WOW : ऐश्वर्यको हाईक्लाश मेकिङ तर जसले खिचे धेरै फिल्म उसकै छैन नाम

भिलेन र हिरोइनको सम्भावना राम्रो

  • September 21, 2017 4:45 pm
  • News FIlmy

rame

‘मेरो फिल्मले कस्तो ब्यापार गर्ला त्यो भोलिको कुरा तर विश्वास गर्नुस् ऐश्वर्यको मेकिङ ले तपाईहरुको मन चाहि अवश्य जित्ने छ ।’

झण्डै एक बर्ष अघि ऐश्वर्यको सुटिङ  चलरिहदा रमेश उप्रेतीले यो न्यूज राईटरलाई दिएको बचन थियो जुन बचन आजका दिनमा आए रमेशले पुरा गरेको प्रष्टिएको छ ।

ट्रेलर हेर्दा निकै वाऊ मेकिड देखिएको ऐश्वर्य आउँदो कात्तिक ९ गते देखि प्रर्दशनमा आउँने फिल्म हो जसबाट फिल्म नगरीमा नयाँ हिरोइन दीपिका प्रसाईले धमाकेदार डेब्यू मात्रै गर्दैछैनन् कलाकारको रुपमा स्थापित हुन लागेका मोडल प्रशान्त ताम्राकारलाई पनि यहि फिल्मले फिल्म नगरीमा स्थापित गराईदिने लक्षण देखाएको छ । फिल्ममा केकी अधिकारी पनि एक प्रमुख भूमिकामा छिन् भने मोडल तथा फोटोग्राफर विकास खतिवडाले पनि डेब्यू गर्दैछन् ।

pra

यस्तै मेकरका र अभिनयमा कमब्याकका हिसावले रमेश उप्रेती र निर्देशक दिवाकर भट्टराईलाई पनि यो फिल्मले निकै फाईदा पुग्ने संकेत देखेका छौ हामीले । कन्टेन सहितको उच्च स्तरको मेकिग मात्र हैन गीत संगीतले पनि प्रसंसा बटुलेको ऐश्वर्यको कथा मोडलिङ क्षेत्रमा लागेकी एक युवतीको वरीपरि घुमेको हो भन्ने सार्वजनिक ट्रेलरबाट अनुमान लगाउन सकिन्छ तर विडम्बना ८० प्रतिशत भन्दा बढी फिल्मको छायाँकन गरेका सिनेमाटोग्राफर राजेश श्रेष्ठको नाम चाँहि बायस गर्दै बाँकी थोरै फिल्म खिचेका छायाँकार सुदीप बरालको मात्र नाम युट्यूबको क्रेडिट लाईनमा समावेश गर्नु रमेश उप्रेतीको पर्सनालिटिले सुहाएन ।

deepika prasain

नेपालमा टप थ्री सिनेमाटोग्राफर भित्र पर्ने राजेश श्रेष्ठ तीनै सिनेमाटोग्राफर हुन जसले मेरो एउटा साथी छ हुँदै मेरो लभ स्टोरी, के यो माया हो, प्रेम गीत, क्लासिक जस्ता फिल्म खिचेर नेपाली फिल्म उद्योगमा एउटा ईटा थप्ने प्रयाश गरे ।

Screen Shot 2017-09-21 at 10.40.21 PM

तर छायाँकनको अन्तिम चरणमा ऐश्वर्य टिम र राजेश श्रेष्ठ बीच सुटिङ ब्यवस्थापनको विषयमा मनमुटाव हुँदै दुरी बढेपछि राजेश र रमेश बीचको टिम अप रोकिन पुग्यो र रमेशले सुदीप बराललाई ऐश्वर्यको बाँकी (करिब २० प्रतिशत)  छायाँकन गर्ने जिम्मेवारी दिएसंगै रमेशको टिमले राजेशको नामलाई आफ्नो फिल्मका कुनै पनि प्रचार प्रसार सामग्रीमा नराख्ने निर्णय गर्यो जुन निर्णय पूर्ण रुपमा सहि नरहेको यो राईटरको तर्क छ । हेर्नुस् ट्रेलर

chakka

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*