NewsFilmy

Congratulations :  पूर्व मिस नेपाल जेनिशा मोक्तान बनिन् आमा

हिरोइन प्रियंकाको भाईसंग भएको थियो बिहे

  • December 25, 2017 5:10 pm
  • News FIlmy

dikesh jenisha

बधाई छ पूर्व मिस नेपाल जेनिशा मोक्तानलाई जसले क्रिसमस डे का  दिन लक्ष्मी प्राप्त गरेकी छिन् ।

हिरोइन प्रियंका कार्कीको फष्ट कजन ब्रदर अर्थात मामा दीपक मलहोत्राका छोरा दिकेशसंग डेढ बर्ष अघि विवाह बन्धनमा बाधिएकी जेनिशाले आज दिउँसो १२ बजेर ३५ मिनेटमा छोरीलाई जन्म दिएकी हुन ।

 

नाताको हिसावले ठेट रुपमा  भन्नू पर्दा जेनिशा र दिकेश हिरोइन प्रियंकाको भाई – बुहारी पर्दछन् ।  केही बर्षको अफएर पश्चात जेनिशाले गएको बर्ष २०७२ साल फाल्गुन १५ गतेका दिन दिकेश संग लगनगाँठो कसेकी थिईन् ।

दिकेश मलहोत्रा नेपालका लागि सामसुङ मोबाईलको आधिकारिक डिलर प्रमुख ईन्टीग्रेटेड मोबिलिटी सोलुसन्स् प्र. लिका अध्यक्ष हुन । जो सफल युवा व्यापारीका रुपमा नेपालको आर्थिक बजारमा चिनिन्छिन् ।

बताईए अनुसार दिकेश र जेनिशाले नव लक्ष्मीको नाम दिया राखेका छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*