Announced : साम्राज्ञीको ‘तिमी सँग’ चैत्र २३ मा रिलिज हुने

बजेट पुग्यो १ करोड २० लाख

  • November 23, 2017 2:42 pm
  • News FIlmy

हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहको लिड रोल रहेको फिल्म ‘तिमी सँग’को रिलिज डेट फाईनल भएको छ ।

निर्देशक एवं प्रोड्यूसर शिशिर राणाका अनुसार नयाँ बर्ष २०७५ लक्षित गर्दै आगामी चैत्र २३ गतेका दिनबाट फिल्म रिलिज गर्ने निर्णय भएको हो ।

परिमार्जित एस.एल.सी (एसईई)  परीक्षा पश्चातको विदाको भ्याकुमलाई क्याश गर्ने गरी उनले फिल्मको रिलिज डेट चैत्र २३ तोकेको बताएका हुन । ‘सो समयमा अधिकाँश विधार्थीहरु छुट्टीको मुडमा हुन्छन् त्यसकारण हामीले यो डेटलाई लक गरेका हौँ ।’  न्यूज फिल्मीसंगको कुराकानीमा उनले भनेका छन् ।

ट्रेकिङका लागि निकै चर्चित पर्यटकीय गन्तब्य मानिने अन्नपूर्ण बेसक्याम्प,घोरेपानी तथा पुनहिल जस्ता सुन्दर ठाउँहरुमा समेत छायाँकन भएको यो फिल्ममा साम्राज्ञी सहित आकाश श्रेष्ठ, नाजिर हुसेन तथा केही चलेका कलाकारहरुको समेत स्पेशल भूमिकामा रहेको छ ।

रिलिज सम्म १ करोड २० लाख बजेट पुग्ने यो फिल्मलाई यस बर्षको अर्को एक प्रतिक्षित फिल्मका रुपमा पनि हेरिएको छ जसका दुई गीतले मार्केटमा आफ्नो स्थान समेत बलियो बनाउँन सकेका छन् ।

फिल्ममा समावेश लडे लडे ... तथा लोक भर्सनमा करिश्मा मानन्धर फिचर गरिएको  गीत को हो मलाई नचिन्ने आज मेरो ठाउँमा यो बर्षको सफल गीतहरुको लिष्टमा समेत अटाएका छन् ।

विगत ३० बर्षदेखि कलाकारितामा सक्रिय रहेका एवं पछिल्लो समय विज्ञापन अभिनय एवं निर्माणमा समेत नाम कमाएका शिशिर राणाले पहिलो पटक आफ्नै निर्देशनमा यो फिल्म बनाएका हुन जसले लगाउँनी रिकभर गर्नका लागि न्यू मिडिया राईट अन्र्तगत पर्ने यूट्यूब, स्याटेलाईट, एवं ओभरसिज तथा अन्य डिजिटल राईटको हिसाव छाडेर हर्दा ३ करोड १६ लाख बराबरको न्युनतम ग्रस कारोबार घरेलु बक्स अफिसबाट गर्नै पर्ने हुन्छ । फिल्मका गीतहरु हेर्नुस् तल 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*