NewsFilmy

सावधान ! बढ्दैछ सेलिब्रेटीको फेसबुक ह्याक हुने क्रम : रोज राणाको पनि ह्याक भयो

हिरोइन आशिष्मा नकर्मी, एलिसा राईको पनि

  • November 12, 2017 12:50 pm
  • News FIlmy

rose rana

पछिल्लो केही महिना यता फिल्मी सेलेब्सहरुको फेसबुक अकाउन्ट ह्याक हुने क्रम ह्वात्तै बढेको छ । र यहि मारमा परेका छन् निर्माता एवं निर्देशक रोज राणा पनि ।

आईतबार बिहान देखि फेसबुक अकाउन्ट ह्याक भएपछि राणाको पुरै दिन फेसबुक रिकभर गर्नमा वित्यो । उनका अनुसार प्राविधिमा अब्बल मानिएका प्राविधिकहरुलाई लगाउँदा समेत  फेसबुक रिकभर हुन सकेन ।

‘बरु फिल्म फ्ल्प हुँदा यति तनाव हुँदैन थियो होला जति तनाव फेसबुक ह्याक हुँदा भएको’ उनले बताएका छन् । राणाका अनुसार विभिन्न महत्वपूर्ण घडीका तस्बिरहरु गुमाउँनु परेका कारण र ह्याक भएको अकाउन्टबाट युवतीहरुलाई अनावश्यक कल र म्यासेज गएका कारण उनी तनावमा परेका हुन । उनको फेसबुक अकाउन्ट ह्याक भएसंगै प्रोफाईल पिक्चर ब्ल्याकं भएको छ भने युजर नेम अरवी अक्षरमा आएको छ ।

तर यसरी फेसबुक अकाउन्ट ह्याक हुनेमा उनी पहिलो फिल्ममेकर हैनन । केही महिना अघि कमेडी स्टार वील्सन विक्रम राई देखि लिएर अभिनेत्री सरिता लामिछाने तथा उनका निर्देशक पति ऋषि लामिछाने सहित हिरोइन आशिष्मा नकर्मी,   एलिसा राई, गायिका बीमा कुमारी दुरा, गायक भरत सिटौला, अभिनेत्री तथा बाल कलाकार अनुभव रेग्मीको मम्मी कविता रेग्मी, हिरोइन झरना थापाका श्रीमान एवं निर्माता सुनिल कुमार थापा एवं केही फिल्मी पत्रकारहरु र अन्य सेलिब्रेटीकोको पनि अकाउन्ट ह्याक भएको थियो ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*