हराए दीलिप रायमाझी तर हराएको छैन उनको फिल्म : गायिकासंग कम्मर मर्काउदै भेटिए

गायिका जुनु रिजाल नाच्नमा पनि अब्बल

  • September 25, 2017 2:27 pm
  • News FIlmy

एक समयका सुपरस्टार दीलिप रायमाझी नेपाली फिल्म उद्योगबाट हराए जस्तै भएका छन् तर उनी हराएँ पनि बेला बेलामा उनका फिल्महरु रिलिज हुने क्रम भने पूर्ण रुपमा रोकिएको चाँहि छैन् ।

स -परिवार अमेरिका बसाई सरे पनि अभिनयको नशा लिन उनी बेला- बेला नेपाल झुल्की रहन्छन् र सुटुक्क फिल्म खेलेर फर्किहाल्छन् पनि र सोही क्रममा दीलिपले आउँदै जादै खेलेको नयाँ फिल्म चर्खाको गीत रिलिज भएको छ ।

निकै कुशल गायिका जुनु रिजालसंग कम्मर मर्काएको एक गीतमा उनी देखिएका हुन  । गोविन्द गौतमको निर्देशनमा बनेको फिल्म चर्खामा दीलिप लिड रोलमा छन् भने यहि फिल्म मार्फत गायिकाबाट नायिकाको ट्याग भिर्दैछिन् जुनु रिजालले पनि । पहिलो पटक फिल्मी अभिनयमा उत्रिएकी जुनु गाउनमा मात्र हैन नाच्न र एक्सप्रेशन फ्याल्नमा पनि उत्तिकै पोख्त रहेको सार्वजनिक गीतबाट प्रष्टीएको छ ।

chakka

ठेट मारुनी भाकामा बनेको चर्खाको गीतलाई नहिचकिचाई कमेन्ट गर्ने हो भने अडियोको एरेन्जमेन्ट र कम्पोज परम्परागत रहेपनि गायकी पनमा जुनु र उनका श्रीमान रामचन्द्र काफ्लेले निकै न्याय गरेका छन ।  यस्तै क्यामेरा पर्सन दिब्य राज सुवेदीले पनि विगतका फिल्ममा भन्दा आफ्नो क्यामेरा अपरेटिङमा मिहिनेत गरेको देखिन्छ । तर लाईटिङ को सेटअप तर्फ चाँहि अलि मिहिनेत नपुगेको भान चाँहि भएको छ । गीतका लेखक एवं संकलक निर्देशक गोविन्द गौतम स्वयम हुन भने संगीत चाँहि विकास चौधरीको हो  ।

यस्तै  कोरियोग्राफी तर्फ हेर्ने हो भने  कविराज गहतराजले पछिल्लो समय आफूलाई निकै मिहिनेत गरेको यो गीतले पनि प्रष्टाएको छ । विशेष गरी फ्रेम भर्न उनले पाएको बाक्लो कोरस र क्राउडको सेटिङलाई निकै मिठो ढंगले उतार्दै गीतलाई हेर्न लायक बनाईदिएका छन् ।

गैर आबासिय नेपाली संघ बेल्जियमाका शहदेब गौतमको प्रस्तुतीमा निर्माण भएको यो फिल्ममा हेटौडाका युवा ब्यबसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केशीले संयुक्त लगानी गरेका छन् । हेर्नुस् गीत

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*