NewsFilmy

हिरोइन ऋचा शर्मा र दीपक राज गिरी विवाद ! पढ्नै पर्ने एउटा लेख

दोषी दुवै :  लामो छ धैर्य गर्नुस् अन्तिम सम्म पढ्नुस्

  • November 28, 2017 1:28 pm
  • News FIlmy

richa deepak raj giri, sudeep bobee

हिरोइन  ऋचा शर्मा र  छक्का पञ्जा टिमबीच उत्पन्न विवादका  बिषय माथि समीक्षा गर्दै  एक गहकिलो लेख सार्वजनिक भएको छ ।

समाचारमा समेत निकै स्पेश पाएको उक्त विवादलाई लिएर धेरै थरी मानिसले आ -आफ्नै तर्कहरु पनि राखे । कोही मानिस दीपकराज गिरीको पक्षमा देखिएका छन् भने कोही ऋचा शर्मालाई सपोर्ट गर्दै स्टाटस बर्षाईरहेका छन् ।

 

तर सार्वजनिक भएका विभिन्न स्टाटस र तर्कहरुलाई पूर्णरुपमा छायाँमा पार्दै निर्देशक सुदीप बबी भूपाल सिहंले आफ्नो गहकिलो विश्लेषण सहित दुवै पक्षको राम्रा र नराम्रा शब्दहरुलाई केलाएका छन् ।

दुवै पक्षमा कमि कमजोरी रहेको जनाउँदै उनले आफ्नो लेखलाई सान्दर्भिक मात्र बनाएका छैनन् उनले उठाएको प्रश्न र दिएको तर्कहरुले ऋचा शर्मा र दीपकराज गिरी दुवैका समर्थकको मन जित्न सक्ने हाम्रो ठम्याई छ ।

यति मात्र हैन सार्वजनिक भएका विभिन्न स्टाटस मध्ये एक स्टाटसमा अभिनेत्री रेखा थापाले दिएको कमेन्टको बिषयमा पनि निर्देशक भूपालले गहकिलो तर्क राख्दै आफ्नो बिचार राखेका छन् ।

एक पत्रकारको स्टाटसमा रेखाले दीपकराज गिरीलाई जोकर भन्दा माथि नउठ्ने भए भनेर लेख्नु  भनेको समग्र हाँस्य कलाकार माथिको अपमान हो भनी तर्क गरेका छन् ।  । निर्देशक भूपाल गएको तिहारमा रिलिज भएको रेखा थापाको फिल्म रुद्रप्रियाका निर्देशक हुन जो यति बेला सिंगापुर भ्रमणमा छन् ।

कृपया पढ्न नभूल्नुस् उनले हिरोइन ऋचा शर्मा  र दीपकराज गिरी बिच उत्पन्न विवादका बिषयमा आफ्नो फेसबुकको टाईमलाईनमा  सार्वजनिक गरेको  गहकिलो लेख   ।

Suddep Bobbie Bhupal Singh

 

 सुदीप बबी भूपाल सिहं

“GET WELL SOON!!!!!! GET BETTER SOON!!!!!”

You know what they say about Opinions? अलि लामो छ धैर्य गर्नुस् अन्तिम सम्म पढ्नुस्, Opinions को बारे बुज्नु हुन्छ!

धेरै पछी फेसबुक के खोलेको, यहाँ त सिनेमा गजत को दोहोरि चलेको रहेछ ।
“कसले के भन्यो?” एउटा पाटो भयो। “किन भन्यो” अर्को। यो बुझ्न जरुरी छ।

सिनेमा पब्लिक मा रिलिज भए पछी, त्यो पब्लिक को हुन्छ। राम्रो भने/भए पनि, नराम्रो भने/भए पनि। Full Stop.
कसैलाई (कसैको) सिनेमा मन नपर्नु अपराध होइन। मन परेन भन्नु, फिल्म मेकर प्रतिको व्यक्तिगत टिप्पणी हैन। त्यो टिप्पणी, काम को लागी हो। कर्म को लागी हो। चेतना भया!

