NewsFilmy

सरिताको आँखा डिजाईन भन्दा पहिले कलरमा : सुहाग फेसन एण्ड ट्रेडिङको उद्घाटन

२५ सय देखि ३० हजार सम्मका लेडिज वेयर पाईने

  • December 16, 2017 4:27 pm
  • News FIlmy

sarita lamichanne

धेरै महिलाहरुकी आईकन अभिनेत्री सरिता लामिछानेको व्यस्तता पुनः फर्किएको छ ।

बर्षौको विश्राम पश्चात आफ्नो हिट सिरियल परिचय रि- लन्च गरेसंगै उनको व्यस्तताले पुनः उकालो लिएको हो  र यहि ब्यस्ततासंगै पौषको पहिलो दिन त्यस माथि परेको शनिबारका दिन पनि उनको व्यस्तताले फुर्सन पाएन ।

दक्षिण भारत स्थित गुजरातका ब्रान्डेड लेडिज वेयर विक्रिका लागि खोलिएको सुहाग फेसन एण्ड ट्रेडिङको उद्घाटनका लागि पुग्दा उनलाई पर्खिने मिडियाको भिड राम्रै थियो ।

sarita lamichanne

‘मेरो आँखा चाँहि डिजाईन भन्दा पहिले कलरमा जान्छ त्यसकारण मेरो रोजाई  पहिले कलर  अनि मात्र डिजाईन ।’  सुहाग फेसनको उद्घाटन पश्चात मिडियाले कस्ता प्रकारका पहिरन मन पर्छ भन्ने प्रश्नमा उनले दिएको जवाफ थियो ।

sarita lamichanne and deepa thapa

यस्तै उनले आफ्नी आमा सझिदै भनिन ‘खासमा मेरो आमाले कालो रङका लुगा नलगा भन्नू हुन्छ तर मेरो फेभरेट चाँहि कालै परेकाले कालो रंगका पहिरन विशेष मन पर्छ ।’  उनी थप बताउछिन् । परिचय सिरियलमा उनले लगाउने गरेका साडीका डिजाईन एक समय निकै चर्चित थिए र सोही बिषयमा पनि  प्रश्न गर्दा उनले भनेकि छिन् ‘ साडी त मेरै लागि बनेको हो । ‘

sarita lamichanne and deepa thapa

काण्ठमाण्डौ नक्साल भाटभटेनी मुख्य सडक लाईनमा अवस्थित चाईनिज एम्बेसीको अगाडी खुलेको सुहाग फेसन एण्ड ट्रेडिङ लाई दीपा थापाले सञ्चालनमा ल्याएकी हुन जहाँ गुजरातमा बनेका विभिन्न डिजाईनका ब्रान्डेड कुर्ता सलवार, लेहेगा तथा साडीहरु पाईन्छन ।

suhag fashion and treding

उक्त आउटलेटमा सेमि स्टिच तथा फूल स्टिचमा बनेका २५ सय देखि ३० हजार सम्मका क्लोथ वेयर किन्न पाईने सञ्चालक थापाको भनाई छ । विश्वमै चर्चित टेक्सटाईल उत्पादनको क्षेत्रका रुपमा चिनिने गुजरातमा उत्पादित क्लोथ वेयर त्यस माथि पनि लेडिज वेयर पहिलो प्रायोरिटी स्वरुप मुम्बई एक्सपर्ट हुने गर्दछ भने त्यस पश्चात मात्र कलकत्ता, दिल्ली र चेन्नाईमा निर्यात हुने गर्दछ ।

suhaag fashion

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*