NewsFilmy

आखिर को हुन यी ब्यक्ति जोसंग ठूला सेलिब्रेटी नजिक भईरहेका छन् !

बन्दैछन् सेलिब्रेटीका पनि सेलिब्रेटी

  • January 3, 2017 4:56 am
  • News FIlmy

Anurag maan Singh Kunwar

न त उनी सक्रिय कलाकारनै हुन न उनी कुनै फिल्ममेकरका आफन्तनै पर्दछन् तर पनि फिल्म ईन्डष्ट्रीमा उनको सम्बन्ध हु ईज हु संग जोडिन पुगेपछि हामीले यो स्टोरी सार्वजनिक गर्ने निर्णय गरेका हौँ ।

करिब ७ बर्ष अघि के यो माया हो फिल्मबाट निर्देशक सुर्दशन थापाले अभिनयमा डेब्यू गराएका कलाकार अनुराग मान सिंह कुवँर त्यस्ता ब्यक्तिका रुपमा फिल्म ईन्डष्ट्रीमा चिनिन थालेका छन् जसको निकटता गौरी मल्ल देखि लिएर दीपाश्री निरौला दीपक राज गिरी संग मात्र हैन ईन्डष्ट्रीका हस्ती कमेडियन मह जोडी देखि न्यू जेनेरेशनका स्टारहरु सन्दीप क्षेत्री, वील्सन विक्रम राई तथा गौरव पहारी सम्म रहेको छ ।

madankrishna

हालै आयोजित आफ्नो जन्म दिने समारोहमा उनले निम्ता गरेका हु ईज हु को उपस्थिती आफैमा प्रसंनसनीय मात्र थिएन उनीहरुको निकटताले यी ब्यक्ति सेलिब्रेटीका पनि सेलिब्रेटीको रुपममा चिनिएका मात्र चिनिएका छैनन्  उद्योगका अर्को एक पावर सेन्टर समेत  बनिरहेछन् भन्ने दृश्य देखियो ।

Haribansha Acharya

साँझ परेपछि घर बाहिरको ईभेन्टमा नदेखिने मह जोडीले उक्त ईभेन्टमा नाच्न समेत भ्याए जो हत्तपत्त प्राईभेट ईभेन्टमा नाच्दैनन् थिए । हरिबंश नाच्दा उनकी श्रीमती रमिला पनि नाच्न पुगेकी थिईन ।

king new

dilip

समारोहमा गौरी मल्लले चाँहि चार वटा गीत गाएकी थिईन भने जुनु रिजाल, रामचन्द काफ्ले, चेतन सापकोटा र मदनकृष्णका छोरा यमनले केही गीत गाएर माहोललाई संगीत मय बनाएका थिए । वील्सन बिक्रम राईले एमसी गरेर ईभेन्ट ह्यान्डल गरेका थिए भने सन्दीप क्षेत्रीले सवैलाई ब्यग्य गर्दै ईभेन्टलाई हासोमय बनाएका थिए ।

sandeep deepa

समारोहमा संगीतकार शम्भूजीत बासकोटा , राजाराम पौडेल, किरण केसी, रमेश उप्रेती, उनकी श्रीमती किरण, पाईलट एवं गायक विकास राणा, कविता शर्मा, यम बराल, हिमाल सागर, प्रिति कौर, निर्देशक सुर्दशन थापा, सुदीप भूपाल सिंह, हिरोइन पूजा शर्मा, हिरो गौरव पहारी, अर्जुन जंग शाही, हल ब्यवसायी सुमित मैनाली देखि अभिनेता दीलिप रायमाझी समेत देखिए ।

Gauri Malla and Deepa

पृष्ठभूमि केलाउँने हो भने अनुराग मान सिंह कुवँर फिल्म मेकिङ गर्ने इच्छा राख्दै ईन्डष्ट्रीसंग नजिक हुन पुगेका ब्यक्ति हुन जसले के यो माया हो, फेसबुक, वडा नम्बर ६ र रातो घरमा आफूलाई भिलेनका रुपमा  प्रस्तुत पनि  गरेका छन् । पारिवारिक सम्बन्ध नरहेपनि उनी नीर शाह तथा किरण केसीका खास नजिकका ब्यक्तिका रुपमा चिनिन्छिन् भने अभिनेत्री दीपाश्री निरौलाले उनलाई धर्म दाईनै मानेकि छिन् ।

anurag maan singh and deepa

उनको थप पृष्ठभूमि केलाउँने हो भने उनी काठमाण्डौका रैथाने हुन जो अदृश्य रहेर निर्माताहरुलाई फिल्म बनाउँन फाईनान्स ( ऋण लगानी) समेत गर्दछन् । उनले मेरो लभ स्टोरी नामक फिल्ममा कार्यकारी निर्माताका रुपमा आफ्नो नाम समेत लेखाएका छन् भने नीर शाहको मसान, सेतो बाघ, सुनील रावलको होस्टेल, होस्टेल रिर्टन्स् र नयाँ फिल्म सायद २, वितेका पल, ताण्डवमा पनि ऋण लगानी गरेका छन् ।

haribansha

आखिर कसरी ठूला सेलिब्रेटीसंग अनुरागको निकटता भयो त हामीले कार्यक्रममा भेटिएका वील्सन विक्रम राईलाई सोध्यौ उनले माईकमै बोलिदिए धनको मात्र धनी हैन मनको पनि धनी भएकाले आफूहरुको सम्बन्ध अनुराग राजसंगको सम्बन्ध प्रगाड बनेको हो । उनका अनुसार अनुराग मान सिंह कुवँरसंग फिल्म मेकिङको टेक्निकल नलेज पनि छ जसकारण पनि सेलिब्रेटसंग उनको निकटता प्रगाड बन्दै गएको हो रे  ।

Sandeep cheetri and anuran

निकट भबिष्यमै पूर्ण रुपमा निर्माताका रुपमा आउँने तयारीमा रहेका अनुराग मान सिंह कुबँरले आफ्ना नजिकका सेलिब्रेटीसंग बर्थडे केक काट्नु
अघि दीपाश्री निरौला तथा संगीतकार चेतन सापकोटाका साथ बालाजुमा रहेको हिमालय बृद्धाश्रम पुगेर खाद्यान्न एवं लत्ताकपडा बाडेका थिए भने पेप्सीकोलामा रहेको सुशिला बाल संरक्षण केन्द्रका  बालिकासंग केक काटेर केही आर्थिक रकम सहयोग गरेका थिए ।

anurag

 

anurag

sud1

dilip

anuran

anuran

anuran

anuran

anurag

 

anurag

 

anuragpooza

 

anurag

sudarshan

anurag

anurag

anurag

anurag

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*