यस अर्थ मा Reecha को “छक्का-पन्जा” प्रति को comment मा केहि गलत कुरा छैन। व्यक्तिगत कुरा छैन। ऋचा मात्र हैन, जो कोहि पनि बोल्न/टिप्पणी गर्न सक्छ। ऋचा लाई   मन परेन, त्यो उनको कुरा को। उनको choice हो। उनले बोलेको कुनै कुरामा मलाई “अस्वस्थता” को छनक आएन। त्यसैले “Get Well Soon” को कुनै तार्किकता छैन।
“अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् ” भनेर ऋचा बोले, त्योऋचाको तर्क हो। हामीले मान्ने पर्छ भन्ने छैन। “ऋचा”को तर्क हो भनेर नमान्नु पर्ने कारण पनि केहि छैन।
सिनेमामा महिला ले थप्पड खाको देखाउदैमा, सिनेमा नराम्रो हुन्छ भन्ने पनि हैन। महिला माथि शोषण भयो भन्ने पनि हैन। निर्देशकले त्यो कुरा किन र कसरी   देखाए भन्ने मात्र हो। थप्पड हान्दैमा महिला हिसा भयो वा women sentiment बर्बाद बनायो भन्ने पनि छैन।
“फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ” भन्नु ऋचाको महिला प्रति को सम्मान हो। त्यो सम्मान प्रति मेरो पनि सम्मान छ।

कस्तो सिनेमा बन्नु पर्छ, वा बनाउनु पर्ने हो, त्यो अर्को पाटो हो। अर्को बहस हो। सिनेमाले सधै संदेश दिन्छ त ? वा दिनु पर्छ त ? सिनेमा के “गुरु” जी को प्रवचन मात्र हो त ? होइन। त्येसैले साहित्य जस्तै, सिनेमा को पनि आ-आफ्नो किसिम को जनर हुन्छ, थीम हुन्छ, उदेश्य हुन्छ, ग्राफ हुन्छ, कला हुन्छ, व्यापार हुन्छ, सोच हुन्छ, प्रस्तुति हुन्छ। शैली हुन्छ, ढंग हुन्छ, रंग हुन्छ। यो (चिज)यो भन्दा राम्रो वा नराम्रो भन्ने हुदैन।

कुनै व्यापार को हिसाबले उत्कष्ट होला, कुनै सोच को हिसाब ले। कुनै प्रयोगको हिसाब ले, कुनै दार्शनिक हिसाब ले। फरक यत्ति हो, ब्यापार अंकमा देखिन्छ, प्रयोग, प्रस्तुति,दर्शन अवार्ड वा फेस्टिवल वा समीक्षामा देखिन्छ। कुनै कुनै काम(सहित्य,कला,सिनेमा) , काल खण्ड मा देखिन्छ। केहि कल्ट सिनेमा जुन रिलिजमा फ्लप थिए, दिल से, शोले, लम्हे, Blade runner, Shawshank Redemption, Fight Club, पशुपति प्रसाद (रिलिज को हफ्ता ब्यापार राम्रो हुन नसकेको), पछी गएर यी फिल्म “Cult Classic” हुन पुगे।

“छक्का-पन्जा ” ब्यापारिक फिल्म हो, यस अर्थमा सिनेमा सफल छ, सिनेमाले धेरै राम्रो व्यापार गरेको छ। राम्रो व्यापार भनेको धेरै दर्शक ले सिनेमा हेर्नु हो। यतिका दर्शक नेपाली सिनेमा हेर्न कहिले आएका थिएनन्। भने पछी हामी सबै त यो सफलताको विजय उत्सव मनाउनु पर्ने हो। म आफै सोच्ने गर्छु “कहिले होला मेरो सिनेमा लाई यति दर्शक ले हेर्ने” भनेर। “यतिका दर्शक आए त, म कस्तो कस्तो सिनेमा बनाउने थिए” भनेर। म त यस अर्थ मा एकदम लोभी छु।

