रेखालाई फापेन गएका २ बर्ष :  आउँदो बर्ष हिरो रिर्टन्स् के होला ?

हिरो रिर्टन्स् को रिलिज डेट सार्वजनिक

  • December 25, 2017 6:13 pm
  • News FIlmy

hero returns

पछिल्लो दुई बर्ष यता राष्ट्रिय राजनीतिमा अलमलिएसंगै रेखा थापाको फिल्मी करिअरमा पनि कालै बादल लाग्न पुग्यो ।

कालो बादल भित्र रोमलिदा रेखाले अभिनय गरेको मात्र हैन आफैले निर्माण गरेको फिल्मले पनि बक्स अफिसमा उत्सहजनक ब्यापार गर्न सकेन ।
२०७२ साल चैत्र २६ गते रिलिज भएको होम प्रोडक्सनको फिल्म रामप्यारी पश्चात रिलिज भएका तीन फिल्मबाट उनले बक्स अफिसमा लगातार असफलता हात पारिन जसरी उनले राजनीतिमा हात हाल्दा भयो ।

रामप्यारी पश्चात उनी अभिनित पलाँस २०७३ साल चैत्र १८ गते रिलिज भएर पूर्ण रुपमा फ्ल्प भएको थियो भने २०७४ साल जेठ ५ गते डायरी रिलिज हुँदा पनि उस्तै नतिजा भोग्नु पर्‍यो  उनले ।

यस्तै डायरी पश्चात होम प्रोडक्सनमा आर्यन सिग्देललाई लिएर बनाएको ठूलो बजेटको फिल्म रुद्रप्रिया २०७४ साल कात्तिक २ गते रिलिज भयो तर सो फिल्म पनि बक्स अफिसमा फ्ल्प भईदियो जसकारण गएका २ बर्ष फर्किएर हेर्ने हो भने रेखा थापाको लागि न राजनीतिक यात्रानै सुखद बन्यो न त फिल्मी क्षेत्रको पूरानो पेशानै सुखमय बन्न पुग्यो ।

rekhaa thapa

तर जे होस नेपालको फोहोरी राजनीतिमा अलमलिएर आफ्नो पेशाबाटै  पलायन हुने अवस्थामा पुगेकी रेखा थापाको २०७५ साल भने सुख मय होस भन्ने कामना उनका दर्शकहरु गर्दछन् र हामी न्यूज राईटर पनि उत्तिकै गर्दछौ ।

बताईए अनुसार रेखा थापाको फ्लप बक्स अफिस रेकर्ड विर्साउने गरी हिरो रिर्टन्स् को रिलिज मिति तय गरिएको छ ।
रेखाका गुड लक हिरो सविन श्रेष्ठले निर्माण गरेको हिरो रिर्टन्स् २०७५ साल  बैशाख २८ गतेका दिन देखि प्रर्दशन हुनेछ जहाँ रेखाका एक्सन प्याक दृश्यहरु भरपुर हेर्न पाईने निर्माण यूनिटको दावी छ । बताईए अनुसार हिरो रिर्टन्सले रेखाको ओरालो लागेको फिल्मी करिअरलाई फेरी माथि उठाउँन सहयोग गर्नेछ ।

आशिष भेट्वाल निर्देशित हिरो रिर्टन्समा रेखा र सविनका अलवा दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जमन , सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायत को अभिनय छ ।

रिलिज डेट सार्वजनिक संगै हिरो रिर्टन्स यूनिटले फिल्मका केही स्टिल फोटोहरु पनि आज सार्वजनिक गरेको छ ।

sabin

sabin2

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*