NewsFilmy

माघ ११ गते हुने भयो चलचित्र संघको चुनावी साधारण सभा :

हेटौंडामा हुने छ सभा

  • January 2, 2017 8:35 pm
  • News FIlmy

pradip-uday

हल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघको चुनावी साधारण सभा आउँदो माघ महिनाको दोश्रो साता हुने भएको छ ।

जानकारी अनुसार माघ ११ गते हेटौडा स्थित नारायणी मलमा रहेको सामना होटलमा संघको साधारण सभा हुनेछ ।

विगत ३ बर्षदेखि अध्यक्ष रहेका नकिम उद्दीनको कार्यकाल सकिन २ महिना अघिनै हुने  उक्त साधारण सभामा यस पटक प्रदीप कुमार उदयलाई निर्विरोध नेतृत्व हस्तानतरण गर्ने आन्तरिक तयारी समेत भएको छ । यदि कुनै बाधा र अडचन नआए उदयलाई नेतृत्व हस्तानतरण गर्न अहिलेको कार्यसमितिका धेरै सदस्य सहमत समेत रहेको बुझ्नमा आएको छ । यस्तै सम्भावनाका ढोकाहरु बलियो भएमा उदयको नेतृत्वमा आउँने सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन गर्ने रणनीति बुनिएको छ ।

 

king new
तर वहालवाला अध्यक्ष उद्दीनको कार्यकाल सकिनु भन्दा दुई महिना अघि हुने साधारण सभाले नयाँ अध्यक्ष चयन गरेपनि नव अध्यक्षले आफ्नो कार्यभार सम्हाल्ने मौका चाँहि चैत्र महिनामा पछि मात्र पाउँने छन् । एक सदस्यका अनुसार चलचित्र संघले लायन्स र जेसिसको शैलीमा यस पटकको निर्वाचन प्रणालीलाई अघि बढाउँने निर्णय गरेको छ जसका लागि नयाँ अध्यक्षले आफ्नो कुर्सी सम्हाल्ने मौका उद्दीनको पूर्ण कार्यकाल सिध्धिएपछि मात्र पाउँने छन् ।
विगत २६ बर्षदेखि फिल्म नगरीमा सक्रिय रहेका प्रदीप कुमार उदय प्रर्दशक एवं वितरकका रुपमा मात्र चिनिदैनन उनी निर्माताका रुपमा समेत चिनिन्छन् । उनका पिता द्धारिका उदय पनि एक समयका चल्तीका वितरक थिए जो चलचित्र संघको नेतृत्वमा समेत पुगेका थिए ।

वितरक  सदस्य नरेन्द्र   महर्जनको संयोजकत्वमा हुन संघको साधारण सभाका लागि चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियलाई मुख्य निर्वाचन अधिकृत तथा कलाकारसंघकी महासचिव सरिता लामिछाने र अधिवक्ता सूर्य विमलीलाई निर्वाचन अधिकृतका रुपमा चयन गरिएको छ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*