Well Done : लण्डनमा मिलन चाम्सले बढाए नेपाली फिल्मको मार्केट

लागेको आरोप माथि यस्तो सफाई

  • November 15, 2017 3:01 pm
  • News FIlmy

milan chats

नेपाली फिल्म बजारका लागि मिलन चाम्स त्यति धेरै परिचित अनुहार अझै भईसकेका छैनन् तर निरन्तर रुपमा लण्डन लक्षित गर्दै फिल्महरुको छायाँकन र प्रिमियिर सो गर्न थालेपछि लण्डनमा रहेका नेपालीहरुमाँझ चाँहि उनी ठूलै सेलिब्रेटीका रुपमा चिनिन थालेका छन् ।

संसारका केही मंहगा देशहरु मध्येको एक देशका रुपमा चिनिने लण्डनमा निर्देशक चाम्सले निरन्तर रुपमा नेपाली फिल्मको छायाँकन र प्रिमियर सो गर्न थालेपछि उनी नेपाली फिल्म उद्योगका लागि विशेष धन्यवादका पात्र बन्दै गएका छन् जसले नेपाली फिल्म उद्योगलाई विश्वब्यापी बनाउँन एउटा महत्वपूर्ण ईटा थपिरहेको छ ।

हसिँया फिल्मबाट निर्देशकको परिचय बनाएका चम्सले विर विक्रम,ब्लाईन्ड रक्स, बब्बी, ह्याप्पी डेज र अहिले आएर ३ करोड बजेट विनियोजन गरिएको महत्वपूर्ण प्रोजेक्ट लिलि विलि नामक फिल्मको निर्देशन सुरु गरेका छन् ।

प्रदीप खड्का लिड हिरो रहेको लिलि विलीको हिजो देखि लण्डनमा छायाँकन सुरु भएको छ भने यस अघि ह्याप्पी डेज र नर्वे समेत पुगेर बब्बी फिल्मको पनि केही प्रतिशत छायाँकन उनले गरेका थिए ।

milan chams and dayahaang

‘सर्वप्रथम मेरो पहिलो फिल्म हसिंयाको हाईभोल्ट प्रिमियर सो मैलै लण्डनमा गरे त्यस पश्चात आफ्नो प्रोडक्सन बाहेकको रातो घरको प्रिमियर सो गर्न पनि उत्तिकै समय दिए त्यसैले गर्दा आज लण्डनमा नेपाली फिल्मको सुटिङ  र प्रिमियर सो गर्ने क्रम बढ्न थालेको छ ।’  हाल लिलि विलिको एक्सन कटमा ब्यस्त रहेका चाम्सले हामी संगको फोन सम्बादमा भनेका छन् । चाम्सले आफ्ना अन्य फिल्महरु वीर विक्रम, ब्लाईन्ड रक्स र ह्याप्पी डेजको लण्डन प्रिमियर सो भब्य शैलीमा गरेर नेपाली फिल्म लाई थप परिस्कृत गरेका छन् ।

milan

चाम्सले निरन्तर रुपमा प्रिमियर सो हुन थालेपछि लण्डनमा रहेका नेपालीहरुले पनि स्वदेशी फिल्मको लागि समय दिन थालेको बताएका छन् । उनका अनुसार १० देखि १५ लाख प्रोड्यूसर शेयर रहेको लण्डनले आउँदा दिनमा ३० लाख सम्मको शेयर दिने बातावरण देखिएको छ । ‘प्राय जसो फिल्महरुको लण्डन राईट १० देखि १५ लाखको रेन्जमा हुने गरेको छ तर अहिले यहाँ देखिएको नेपाली फिल्मको क्रेज हेर्ने हो भने चाँडैनै लण्डनले नेपाली फिल्मको मार्केटलाई बुष्ट गर्नेमा उनी ढुक्क छन् ।

Pradeep khaki

उनले तीन दिन अघि पनि  रिलिजका लागि तयार रहेको पछिल्लो फिल्म ह्याप्पी डेजको एल्डरसट स्थित प्रिन्सेस हलमा  प्रिमियर सो गरेका थिए जहाँ प्रियंका कार्की देखि लिएर उनको नयाँ फिल्म लिलि विलीका हिरो प्रदीप खड्का लगायतका  काष्ट एण्ड क्रुलाई मंहगा लिमोजीन गाडीको सुविधा सहित प्रिमियर माहोलमा उतारेका थिए ।

मेसिन शैलीमा लगालग फिल्म निर्देशन गर्न थालेका चाम्सलाई किन हतार गरेर धेरै फिल्म धेरै बनाउँनु हुन्छ भन्ने एउटा गम्भीर आरोप पनि लागेको छ जसको जवाफमा उनले भनेका छन् ‘म संग स्क्रिप्ट तयार गर्ने देखि लिएर हरेक डिपार्टमेन्ट सम्हालिदिने राम्रो टिम छ त्यस अलवा नेपालका चर्चित कलाकार र म संग लगानी गर्न चाहने फाईनान्सरहरुको पनि विश्वास बढ्दै गएका कारण एक पछि अर्को फिल्म निर्देशनमा सक्रिय भएको हुँ ।’

लण्डनमा छायाँकन भएको ह्याप्पी डेज रोमान्टिक गीत हेर्नुस्

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*