अर्को पाटो, दीपक को “Get Well Soon” को के अर्थ छ ? अर्थ के हो? के फिल्म को उत्कष्टता नाप्ने तराजु, अंक मात्र हो त? “आधा लभ” आफ्नो हिसाबको राम्रो होला। के दर्शक ले हेरेनन् भन्दैमा, त्यो नरामै हुन्छ त? यो तर्क त सहि भएन नि। किन होला “आधा लभ  ” नचलेको? के “आधा लभ  ” बाट हामीले सिक्ने कुनै ठाउँ छैन? दीपकले भने “ प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपाइका फिल्मले कहिल्यै दर्शक पाएनन्” हो र? You have completely distorted her statement. कहाँ भनिन ऋचाले दर्शक लाई मुर्ख? ऋचाले किन दर्शक लाई मुर्ख भनिन होला? भनिन भनि किन भनिन वा कहाँ भनिन? दीपकले सायद य सको उत्तर खोजि राखेको होलान। अनि दीपकको लहै लहै मा लागेर साराले कपी, पेस्ट, अनि शेय र, फेसबुकमा। “हल्का रमाइलो” सायद।

अनि किन होला “छक्का-पन्जा ” चलेको? के “छक्का-पन्जा ” बाट हामीले केहि सिक्नै सक्दैनौ? “आधा लभ” मा धेरै दर्शक नआको, “छक्का-पन्जा “मा धेरै दर्शक आको त हो नि। यो त OPINION हैन। यो त FACT हो। हैन र? के “आधा लभ” हाम्रो सिनेमा हैन, के “छक्का पन्जा” हाम्रो सिनेमा हैन? अनि के को मरी-हत्य हो यो? मेरो व्यक्तिगत कुरा गर्ने हो भने त म हरेक फिल्म बाट सिकी रहेको हुन्छु। जानिरहेको हुन्छु। “जात्रा” बाट सिके, “वडा न. ६” बाट सिके, “कबड्डी” बाट सिके, “उत्सव” बाट सिके, “टलक जङ्ग…” बाट सिके। “November Rain” बाट सिके, “छक्का-पन्जा “बाट सिके। “2 रुपैया” बाट सिके। के म सानो मान्छे भए त? यदि सिकेर सानो मान्छे बनिन्छ भने, म सानै ठिक छु। I have no Problem with that.
मलाई “छक्का-पन्जा” र “छक्का-पन्जा-2 ” भन्दा “वडा न. ६” धेरै राम्रो लाग्यो। “वडा न. ६” को पटकथा, संवाद, अभिनय, संगीत, निर्देशन सबै मन पर्यो। तर स्मरण रहोस, “वडा न. ६” ले भन्दा धेरै गुणा बढी दर्शक “छक्का-पन्जा” ले पायो (अथार्त, कमाई राम्रो गर्‍यो  ) ।
के मलाई अब दीपकले “Get Well Soon” वा “Get Better Soon” भन्नु हुन्छ त?

कुरा गरौ फ्लप अनि सफल को।
“कमेडी (हासो) को कुरा गर्ने हो भने, सलमान र आमिर को “अन्दाज अपना अपना” फ्लप सिनेमा हो। अहिले “कल्ट” बनेको छ।
“भावनात्मक ” को कुरा गर्ने हो भने अमिताभ , रेखा र जया को फिल्म, “सिलसिला” फ्लप सिनेमा हो। अहिले “कल्ट” बनेको छ।
“प्रयोग” कै कुरा गर्ने हो भने, जुन बेला 90’s मा भारत मा एक्शन फिल्म को हाली मुहाली थियो, त्यो बेला “लम्हे” जस्तो सिनेमा भन्यो। राम्रो तर फ्लप भयो। के “लम्हे” उत्क्रिट सिनेमा हैन? “लम्हे” अहिले “कल्ट” बनेको छ ।

