डेढ महिना धकेलियो अमेरिकामा हुने नेम्पा अवार्ड : कारण यस्तो

जुरु रहेछन् सरिता, करुण र सुशिल

  • September 12, 2017 6:59 am
  • News FIlmy

आउँदो असोज १ गते अमेरिकाको टेक्सास स्थित डलासमा हुने भनिएको नेपाल मोसन पिक्चर  एसोसिएसन (नेम्पा)   फिल्म  अवार्ड डेढ महिना पर धकेलिएको छ ।

मुख्य आयोजक संस्था नेपाल चलचित्र संघले जारी गरेको विज्ञप्ती अनुसार अवार्ड आयोजना हुने राज्य टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान चाड विजया दशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सास बासी नेपालीहरुको विशेष आग्रहमा पूर्व निर्धारित मितिका लागि तय गरिएको कार्यक्रम सार्नु परेको कारण जनाईएको छ ।

जारी विज्ञप्ती अनुसार नेम्पा अवार्ड आउँदो कात्तिक १९ गतेका दिन पूर्वनिर्धारित स्थानमै हुनेछ ।  नेपालबाट करिब ६० जनाको संख्यामा फिल्मकर्मी एवं पत्रकारहरुको उपस्थितीमा नेम्पा अवार्ड गर्ने तयारी सुरु भएको करिब ३ महिना भईसकेको छ । जस अनुरुप अवार्डको टप थ्री नोमिनेशन सार्वजनिक भएको पनि १५ दिन वितिसक्यो । यो अवार्डका लागि २०७२ सालमा राष्ट्रिय  फिल्म अवार्डमा जुरी भईसकेकी अभिनेत्री सरिता लामिछाने, सम्पादक करुण थापा र पत्रकार सुशिल पौडेललाई जुरी बनाईएको छ ।chakka

करिब ३ करोड माथिको बजेट विनियोजन गरिएको नेम्पा अवार्डलाई अमेरिकाका तर्फबाट डि. ए. बि. एस. इन्टरटेन्मेन्टले सह आयोजक भएर आफ्नो भूमिकामा खेल्ने छ जस अनुरुप सोही कम्पनीको स्पोन्सरसिपमा फिल्मकर्मीहरुको भिषा प्रोसेस पनि सुरु भईसकेको छ ।

नेपाली फिल्म उद्योगमै पहिलो पटक फिल्मी अवार्ड आयोजना गर्ने संस्थाको रुपमा परिचित नेपाल चलचित्र संघले १२ बर्ष देखि यो अवार्डलाई निरन्तरता दिन पाएको थिएन तर संघमा निकै जुझारु निर्माता तथा  हल व्यवसायी प्रदीप कुमार उदयले नेतृत्व लिएसंगै चलचित्र संघको फेरी आफ्नो गति लिन सुरु गरेको हो ।  फाईल फोटो सौजन्य : मुभिमाण्डू डटकम

 

