ह्याप्पी डेजको ट्रेलर रिलिज :  उफ्फ ! यो फिल्म पनि दयाहाङकै

बेलायत जान दयाको यस्तो हुटहुटी

  • December 25, 2017 3:48 pm
  • News FIlmy

daya

लण्डनमा छायाँकन भएको फिल्म ह्याप्पी डेजको ट्रेलर रिलिज भएको छ ।

दयाहाङ राई, प्रियंका कार्की, ,दीया पुन तथा भिजे र्टन्ज एक्टर सञ्जय गुप्ता लिड रोलमा रहेको यस फिल्ममा कमेडी र लभका सिक्वेन्स प्रशस्तै रहेको देखिएको छ ।

दयालाई यो फिल्ममा बेलायत जाने हुटहुटी चढेको देखाईएको छ । बेलायत पुग्नका लागि दयाले गरेका विभिन्न गतिविधिहरु हेर्दा फिल्म राम्रै  बनेको ट्रेलरबाट अनुमान लगाउन  सकिन्छ ।

मिलन चाम्स निर्देशित यो फिल्मको रिलिज मिति चाँहि माघ १२ लाई तोकिएको छ । यस्तै फिल्मको गीत संगीतको कुरा गर्ने हो भने चेप्टे चेप्टे पेरुङ्गो… ले नेपाली सांगितिक बजारमा राम्रै स्थान बटुल्न पनि सफल भएको छ ।

तर विडम्बना के छ भने पौष २८ गते देखिको एक महिनाको क्यालेन्डर लाई नियाल्ने हो भन दयाका तीन वटा ठूला फिल्म एक माहिना भित्रै रिलिज हुँदैछन् जसको असर बक्स अफिसमा नदेखिएला भन्न सकिन्न ।

किन कि,  चिनि जतिनै गुलियो भए पनि धेरै खायो भने अन्त्यमा त्यहि गुलियो चिनी तीतो भएर बिष पनि बन्दछ । त्यसकारण पौष २८ गते देखिको क्यालेन्डर हेर्दा  पौष २८ मा दयाको मिस्टर झोले रिलिज हुँदैछ भने त्यसको ठीक १४ दिनका दिन पश्चात माघ १२ मा ह्याप्पी डेज र ह्याप्पी डेज रिलिज भएको ठीक २१ दिन पश्चात फाल्गुन ४ गते नै दयाको अर्को ठूलो फिल्म कान्छी रिलिज हुँदैछ तसर्थ एउटै स्टारको फिल्म निरन्तर रिलिजले उक्त स्टारको मात्र हैन उनलाई विश्वास गरेर लगानी गर्ने निर्माता समेत डुब्ने खतरा उत्तिकै देख्छौ हामी ।

हेर्नुस ट्रेलर 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*