NewsFilmy

चलचित्र संघको विवादित निर्णय ! रेखा थापालाई पर्‍यो ठूलो समस्या

डिस होममा सेम डे रिलिजले यस्तो भयो

  • October 10, 2017 5:42 am
  • News FIlmy

Rekha Thapa

अनुप भट्टराई (फरक कोण)

फिल्म हलहरुको छाता संगठन नेपाल चलचित्र संघले एक विवादित निर्णय गर्दा रेखा थापालाई ठूलो समस्या आईपरेको छ ।

संघको कार्यसमिति बैठकले गरेको निर्णय अनुसार नयाँ फिल्म रिलिज भएकै दिन डिस होम च्यानलबाट सेम डे उक्त फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको हो ।

प्रविधिको बिकास संगै पछिल्लो समय केही फिल्महरु फिल्म हलमा र डिस होमको च्यानलबाट सेम डे रिलिज हुन थालेका छन् जुन निरन्तरतामा रेखा थापाको प्रतिक्षित फिल्म रुद्रप्रिया पनि आउँदो लक्ष्मी पूजाका दिन डिस होम र फिल्म हलमा एकै साथ प्रर्दशन गर्ने तयारी भएको थियो ।

करिब ७ लाख ग्राहक रहेको डिस होममा नयाँ फिल्म हेर्नका लागि दर्शकले न्यूनतम २५० रुपैयाँ देखि माथि तोकिएको रकम रिचार्ज गरेको खण्डमा मात्र नयाँ फिल्म हेर्न पाईने छ जसले गर्दा प्रोड्यूसरलाई राम्रो रकम डिस होम च्यानलबाट पनि आउँने अवस्था भईरहेको थियो ।

सोही अनुरुप रुद्रप्रियाको सेम डे रिलिजका लागि रेखा फिल्मस र डिस होम बीच भारी रकममा सम्झौता भएको थियो जुन सम्झौताको विरुद्धमा चलचित्र संघको निर्णय आएपछि रेखालाई आर्थिक हिसावमा समेत घाटा लाग्ने अवस्था देखिन्छ ।

संघको निर्णय अनुसार कि त रेखा थापाले डिस होममा मात्र फिल्म रिलिज गर्नुपर्ने हुन्छ कि त फिल्म हलमा मात्र । यस्तै यहि बिषयमा हामीले रेखा लाई प्रश्न गर्दा उनले भनेकि छिन् ‘मेरो प्रपर्टी मैले जुन च्यानलबाट पनि देखाउँन सक्छु , मिल्यो भने टुंडिखेलमा फ्रिमा पनि देखाउँन सक्छु त्यसकारण चलचित्र संघले गरेको यो निर्णय समय सापेक्ष छैन् ।’  उनले यो बिषयलाई लिएर आफू अदालत सामु पनि जाने बताएकी छिन् ।Ramesh mk

यस्तै रेखाका बिजेनश पार्टनर एवं रुद्रप्रियाका एक्जुकेटिभ प्रोड्यूसर रमेश एम के. पौडेलले चलचित्र संघको निर्णय लाई पूर्ण सिन्डिकेटको संज्ञा दिदै प्रोड्यूसरलाई डोमिनेट गर्ने निर्णय भएको भनी फेसबुकको टाईमलाईनमा लेखेका छन् ।

 

उता चलचित्र संघले चाँहि फिल्म हलमा र डिस होममा एकै साथ फिल्म रिलिज हुँदा हलमा दर्शकको संख्या घट्ने र फिल्म हल सञ्चालन गर्न कठिन हुने भन्ने लाईनलाई आफ्नो मुख्य अडान बनाएको जारी प्रेस रिलिजबाट देखिन्छ ।

