँदा दीपेन्द्र सरकारको जन्मोत्सवमा राजपरिवारको अगाडी गायनकला प्रस्तुत गरेको अनुभव पनि राजेशसँग छ ।

पछिल्लो पटक लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका राजेशले त्यहाँ रहँदा नेपाली कला संस्कृति तथा नेपाली कलाकर्मीहरुको पक्षमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । बुबाकै प्रेरणामा गीत संगीत क्षेत्रसँग जोडिएका उनि देश बाहिर रहे पनि नेपाली कला संस्कृतिबाट टाढा रहन नसक्ने बताउँछन् । राजेशले शरिरमा स्वास रहुन्जेल गीत संगीत सँगसँगै रहने बताए ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*