NewsFilmy

छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक ( भिडियो )

अडियो र भिडियोको तालमेल नमिलेको प्रतिक्रिया !

  • July 21, 2017 3:59 pm
  • News FIlmy

chakka-panja 2

चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्रको पहिलो गीत टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत ‘ए दाजु’ सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर , प्रिन्स र अल्मोडाको संगीत तथा प्रिन्स र दीपकराज गिरीको शब्द छ । यस्तै गीतमा भने चलचित्रमा मुख्य कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालको अभिनय छ ।

तर सार्बजनिक गीतमा भने सकारात्मक प्रतिक्रिया भने देखिएको छैन युट्युबमा देखिएको कमेन्टलाई आधार मानेर भन्ने हो भने गीतलाई ७० % दर्शकले मन नपरेको प्रतिक्रिया दिएका छन् । कतिले यो सार्बजनिक गीतलाई सुर्के थैली र पुर्ब पश्चिमी रेल गीत संग तुलना गर्दै अडियो र भिडियोको तालमेल नमिलेको भनाई व्यक्त गरेका छन् ।

गीतलाई समाचार तयार पर्दा सम्म ५ लाख बढी दर्शकले अबलोकन गरिसकेका छन् । युट्युबमा सुर्के थैली र पुर्ब पश्चिमी गीतलाई भने १ करोड भन्दा धेरै पटक हेरिएको थियो । तर छक्का पन्जा २ को ‘ए दाजु’ लाई दर्शकले कत्तिको रुचाउने हुन् त्यो भने हेर्न बाकि छ ।

 

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ भने दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन छ । सोहि कार्यक्रममै ‘छक्का पन्जा’को टिमले पनौतीको एक गाउँका लागि एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*