NewsFilmy

अझै रिलिजको टुंगो छैन तर सार्वजनिक भयो ‘मेरो पैसा खोई’को गीत

कोरियोग्राफी कन्सेप्ट ईन्डियन मोडलको

  • September 22, 2017 6:35 pm
  • News FIlmy

mero paisa

छक्का पञ्जा -२ संगै प्रर्दशनमा आउँने भनेर निकै हल्ला गरिएको फिल्म मेरो पैसा खोईको गीत र पोष्टर सार्वजनिक भएको छ ।

ईन्डियन मोडलको कोरियोग्राफी कन्सेप्ट झल्कने गरी बनाईएको गीतमा सौगात मल्ल, बर्षा राउत,बुद्धी तामाङ  तथा छुल्ठिम गुरुग सहित अन्य कलाकारहरुलाई देख्न सकिन्छ । फिल्ममा यी बाहेक सिंगर टन्र्ज एक्टर रविन तामाङ,कमलमणी नेपाल, ध्रुब कोईराला, सम्पन  श्रेष्ठ, सहित नयाँ प्रस्तुतीमा सागर तिवारीले डेब्यू गरेका छन् ।

chakka

रत्यौली शैलीको गीतमा प्रयोग भएको शब्द ‘एया बाबा घैया पाक्यो च्यूरी कुटाईदेउ…  निकै पावरफूल लाईन बन्दिएको छ जसकारण यो गीतलाई राम्रै रेटिङ गर्दछ न्यूज फिल्मी डटकम ।

mero poster

यो गीतको उक्त लाईनलाई युट्यूबमा पनि दर्शकले ज्यादा मन पराएको पाईएको छ । गीतका रचनाकार दयाराम पाण्डे हुन भने कम्पोजर बसन्त सापकोटा तथा गायन प्रमोद खरेल र मेलिना राईको हो । कोरियोग्राफी चाँहि कमल राईको हो , जो नेपाली फिल्म उद्योगका निकै पुराना कोरियोग्राफर हुन ।

कोरियोग्राफर राईले फ्यामेली ड्रामा  पस्किने हिन्दी फिल्महरुमा जस्तै गरी यो गीतको कोरियोग्राफ गरेका छन् तर आर्ट डाईरेक्सनको सतही सेटअप  एवं  कम क्राउड प्रयोग भएका कारण दृश्यात्मक हिसावमा भने केही कमजोर बनेको छ गीत । यध्यपी सुन्नका लागि मात्र रिभ्यू गर्ने हो भने  सवै दृष्टीकोणबाट गीत अब्बल बनेको छ ।

रोज राणाको निर्माण तथा निर्देशन रहेको मेरो पैसा खोई कमेडी जनरको फिल्म हो जसले दर्शकलाई पेट मिचिचि हसाउँने निर्देशक रोज राणाको तर्क छ । यो फिल्म दसैमानै रिलिज गर्ने गरी निर्माण पक्षले ठूलै हल्ला चलाएको छ तर सार्वजनिक गीत र पोष्टर हेर्ने हो भने निर्देशक राणाले कही कतै पनि फिल्मको रिलिज मिति उल्लेख नगरेर  चलाखी देखाएका छौ । हेर्नुस् गीत 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*