NewsFilmy

हेर्नुस् : फाटेको जुत्ताको पावरफूल ट्रेलर :  बक्स अफिसमा अब्बल हुने सम्भावना

विगतका सवै ट्रेलरलाई चुनौति दियो

  • September 25, 2017 4:41 pm
  • News FIlmy

fateko

फिल्म फाटेको जुत्ताले पनि बक्स अफिसमा राम्रै नतिजा ल्याउँने छनक देखाएको छ ।

आज सार्वजनिक भएको ट्रेलर  हेर्दा यो फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिन सक्ने सम्भावना देखाएको हो ।

सौगात मल्लको जर्वजस्त रोमान्टिक पर्फमेन्सले फिल्मको ब्यापार राम्रो हुने मात्र हैन स्वयम यो फिल्मले सौगातको अभिनयको यात्रालाई थप परिस्कृत गर्ने सम्भावना पनि देखाएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको फाटेको जुत्तालाई अर्जुन कुमारले निर्माण गरेका हुन । केही असफल र केही सफल फिल्मको अनुभव बटुलिसकेका निर्माता अर्जुन कुमारले यो फिल्म बनाउँनु अघि स्क्रिप्ट छनौट, त्यस भित्रको डाईलग र फिल्मको समग्र मेकिङ  र सेटिङमा आफ्नो टिमसंग राम्रो गृहकार्य गरेको सार्वजनिक ट्रेलरबाट समीक्षा गर्न सकिन्छ । सिधा भन्ने हो भने पछिल्लो समय रिलिज भएका धेरै फिल्मका ट्रेलरलाई फाटेको जुत्ताले चुनौति दिएको यो समीक्षकको ठहर छ । कारण :  ट्रेलर  हेर्दा फिल्म भित्र कन्टेन र ईन्टरटेन्मेन्टको सेटिङ निकै राम्रो तरिकाले बुनिएको देखिन्छ ।

mero paisa khai

कमर्शियल शैलीको ट्रेलर मेकिग, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ,  सट साईज र साउन्ड डिजाईनका हिसावबाट हेर्दा यो फिल्मको ट्रेलर  पर्फेक्ट देखिएको हो । तसर्थ टिम अफ दि क्याप्टेन निकेश खड्काले आफ्नो   दोश्रो निर्देशकी यात्राबाट प्रसंसा बटुल्ने आधार देखिन्छ ।

chakka

कात्तिक १७  देखि प्रर्दशनमा आउँने यो फिल्ममा कामेश्वर चौरासिया, अनोज पाण्डे तथा पछिल्लो समयका हिट कमेडियन क्यारेक्टर आर्टिष्ट रविन्द्र झा र प्रियंका कार्की जस्ता स्टार मुख्य भूमिकामा छन् । यस्तो बनेको छ  ट्रेलर हेर्नुहोस्  : 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*