विहेको कुराले डराईन केकी :  आज उनको जन्मदिन

राज्जा रानी यूनिटसंग यस्तो रमाईलो

  • December 17, 2017 2:03 pm
  • News FIlmy

rajja-rani3

जव सम्म सेलिब्रेटीहरु विवाह बन्धनमा बाधिदैनन तव सम्म उनीहरुलाई मिडियाले घुमाई फिराई सोधिरहने प्रश्न हो तपाई कहिले दाम्पत्य जिवनमा बाधिनु हुन्छ ?

र यस्तै प्रश्नको सामना केकी अधिकारीले आज परेको जन्मदिनको कार्यक्रममा पुनः गर्नु गर्‍यो     । न्यूज फिल्मीसंगको छुट्टै प्रस्नोत्तर कार्यक्रममा उनले जवाफ दिदै भनिन ‘विहे गर्ने उमेर त भयो तर साथीभाईहरुको डिभोर्सको न्यूज सुन्दा डर लागेर आउँछ । ‘

पछिल्लो साता केकीकी अत्यन्त मिल्ने सहेली हिरोइन रिमा विश्वकर्माको डिभोर्स भएको खबर बाहिरिएको थियो सायद त्यही चस्का पसेर हुनु पर्छ केकीलाई विवाहका प्रश्नले मनमा डर पैदा गरेको ।

rajja-rani2

आजबाट २८  बर्षमा प्रवेश गरेकी केकी यो एक दशकमा उदाएका थोरै हिरोइन मध्येकी एक त्यस्तो हिरोइन हुन जसको अभिनय कलाले अधिकाँशलाई मोहित बनाउँछ । उनका निकटतम सञ्चारकर्मी हुन वा निर्माता निर्देशक उनको आई एक्सप्रेशनको खुलेरै तारिफ गर्ने गर्छन् । यस्तै उनी यो दशककै सवै भन्दा धेरै पढेकी हिरोइनका रुपमा पनि फिल्म ईन्डष्ट्रीमा चिनिएकी हिरोइन हुन तसर्थ उनलाई हेर्ने नजर फिल्म उद्योगमा पृथक बन्दै गएको पनि छ ।keki-mk-paudel

 

पौष २१ देखि सार्वजनिक प्रर्दशनमा आउँने केकी अधिकारीको फिल्म राज्जा रानी यूनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केक काटेर जन्मदिन मनाएकी थिईन् ।  उनले कार्यक्रममा जन्मदिन भन्ने वित्तिकै सानो छदाका पल मिस हुने भन्दै बर्षमा एक पटक बच्चा हुन मन लाग्ने बताईन । बताईए अनुसार केकीको राज्जा रानी टिम भोलि देखि देश दौडाहका लागि पब्लिसिटीमा उत्रिदैछ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*