क्यू. एफ. एक्स.का मालिकको फिल्म खेल्न गुल्सन ग्रोबर काठमाण्डौमा

३ करोड लागतमा बन्दैछ एक्सन प्याक फिल्म

  • November 17, 2017 6:59 am
  • News FIlmy

नेपाली फिल्म उद्योगको सवै भन्दा प्रतिष्ठीत सनेमा कम्पनीका रुपमा स्थापित भएको क्यू. एफ. एक्स. सिनेमाज मालिक नकिम उद्दीनले निर्माण सुरु गरेको नयाँ फिल्म The Man From Kathmandu (द म्यान फ्रम काठमाण्डौ)  खेल्नका लागि बलिउडका चर्चित कलाकार गुल्सन ग्रोबर काठमाण्डौ आएका छन् ।

गत मंगलबार काठमाण्डौ आएका ग्रोबर आउँदो शनिबार सम्म काठमाण्डौ बस्ने र आईतबार मुम्बई प्रस्थान गर्ने प्रोड्यूसर नकिम उद्दीनले न्यूज फिल्मीलाई जनाकारी दिएका छन् । उद्दीनका अनुसार फिल्मको सुटिङ  गत सोमबारबाट सुरु भईसकेको छ ।

gul2

तीब्बती मूलका अमेरिकी नागरिक पेम्बा ढुण्डुप लाई निर्देशकका रुपमा अनुबन्ध गर्दै निर्माण सुरु गरिएको उक्त फिल्ममा लिड हिरो अमेरिकाका जोश म्यानुल छन् भने हिरोइन चाँहि नेपालकी आना शर्मा छिन् ।

यस्तै प्रा्ेड्यूसर उद्दीनका अनुसार पाकिस्तानका चर्चित अभिनेता हाम्मीद शेख पनि यो फिल्म खेल्न नेपाल आएका छन् । साथमा नेपालको तर्फबाट नीर शाह, कर्म, शिशिर बागदेल,छक्का पञ्जा- २ का हिरो स्वरुप पूरुष ढकाल, आमिर गौतम एवं सञ्चारकर्मी प्रभात रिमाल लगायतका चिर परिचित अनुहार पनि फिल्ममा खेल्दैछन् ।

GULL

पूर्ण रुपमा अग्रेजी भाषमा छायाँकन गरिने यो फिल्म खिच्नका लागि अमेरिकाबाटै सिनेमाटोग्राफर देखि लिएर डाईरेक्सन डिपार्टमेन्टका अष्टिेन्ट डिरेक्टर सहित केही एक्सन स्टन्ट डिरेक्टर समेत नेपाल झिकाईएका छन् ।
‘हामीले धेरै पहिले बनाएको फिल्म कागबेनीको मेकिग क्वालिटी हेरेपछि निर्देशक ढुण्डुप हाम्रो सम्पर्कमा आए र उनीको कन्सेप्टसंग सुनेपछि हाम्रो कम्पनी पनि उनीसंग फिल्म बनाउँन राजी भएको हो ।’  उद्दीनले डाईरेक्टर कसरी छनौट भए भन्ने बिषयमा कथा सुनाए ।

उद्दीनका अनुसार डाईरेक्टरको साथी भएका कारण गुल्सन ग्रोबर, हिरो जोश म्यानुल र पाकिस्तानी कलाकार हाम्मीद शेख यो फिल्म खेल्न राजी भएका हुन ।

photo Courtesy by : bikash rauniyar

फोटो सौजन्य बिकास रौनियार 
यस्तै क्यू. एफ. एक्स.को फिल्म खेल्न नेपाल आए संगै ग्रोबरले हिजोबाट सुरु भएको एकादेशमा सर्ट फिल्म फेस्टिवलमा आफ्नो सहभागिता पनि जनाएका छन भने केही प्राईभेट डिनर पार्टीमा पनि सहभागी भएका थिए   ।

३ करोड प्लस बजेट विनियोजन गरिएको यस फिल्मलाई एक्सन जनरमा खिचिदैछ । जसको वर्कसप केही हप्ता देखि ललितपुर स्थित ईन्टरन्याशनल क्लबमा गरिएको थियो ।

gulson

यस्तै यो फिल्मका लागि प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका प्रोडक्सन हेड अरुण रेग्मीका अनुसार फिल्मको सुटिङ   काण्ठमाण्डौ स्थित गोकर्ण रिसोर्टमा भईरहेको र आउँदो ५० दिन सम्म राजधानीका विभिन्न हेरिटेज एरियामा फिल्मको  सुटिङ चल्ने छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*