नाम लिदै जादा, हजारौ नाम आउछन। यहाँ कसले धेरै सिनेमा को नाम लिने प्रतियोगिता पनि चलेको छैन।
तर बुज्नु पर्छ हामीले। हामी कहाँ गलत छौ। आफ्नो सफलता मा भन्दा, अरु को असफलता मा खुसी हुने बानी छ हाम्रो? कहिले सम्म?
( जोड्ने कुरा, सबै फ्लप राम्रा हुँदैनन्. सबै राम्रा फ्लप हुदैनन्)

rekha thapa

अनि अर्को कुरा रेखा थापाले पनि येही बिषय मा बोलिन। “yeuta Mahila ko paxi lageko dekhera achamma lagi raa chha मलाई। ”

मलाई त झन् अचम्म लग्यो। के दीपकले ऋचा  प्रति लेखेको कमेन्ट, ऋचा  महिला भएर हो र? फेरी DISTORTION. Wrong ठाउँ मा Wrong कुरा । अनि रेखा थप्चिन, “खै, उनीहरुबाट सामाजिक रुपान्तरणको पनी अपेक्षा थियो । तर, जोक्कर भन्दा माथि नउठ्ने भए ।”
के हो ” सामाजिक रुपान्तरण”?
मेरो विचारमा रेखा लाई ” सामाजिक रुपान्तरण” को अर्थ थाहा हुनु पर्छ। “सामाजिक रुपान्तरण” हरेक क्षेत्रबाट हुन्छ। दीपक-दिपा ले सिनेमा बाट गर्दै छन्। “वडा न. ६” मा माओबादीको समय को चित्रणमा एउटा राम्रो सिनेमा बनाए। “”छक्का-पन्जा” मा विदेश मा काम गर्न जाने बारे, “”छक्का-पन्जा-२” मा अहिले देखिएको, सुनिएको, फर्जी बिबाह को मुद्धा मा। “तर, जोक्कर भन्दा माथि नउठ्ने भए ।” एकदमै हेपाह र degrading शब्द छ। My understanding is , they are humorist.
दर्शक लाई हसाउन सक्नु कला हो। सबै ले सक्दैनन्। रेखा ले “जोकर” भन्नु सम्पूर्ण comedian artist को disrespect हो। उनिहरु जोकर हैनन्। उनि हरु comedian हुँन। समाजको बिकृति, विसंगति लाई ह साउदै   बाहिर ल्याउनु एकदमै चुनौती पूर्ण, शाहसिक र कलात्मक काम हो।

suddep

एक त नेपाल मा एक अर्का लाई सम्मान गर्ने चलन को कमी हुदैछ, झन् नेपाली सिनेमामा त यो संकृति पटक्कै छैन। सबै लाई हरेक कुरामा आफ़ो Opinion दिनु छ। किन? के क लागी? कसैलाई मतलब छैन! आफ्नो Opinion ले कस्तो कुरा को Impact देला, वास्तै गरिदैन। थाहा भए पनि, नभए पनि। नबुझी, न जानी, न सुनी, न देखि, न सम्झी, खुला छोडी दिन्छन OPINION.
त्येसैले त , somewhere in west, they say “Opinions are like assholes. Everyone has it.” “Most people are other people. Their thoughts are someone else’s opinions” End of the Day, No one Cares!!!!

.

One thought on “हिरोइन ऋचा शर्मा र दीपक राज गिरी विवाद ! पढ्नै पर्ने एउटा लेख

  1. Reechcha sarma ले आफ्नो बिचार राख्दैमा Dipak dipa को get well soon भन्नुमा मेरो घोर आप्पती र रेखा थापा ले जोकर भन्दा माथी नउठ्ने भए यो भनाई मा पनी मेरो आपत्ती छ। षत्य बोल्नु पर्छ reechcha sarma ko भनाई मा केही गलत देखीन आफ्नो बिचार राख्नु पाउने अधिकार सबैमा छ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*