NewsFilmy

हेर्नुस् ‘पञ्जेबाजा’मा पनि लोक गीत : तर हिरोइन…

हिरोइन र प्रोड्यूसर शाहीको निकटकता कस्तो ?

  • December 14, 2017 6:57 pm
  • News FIlmy

panche baja

पछिल्लो केही बर्ष यता लोक शैलीका गीतहरुले नेपाली फिल्ममा ठूलै स्थान ओगट्न सफल भएका छन् र यसको निरन्तरता पञ्जेबाजा फिल्ममा पनि देखिएको छ ।

आज सार्वजनिक उक्त फिल्मको एक गीत पनि लोक प्यार्टनकै देखियो जहाँ सौगात मल्ल देखि लिएर कर्म, बुद्धी तामाङ, प्रकाश घिमिरे, सृजना सुब्बा जस्ता सशक्त कलाकारहरुलाई पनि देखाईएको छ । यध्यपी गीतमा अन्य चर्चित अनुहारहरु देखिर्ईए पनि सौगात मल्ल र प्रोड्यूसर हिरोइनका रुपमा पनि चिनिने जस्मिन श्रेष्ठले धेरै कम्मर मर्काएका छन् ।

फाल्गुन ११ गते देखि सार्वजनिक प्रर्दशनमा आउँने  फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन भने यो फिल्मका निर्माता म्यानपावर ब्यवसायीका रुपमा चिनिने राजेश शाही हुन ।

राजेश र जश्मिनको निकटको सम्बन्ध रहेका कारण यो प्रोजेक्ट बनेको गसिप फिल्मी बजारमा यत्र तत्र सर्वत्र  छ । श्रोत अनुसार जश्मिनको चर्चित  हिरोइन बन्ने चाहना पूरा गर्नकै लागि निर्माता शाहीले यो प्रोजेक्ट सुरु गरेको र चर्चित कलाकारहरुका साथमा जश्मिनलाई हिट बनाउँने रणनीति बुन्दै पुनः पञ्जेबाजामा करोड माथि पैसा हालेको ब्यापक हल्ला  छ । यस अघि पनि निर्माता शाहीले जस्मिनकै लागि भनेर केही फिल्म बनाए जसले फिल्मी बक्स अफिसमा न कुनै माखो मार्‍यो न जश्मिनलाईनै यो उद्योगमा स्थापित गरायो ।

तर  गसिप जे सुकै  होस,  जब बुढा बुढी राजी त के गर्नु काजी ?  त्यसैले  सर्जक श्रष्ठाहरुका बारेमा भन्नू पर्दा यो गीतका संगीतकार विकास चौधरी हुन भने शब्द चयन फिल्मका स्क्रिप्टराईटर समेत रहेका प्रदीप भारद्धाजको हो । यस्तै गायन अञ्जु पन्त र डेभिड शंकरको हो भने कोरियोग्राफी चाँहि कविराज गहतराजको हो । छायाँकन चाँहि हरि घले लामाको हो । हेर्नुस् गीत : 

pan first

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*