यस्तै तेश्रो पक्ष डिस होमका सिईओ सुदीप आर्चायले संघको निर्णयलाई हास्यासपद भएको भन्दै डिस होम कसैको भाग खान नआएको भनी प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् ‘हामीलाई प्रोड्यूसरले फिल्म रिलिज गर्न दिन्छ भने किन नगर्ने ? त्यसकारण संघले हाम्रो विरुद्धमा बोल्नु भन्दा निर्मातालाई कन्भिन्स गर्नु राम्रो हो । उनका अनुसार यदि प्रोड्यूसरले सेम डे रिलिज नगेरेको खण्डमा आफ्नो कम्पनीको तर्फबाट कुनै पनि प्रेसर निर्मातालाई दिईने छैन ।’

उनी भन्छन् निर्माताको चहानामै सेम डे रिलिज गर्ने निर्णय भएपछि हामीले उक्त प्रस्ताव मानेका हौ । यस्तै उनले मोफसलका विकट गाउँहरुमा अझै फिल्म हल छैनन् र ती क्षेत्रका दर्शकलाई समेत आफ्नो च्यानलले यो सुविधा दिदा फिल्म क्षेत्रको आर्थिक गतिविधि बढ्ने हो त्यसकारण यो बिषयलाई विवाद भन्दा स्वागत गर्ने गरी अघि बढेको भए राम्रो हुन्थ्यो ।

suddep Acharya  यसैगरी हामीले चलचित्र निर्माता संघका अध्यक्ष आकाश   अधिकारीलाई पनि प्रश्न गर्दा उनले भोलि बुधबार चलचित्र निर्मातासंघको आकस्मिक बैठक बाट यो बिषयमा आधिकारीक प्रतिक्रिया आउँने बताएका छन् । तर महासचिव एवं संघको न्यायिक समितिका सभापति समेत रहेका रोज राणाले चाँहि चलचित्र संघको निर्णयलाई तानाशाहको उपमा दिएका छन् ।

उनी भन्छन् ‘कुनै पनि हलले निर्माताको फिल्मलाई त्यतिकै चलाएको हुदैन उसले न्यूनतम होल्ड ओभरको आधारमा मात्र चालाउँछ । त्यसकारण प्रोड्यूसरले आफ्नो आर्थिक सुरक्षाका लागि जहाँ पनि फिल्म रिलिज गर्न पाउँछ । तसर्थ चलचित्र संघले गरेको यो निर्णलाई म चाँहि तानाशाह निर्णय भएको भन्दछु । ‘  रोजले पनि गत असोज ११ गते आफ्नो फिल्म मेरो पैसा खैलाई फिल्म हल र डिस होमबाट सेम डे रिलिज गरेका थिए । उनको फिल्म सहित धुम -२ र लिला नामक फिल्म पनि सेम डे डिस होमबाट रिलिज भएको थियो ।

अब के हुन्छ ?

सिन्डिकेट शैलीमा गरिएको यो विवादित निर्णयका विरुद जिल्ला प्रशासन कार्यालय तथा अदालत सम्म यो बिषयमा पुगेको खण्डमा चलचित्र संघको निर्णय प्रशासन कार्यालय तथा अदालतले उल्टाउँन सक्ने प्रवल सम्भावना छ । किन कि खुल्ला बजार नीति अपनाईएको यो मुलुकमा कानुनत हिसावले पनि प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ३ मा ‘प्रतिस्पर्धात्मक वातावरणको प्रतिकूल बजार प्रवेशमा निषेध गरी एकाधिकार गर्न मिल्दैन’ भनिएको छ।

त्यसकारण यदि संघले गरेको निर्णयलाई  अदालतले उल्टाई दिएको खण्डमा चलचित्र संघको यो कार्यसमितिलाई नैतिक संकट पर्ने सम्भावना पनि देखिन्छ । तसर्थ यो गम्भीर निर्णयमा  चलचित्र संघले  निर्माता संघ, डिस होम र फिल्म उत्पादन गर्ने कम्पनी तथा निर्माताहरुबीच थप छलफल गर्न जुरुरी रहेको देखिन्छ । फोटो सौजन्य : कमल प्रसाई अनलाईनखबर डटकम,

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*