NewsFilmy

रोज राणाको डर लाग्दो निर्णय !  छक्का पञ्जा -२ संगै रिलिज हुने भो ‘मेरो पैसा खोई ‘

तर मोफसलमा २० गते देखि मात्र

  • September 24, 2017 6:53 pm
  • News FIlmy

mero

निर्माता तथा निर्देशक रोज राणाले डर लाग्दो निर्णय गरेका छन् ।

केही दिन अघि सम्म अनिश्चित रहेको मेरो पैसा खोई  को रिलिजलाई उनले छक्का पञ्जा- २ संगै भिडाउँने निर्णय गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेपछि उनको हिम्मत लाई लिएर विभिन्न अडकल बाजी सुरु भएको हो । तर यो रिलिज चाँहि राजधानी भिडन्त मात्र हो कि किन कि मोफसलमा रोजले अपेक्षित हल नपाएका कारण मेरो पैसा खोई को मोफसल रिलिज चाँहि असोज २० देखि मात्र हुनेछ ।

करिब १ हप्ते पव्लिसीटि सहित दसैका लागि उनी पनि उत्रिएपछि प्रतिष्पर्धी फिल्म छक्का पञ्जा -२ का निर्माता दीपक -दीपाको मनमा पनि कही कतै चिसो पस्ने ठाउँ भेटिएको चाँहि छ । कमेडी जनरमै रहेको मेरो पैसा खै बलिउडको चर्चित फिल्म भूत नाथ निर्देशन गरेका निर्देशक विवेक शर्माले निर्देशन गरेर बीचमै छाडेपछि राणाले उक्त फिल्मको बाँकी अंश निर्देशन गरेको भन्ने भित्री भनाई छ । भित्री कुरा अनुसार विवेकले मेरो पैसा खैको सम्पूर्ण फूटेज डिलिट गरिदिएको र पुनः फिल्मको छायाँकन गरिएको हल्ला चलाईएपनि त्यसो नरहेको र फिल्मको ७० प्रतिशत निर्देशन विवेकलेनै गरेको र बाँकी ३० प्रतिशत रोजले गरेको बताईन्छ ।

Rudrapriya banner

रोजको भनाई अनुसार फिल्मको कन्टेन निकै पावरफूल रहेका कारण दसैमै फिल्म रिलिज गर्ने निर्णय गर्दै राताराज (आजै ) फिल्मको सेन्सर प्रक्रिया पनि सिध्धएका छन्  । तर वास्तविक कुरा के छ भने छक्का पञ्जा- २ ले महिनौ देखि बनाएको क्रेजका अगाडी मेरो पैसा खोईले ओपनिङ  कलेक्सनमा आफ्नो पकड बलियो राख्ने सम्भावना चाँहि न्यून देखिन्छ ।

यदि रोजको अठोट र दावी अनुसार छक्का पञ्जा भन्दा उनको फिल्म साच्चिकै राम्रो बनेको खण्डमा रिलिजको केही दिन पछि चाँहि छक्का पञ्जा- २ माथि रोजको फिल्म हावी हुन सक्छ ।  उही जनरको फिल्म र छक्का पञ्जाका दुई मुख्य कलाकार बर्षा राउत र बुद्धी तामाङ  पनि मेरो पैसा खोईका मुख्य कलाकार हुन त्यसकारण रोज र दीपक दीपा मात्र हैन बुद्धी र बर्षाका लागि यो भिडन्त टाउँको दुखाई बन्ने निश्चित भईदिएको छ । हेर्नुहोस् मेरो पैसा खोई को ट्रेलर

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*