‘कृ’ को ट्रेलर यहि शुक्रबार रिलिज हुने भो : रोमान्टिक पोष्टर पनि बाहिरियो

फिल्ममा र्टन्ज एण्ड ट्वीष्ट देखियो

  • December 13, 2017 5:40 pm
  • News FIlmy

kri for news

यो बर्षको सर्वाधिक प्रतिक्षित फिल्म कृ को ट्रेलर यहि शुक्रबार रिलिज हुने भएको छ ।

नयाँ रोमान्टिक पोष्टर सार्वजनिक गर्दै फिल्मको ट्रेलर यहि शुक्रबार दिउँसो ३ बजे बाट दर्शकले हेर्न सक्ने भन्दै प्रेस रिलिज जारी गरिएको छ । जारी प्रेस रिलिजमा फिल्मको अफिशियल रिलिज मिति माघ २६ भनेर लेखिएको पनि छ ।

फर्किएर हेर्ने हो भने यस अघि एक्सन लुकमा अनमोल केसी मात्र फिचर भएका दुई वटा पोष्टर सार्वजनिक भएका थिए भने यो नयाँ  पोष्टरमा  चाँहि हिरोइन अदिति बुढाथोकीका साथ रोमान्टिक मुडमा  देखिएका छन् । भारतीय म्यूजिक भिडियोहरुमा समेत निकै छाईसकेकी मोडल अदिति बुढाथोकी यहि फिल्म मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हिरोइन हुन ।

अघिल्लो पटक सार्वजनिक भएका  पोष्टरमा अनमोल एङ्री  लुकमा लामो कपालका साथ  एक्सन मुडमा देखिएका थिए भने  यो पोष्टरमा चाँहि  छोटो कपालका साथ  विगतका फिल्ममा झै हिरोइनसंग लभ मेकिङ मुडको  पोस्चरमा देखिएका छन् । तसर्थ यी दुई पोष्टरका आधारमा अनुमान गर्ने हो भने कृको कथामा विभिन्न र्टन्ज एण्ड ट्वीष्ट चाँहि पक्कै छ   ।

 

हेर्नुस् अघिल्ला २ पोष्टरका साथ नयाँ रोमान्टिक पोष्टर पनि  

kri  poster

kri nepali movie

kri-movie-poster-2

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*