NewsFilmy

हेर्नुस् : ‘कहि कतै’को डान्सिङ नम्बरको गीत : नयाँ हिरोइनको सम्भावना कति ?

हिरोइनको स्टेप र एक्सप्रेशन राम्रो तर ?

  • September 25, 2017 5:56 pm
  • News FIlmy

kahi-katai2

डान्सिङ नम्बरको गीत रुचाउँने दर्शकका लागि बजारमा अर्को फिल्मको गीत आएको छ ।

यहि बर्ष प्रर्दशन लक्ष्य राखिएको फिल्म कहि कतैमा समावेश झ्वाईया झान…  बोलको गीतले दर्शकलाई नचाउँन सक्छ । केही फिल्महरुमा अभिनयको यात्रा बटुलिसकेकी अभिनेत्री उमा बेबीले  आफ्नै निर्माणमा छोरी शिवानीलाई यो फिल्म मार्फत फिल्मी डेब्यू गराएकी हुन ।

गीतमा शिवानीले दिएको स्टेप र एक्सप्रेशनले उनको फिल्मी डेब्यू स्वागत योग्य देखिएको छ । तर के छ भने शिवानी जति क्यूट देखिएकी छिन् गीतमा त्यतिकै सानी पनि देखिएकी छिन् त्यसकारण उनको आगामी फिल्मी भबिष्य कस्तो रफ्तारले अघि बढ्ने हो त्यो प्रश्न चाँहि प्रतिक्षाको बिषय बन्न सक्छ ।

गीतमा शिवानीका साथ सोनम वारपुंगा नाचेका छन् जो यो फिल्मका एक मुख्य अभिनेता रहेको बताईएको छ । सोनमको हकमा पनि नाच्नमा पर्फेक्ट देखिएका छन् तर उनको लुक्सलाई नेपाली फिल्म उद्योगले कुन हद सम्म एसेप्ट गर्छ त्यो पनि अर्को एक प्रश्न बन्न सक्छ ।

shiwani giri

सविर श्रेष्ठले निर्देशन गरेको यो युथ ओरेन्टेड फिल्मको अधिकाँश छायाँकन सिक्किममा गरिएको हो । तर यो गीतको छायाँकन चाँहि राजधानीमा गरिएको छ । दृश्य भाषाका हिसावमा भन्ने हो भने लोकेशन छनौटमा कन्जुसाई भएको देखिन्छ त्यसकारण लोकेशन बाहेक यो गीतको राम्रो पक्ष भनेको नयाँ कलाकारको जोश, उनीहरुको डान्स र गायकी पनमा देखिएको नयाँ प्रकारको टेक्सचर हो । शब्द रचनाका हिसावमा पनि रचनाकार गौरव दर्पण सफल छन् ।

chakka

यो गीतका संगीतकार समेत रहेका गायक सचिन सिंह र गायिका सृजना शिलालको गायकी पनमा देखिएको टेक्सचरनै  यो गीतको मुख्य  आकर्षण पक्ष हो त्यसकारण डान्सिङ नम्बरको गीत खोज्दा यो गीत दर्शकको नजरमा पर्ने सम्भावना चाँहि प्रवल छ ।

यस्तै कोरियोग्राफी हिसावमा हेर्दा कविराज गहतराजले लोक नृत्यमा जसरी नयाँ पन दिन्छन् त्यो चाँहि उनका डान्सिङ नम्बरका गीतमा त्यति देख्न पाईदैन यध्यपी उनले कलाकारलाई राम्रो स्टेप गराएर आफ्नो काम राम्रोसंग निकालेका छन् ।

mero paisa khai

सिक्किमबाट नेपालमा आएर अभिनय यात्रा थालेकी अभिनेत्री उमा बेबीको एकल निर्माणमा बनेको यो फिल्मको प्रिमियर आउँदो तिहारको छेकोमा सिक्किमका हाई भोल्ट सेलिब्रेटीहरु माँझ हुने बताईएको छ जसको तयारीका लागि प्रोड्यूसर उमा वेवी सिक्किम तर्फ प्रस्थान गरिसकेकी छिन् । हेर्नुस् गीत :

 

One thought on “हेर्नुस् : ‘कहि कतै’को डान्सिङ नम्बरको गीत : नयाँ हिरोइनको सम्भावना कति ?

  1. Daamiii xa ani supop aajuko knew bhai r bunu haruko movie.s sapal hos Maro subakamana xa ani uma didi la Pani dharai Badhai xa ani maro lovely shivani bhanji lai Badhai xa tmro movie’s supper dupper HT hos yo nai kamana xa Mo bata

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*