NewsFilmy

रुद्रप्रियाको Love Song रिलिज :  आर्यन रेखाको पावरफूल केमेस्ट्री

लिरिक्स बैकंर अम्बिकाको / गायन सनुप र अन्जुको

  • September 24, 2017 3:04 pm
  • News FIlmy

AARYAN REKHA

रेखा थापाले बनाएको फिल्म रुद्रप्रियाको Love Song  रिलिज भएको छ ।

सात बर्षपछि लोभ लाग्दो  केमेस्ट्री देखिएको उक्त गीतमा आर्यन  – रेखाले पावरफूल पर्फमेन्स गर्दा सामान्य लोकेशनमा पनि गीतको भिजुअल क्वालिटी मेन्टेन भएको देखिन्छ । तर अडियो सुन्दा भिजुअलमा जुन प्रकारको उत्कृष्टता विशेष गरी लोकेशन भेराइटी हुनुपर्ने हो त्यो भने अलि नभएको महसुश  चाँहि हुन्छ ।

प्रणयहरुका लागि लक्षित गर्दै तयार गरिएको यो गीतका संगीतकार  अर्जुन पोखरेल हुन जसले पछिल्लो समय ब्याकटुब्याक हिट गीत दिईरहेका छन् र यो गीत पनि हिट नम्बरमै पर्ने सम्भावना त्यतिकै देखिन्छ ।

लिरिक्स चाँहि म यस्तो गीत गाउँछु फिल्मको हिट  नम्बर किन आजकाल तिम्रो मन मैलो भो …लेख्ने रचनाकार अम्बिका शर्माको हो । मुख्य पेशाले प्रभु बैकंकी निर्देशक एवं सफल म्यानपावर ब्यवसायीका रुपमा चिनिने अम्बिका शर्मा जस्ता व्यक्तित्वहरुको फिल्म नगरी प्रति बढेको रुचीले नेपाली फिल्ममा पनि कर्पोरेट कल्चरको अभ्यास लाई स्थापित गराउँन मद्दत गर्नेछ । त्यसकारण फिल्म नगरीमा उनले बढाएको यो पाईला स्वागत योग्य रहेको छ ।  गायन चाँहि अन्जु पन्त र सनुप पौडेलको हो

chakka

यो गीतका कोरियोग्राफर चाँहि प्रविण सिंह हुन जसले रुद्रप्रियाबाट फिल्म नगरीमा कोरियोग्राफरको रुपमा बलियो डेब्यू गर्ने सम्भावनाको ढोका खेल्ने प्रयाश गरेका छन् । प्रविणले यो गीतमा हनिमुन शैलीको कोरियोग्राफ सेटिङ  गरेका छन् जसलाई आर्यन र रेखाको अभिनयले माथि उठाईदिएको छ । यो फिल्म आउँदो कात्तिक २ गते लक्ष्मी पूजाका दिन देखि प्रर्दशन हुँदैछ । हेर्नुस् नयाँ गीत ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*