NewsFilmy

क्रिटिक्स फिल्म अवार्डको रिजल्ट बाहिरियो : केकी,विपिन र माओत्से सर्वोत्कृष्ट कलाकार

अभिनेतामा दुई जनालाई अवार्ड

  • November 14, 2017 1:37 pm
  • News FIlmy

love copy copy

विगत २ बर्षदेखि निकै  सुस्ताएको चलचित्र समीक्षक समाजले क्रिटिक्स फिल्म  अवार्डको रिजल्ट सार्वजनिक गरेको छ ।

जारी प्रेस रिलिज अनुसार २०७२ र ०७३ सालमा प्रर्दशन भएका फिल्महरुबाट मूल्याकंन गर्दै क्रिटिक्स अवार्डको २ बर्षे नतिजा एकै पटक सार्वजनिक गरेको हो ।

रिजल्ट हेर्ने हो भने मीन भाम निर्देशित कालो पोथी र दीपक रौनियार निर्देशित सेतो सूर्य फिल्मले यो अवार्डमा बर्चश्व कायम गरेका छन् । प्रेस रिलिज अनुसार यो अवार्डमा विजेता घोषित भएका फिल्मकर्मीलाई आउँदो मंसिर ६ गते एक कार्यक्रमका बीच ट्रर्फी प्रदान गर्दे सम्मान गरिनेछ ।

जनाइए अनुसार २०७२ र ०७३ सालको मात्र हैन नतिजा सार्वजनिक गरेर अवार्ड वितरण नगरिएको २०७१ सालको अवार्ड पनि मंसिर ६ गतेनै प्रदान गरिने छ । सात बिधामा मात्र समेटिने यस अवार्डमा २०७१ साल अन्र्तगत फन्को फिल्मबात सौगात मल्ल सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन् भने कबड्डी कबड्डी फिल्मबाट रिश्मा गुरुङलाई सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।

यस्तै २०७३ साल अन्र्तगत विपिन कार्की लाई जात्रा र माओत्से गुरुङ  लाई पूरानो ढुंगा फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिने निर्णय भएको छ भने सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लभ सासा फिल्म बाट  केकी अधिकारीलाई दिईदैछ ।

नतिजाको पूर्ण  सूचि निम्नप्रकार छ 

२०७३ :

सर्वोत्कृष्ट फिल्म : कालोपोथी

सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)

सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)

सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)

सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)

सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)

सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)

२०७२ :

सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद

सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)

सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)

सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)

सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)

सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*