NewsFilmy

घर जान बसको टिकट पाईएला तर छक्का पञ्जा -२ को पाउँन गाह्रो : बुकिङ मै आक्रमक

QFX च्यानलको मात्र २६ सो

  • September 24, 2017 5:10 pm
  • News FIlmy

chakka

अनुप भट्टराई (फरक कोण )

गत बर्ष विभिन्न रेकर्ड कायम गरेको फिल्म छक्का पञ्जाको सिक्वेलले यस बर्षपनि आक्रमक ब्यापारको सम्भावना देखाएको छ ।

अघिल्लो बर्ष निकै प्रसंसा बटुलेको छक्का पञ्जाको सिक्वेल हेर्नका लागि देखिएको फ्रुटफल बुकिङ  लाई आधार मानेर हेर्ने हो भने यो फिल्मले गत बर्ष बक्स अफिशमा कायम गरेको आफ्नै रेकर्ड नतोड्ला भन्न पनि सकिन्न । किन कि आज दिउँसो बाट राजधानीका QFX  को चार चेनका लागि सार्वजनिक भएको बुकिङ  नतिजा हेर्दा फिल्मको सवै सोजका टिकट सोल्ड आउट हुने अवस्था छ । फिल्मले गत बर्ष नेपालबाट १७ लाखको छेकेको लाईफटाईम ग्रस कलेक्सन गर्दै ईतिहास रचेको थियो जुन ईतिहास आफैले  तोड्ने  सम्भावना पनि त्यतिकै नजिक छ भन्दा फरक नपर्ला ।

qfx

खास भन्ने हो भने दसैका बेला बरु घर जान बसको टिकट सजिलै पाईएला तर छक्का पञ्जा २ हेर्न टिकट नपाईने अवस्था आजको बुकिङ क्रेजले देखाएको छ । यो समाचार तयार पारुन्जेल सम्म छक्का पञ्जाका लागि दिईएको २६ वटा  मध्ये २०  वटा सो करिब सोल्ड आउँट हुने अवस्थामा छ । पर्सी ११ गते फूलपातिका दिन देखि प्रर्दशनमा आउँने यस फिल्मले अग्रिम बुकिङमा पनि रेकर्ड राख्ने सम्भावना आजको बुकिङ नतिजाले देखाउँछ ।

Business Predicition :  १० करोड माथिको कलेक्सन  निश्चित / आफ्नै रेकर्ड न तोड्ला भन्न सकिन्न 

फिल्म बजार विश्लेषक भएका नाताले हामी के भन्छौ भने छक्का पञ्जा – २ ले हाल सम्मकै ओपनिङ रेकर्ड ब्रेक गर्ने छ । नेपाली बक्स अफिस ईतिहासमा सवै भन्दा धेरै पहिलो दिने कलेक्सन करिब १ करोड ३० लाख लुट -२ ले गरेको थियो भने दोश्रोमा प्रेम गीत -२ ले १ करोड १३ लाख बराबरको ओपनिङ गरेका थिए । त्यसकारण लुट -२ र प्रेम गीत -२ लाई निकै पछि पार्दै छक्का पञ्जा -२ ले ओपनिङ रेकर्डमा पनि ईतिहास कायम गर्ने प्रवल सम्भावना छ । सम्भावनका ढोकाहरु हेर्ने हो भने छक्का पञ्जा- २ले पहिलो दिन नै  करिब १ करोड ७० लाख बराबरको ओपनिङ कलेक्सन गर्ने हाम्रो पूर्वानुमान छ ।

ए दाजु न समाउँन नाडीमा जान्न म त डिजेलको गाडीमा… गीतको क्रेज, प्रिक्वेलको रिजल्ट र दीपक दीपाले राम्रो स्क्रिप्टमा पूर्ण मनोरञ्जनात्मक फिल्म बनाउँछन् भन्ने दर्शक माथि परेको विश्वसले छक्का पञ्जा २ को एतिहासिक कलेक्सन सम्भावना देखेका हौ हामीले ।

Rudrapriya banner

यस्तै दशैमा परेको लगातारको ९ दिने विदाले छक्का पञ्जा- २ ले १० करोड ब्यापार नघाउँने निश्चित रहेको  हाम्रो  ठहर छ ।  कारण बस प्राकृतिक प्रकोप  एवं दैविक विपत्ती तथा देशमा राजनीतिक संकट पैदा नभएमा यो फिल्मले अन्य रेकर्डहरु पनि कायम गर्ने सम्भावना देख्छौ हामी । दसैमा रिलिज हुने भएका कारण ओपनिङका केही दिन मोफसल कलेक्सनले राजधानीको कलेक्सनलाई जितेर अर्को रेकर्ड पनि बनाउँने सम्भावना छ ।

यो फिल्मले मोफसलका प्रमुख स्टेशन नारायणघाटमा सर्वाधिक कलेक्सन गर्ने छ भने पोखरा,बुटवल,नेपालगञ्ज तथा पूर्वका स्टेशनहरु धरान, विराटनगर दमक तथा विर्तामोडमा पनि विगतका फिल्मका बिजनेश रेकर्ड तोड्ने छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*