उत्कृष्ट तीनको मनोनयन  ।

१. उत्कृष्ट नृत्य निर्देशक
रामजी लामिछाने, चलचित्र तीन घुम्ती,   (फूल झैँ नरम……)
विक्रम स्वार, चलचित्र लूट २,           (ठमेल बजार…….)
कविराज गहतराज, चलचित्र राधा  (छपक्कै फूल……)
२. उत्कृष्ट संगीतकार
सुरेश गैरे, चलचित्र शब्द  (हरपल रुवाउँछ…….)
बसन्त सापकोटा, चलचित्र हाउ फन्नी (शिर मै शिर विन्दु…….)
राजनराज शिवाकोटी, छक्का पञ्जा  (पूर्व पश्चिम……………)
३. उत्कृष्ट गायिका
मीना निरौला,  चलचित्र लूट २ (ठमेल बजार………)
मिलन अमात्य, चलचित्र हाउ फन्नी (यो के हो…………)
अञ्जु पन्त, चलचित्र छक्का पञ्जा, (पूर्व पश्चिमंं…….)
४. उत्कृष्ट गायक
स्वरुपराज आचार्य, चलचित्र शब्द, (हरपल रुवाउँछ……)
युवराज चौलागाईँ, चलचित्र पलास, (तिमी साथ……..)
कालीप्रसाद बास्कोटा, चलचित्र पुरानो डुङ्गा (निर जैले………)
५.  उत्कृष्ट गीतकार
सुरेश प्राञ्जल,  चलचित्र बाटो मुनिको फूल २, (नरुने आँखा……..)
दयाराम पाण्डे, चलचित्र पलास (तिमी साथ हुँदा……..)
डा. कृष्णहरि बराल,  चलचित्र शब्द, (हरपल रुवाउँछ…..)
६. उत्कृष्ट छायाँकार
शैलेन्द्र डी कार्की, चलचित्र पुरानो डुङ्गा
पुरुषोत्तम प्रधान, चलचित्र छक्का पञ्जा
पुरुषोत्तम प्रधान, चलचित्र लूट २
७. उत्कृष्ट सम्पादक
निमेश श्रेष्ठ, चलचित्र पुरानो डुङ्गा
सुरेन्द्र पौडेल, चलचित्र लूट २
विपिन मल्ल, चलचित्र छक्का पञ्जा
८.  उत्कृष्ट लेखक
रामबावु गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा
प्रदीप भट्टराई, चलचित्र जात्रा
दीपकराज गिरी, चलचित्र छक्का पञ्जा
९.  उत्कृष्ट हास्य कलाकार
विपिन कार्की : चलचित्र लूट २
बुद्धि तामाङ्ग, :  चलचित्र छक्का पञ्जा
केदार घिमिरे : चलचित्र छक्का पञ्जा
१०. उत्कृष्ट खलनायक
सौगात मल्ल, चलचित्र लूट २
अनुप विक्रम शाही, चलचित्र किङ्ग
अर्पण थापा, चलचित्र बाटो मुनिको फूल २
११. उत्कृष्ट नव-अभिनेत्री
मरिस्का पोखरेल, चलचित्र के म तिम्रो होइन र
नम्रता श्रेष्ठ, चलचित्र गाँठो
श्रृष्टी श्रेष्ठ, चलचित्र गाजलु
१२. उत्कृष्ट नव-अभिनेता
सञ्जय गुप्ता, चलचित्र सफर
आर्यन अधिकारी, चलचित्र के म तिम्रो होइन र
आयुषमान देशराज जोशी, चलचित्र चपली हाइट २
१३.  उत्कृष्ट सह-अभिनेत्री
मेनुका प्रधान, चलचित्र पुरानो डुङ्गा
वर्षा राउत, चलचित्र छक्का पञ्जा
रीमा विश्वकर्मा, चलचित्र बाटो मुनिको फूल २
१४.  उत्कृष्ट सह-अभिनेता
माओत्से गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा
रवीन्द्र झा, चलचित्र जात्रा
सौगात मल्ल, चलचित्र डाइङ् क्यान्डल
१५.  उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की, चलचित्र छक्का पञ्जा
केकी अधिकारी, चलचित्र लभ सासा
श्रृजना सुब्बा, चलचित्र डाइङ् क्यान्डल
१६.  उत्कृष्ट अभिनेता
सौगात मल्ल, चलचित्र लुकामारी
दयाहाङ्ग राई, चलचित्र बीरविक्रम
विपिन कार्की, चलचित्र जात्रा
१७.  उत्कृष्ट निर्देशक
दीपाश्री निरौला, चलचित्र छक्का पञ्जा
रामबाबु गुरुङ्ग चलचित्र पुरानो डुङ्गा
प्रदीप भट्टराई, चलचित्र जात्रा
१८.  उत्कृष्ट चलचित्र
पुरानो डुङ्गा
जात्रा
छक्का पञ्जा

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*