NewsFilmy

Exclusive : यस्तै छ यहाँको चलन ! आयुषमान र परमिताको पनि ब्रेकअप 

आयुषको जीवनमा नयाँ युवती आएको आशंका

  • March 17, 2017 8:28 am
  • News FIlmy

Chapali height jodi, aayushmandeshraj

अनुप भट्टराई (फरक कोण)

यस्तै छ फिल्म नगरीको चलन । अन्तत :  झण्डै तीन बर्षे लामो प्रेम सम्बन्ध पश्चात हिरो आयुषमान देशराज श्रेष्ठ र हिरोइन परमिता राना बीचको सम्बन्धमा पनि पूर्ण विराम लागेको छ ।

न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार आयुष र परमिताको सम्बन्धमा पूर्ण विराम लागेको तीन हप्ता बढी भईसकेको छ ।

प्रेम चलिरहदा  आयुषको घरबाट बुहारीको जस्तो सम्मान पाएकी परिमताले त्यो सम्बन्ध टुक्रिएला भनेर जीवनमा कहिलै सोचेकी थिईन् तर जे सोचेकी थिईन त्यसको १ सय ८० डिग्रीको नयाँ कोण बाट घटनाहरु घट्न थालेपछि उनी र आयुष छुटिट्न बाध्य भएका हुन ।

बताईए अनुसार आयुषको जीवनमा नयाँ युवतीको प्रवेश भएपछि परमिताबाट उनी टाढा हुन पुगेका हुन  रे ।  सो बिषयमा हामीले आयुषलाई प्रश्न गरी बुझन् खोज्दा उनको फोन सम्पर्कमा आउन सकेन । उता परिमतालाई पनि हामीले फोन गर्यौ  र उनले जवाफ दिदै भनिन् ‘खै के हो कुरा आयुषलाई नै सोध्नुस्’  ।  यो जोडीले चपली हाईट २ मा पनि संगै स्क्रिन शेयर गरेका थिए जहाँ आयुष र परमिताको ब्रेकअप भएको रोचक स्टोरी पनि छ ।

अभिनयमा अब्बल आयुष र परमिता फिल्म ईन्डष्ट्रीमा भित्रिएका नयाँ कलाकार हुन जसको सोसल साईटहरुमा निकै राम्रो फ्यानफलोअरर्स छन् । तर विडम्बना धेरै फिल्मी जोडीहरुको सम्बन्ध टुटे जस्तै गरी उनीहरुको सम्बन्ध पनि नौविसे ओरोलो नपुग्दै टुटन पुगेको छ ।   तस्बिर सौजन्य : विष्णु शर्मा

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*