NewsFilmy

कृको पावरफूल ट्रेलर :  बक्स अफिस आक्रमक हुने संकेत

एक्सनमा अझ पर्फेक्ट देखिए अनमोल

  • December 16, 2017 4:30 am
  • News FIlmy

anmol kri

अन्तत : यस बर्षकै बहु प्रतिक्षित फिल्म कृको ट्रेलर सार्वजनिक भएको छ ।

एक औपचारिक कार्यक्रम मार्फत अनमोल केसी करिब १६ महिना पश्चात मिडियाका सामुन्ने देखिदा कृको ट्रेलर रिलिज समारोह निकै रोचक मय भयो ।

माघ २६ गते देखि रिलिज हुने कृ को ट्रेलर हेरेर मिडियाले पनि उत्तिकै प्रसंसा गर्न भ्याए जसकारण नेपाली बक्स अफिसमा कृको ब्यापार आक्रमक हुने अनुमान धेरैले गरेका छन् ।

एडिटर हुँदै डिरेक्टर बनेका सुरेन्द्र पौडेलको निर्देशनमा बनेको कृलाई भुवन केसी र सुवास गिरीले संयुक्त लगानीमा गरी निर्माण गरेका हुन । जसको बजेट रिलिज सम्म ३ करोड २५ लाख पुग्ने निश्चित प्राय छ । यो बजेट नेपाली फिल्म निर्माण ईतिहासकै सर्वाधिक महंगो बजेट हो त्यसकारण कृले आफ्नो लगानी रिकभर गर्नका लागि कले ८ करोड ५५ लाखको ग्रस कारोबार अनिवार्य आवश्य छ ।

अब सुरु गरौ कृको ट्रेलर समीक्षा ।
जसरी महिनौको प्रतिक्षा पछि कृको ट्रेलर बाहिरिएको छ सोही अनुसार यो ट्रेलरलले दर्शकको मन जित्ने क्षमता देखाउँन सफल भएको छ । तसर्थ यो फिल्मले नेपाली बक्स अफिसमा गतिलो रिजल्ट देखाउँने हाम्रो अनुमान छ ।

बलिउड र साउथ ईन्डियन शैलीको मेकिङ  देखिएको यो फिल्मको बक्स अफिसबाहेक अन्य एलिमेन्टस्को चर्चा गर्ने हो भने फिल्मबाट अनमोल केसी अभिनय र एक्सन दुवै हिसावल निपुण भएर आएको पनि पनि देखिन्छ जसकारण अभिनयमा कमजोर भन्नेहरुलाई अनमोलले यस पटक गतिलै झापड दिने सम्भावना पनि प्रबल देखिन्छ । अझ उनी अभिनय भन्दा एक्सनमा जमेकेको ट्रेलर बाट प्रष्टिएको पनि छ ।

निकै ठूलो प्रोडक्सन भ्यालु देखिएको यो फिल्मको समग्र सिनेमाटोग्राफी सट साईज, टेकिङ ,एक्सन,साउन्डडिजाइन  एडिटङ चुस्त देखिएको । त्यस मध्ये एडिङ, फाईट तथा एक्स्ट्रीम  क्लोज सट यो ट्रेलरको सवै भन्दा शसक्त पक्ष बनिदिएको छ । युट्यूबमा रिलिज भएको १२ घण्टा मै साढें ४ लाख भ्यूज बटुलिसकेको कृकको ट्रेलरले २४ घण्टामै करिब १० लाख बरारबारको भ्यूज बटुल्ने संकेत पनि देखाएको छ ।

 

हेर्नुस् ट्रेलर ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*