NewsFilmy

नेफ्टा अवार्डमा प्रेम गीतलाई धेरै अवार्ड :  दुवईमा भएको थियो कार्यक्रम

संगीतका ५ मध्ये ४ विधामा बाजी मार्‍यो

  • December 24, 2016 8:54 am
  • News FIlmy

nefta dubai

शुक्रबार साँझ दुवईमा सम्पन्न भएको नवौं संस्करणको नेफ्टा फिल्म अवार्डमा प्रेम गीतले सर्वाधिक अवार्ड जित्न सफल भएको छ ।

भब्य शैलीमा आयोजित समारोहमा प्रेम गीतको चर्चित गीत म यस्तो गीत गाउँछुबाटै संगीतकार अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड उचाले भने सोही गीतबाट रेनाशा राईलाई उत्कृष्ट कोरियोग्राफ तथा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्त उत्कृष्ट पाश्र्व गायनमा परिन ।

पपुलर सहित ३१ विधामा बाडिएको अवार्ड समारोहमा प्रेमगीतले संगीतका चार विधा बाहेक उत्कृष्ट ड्रेस्स  डिजाईन युवी थापा र हिरोइन पूजा शर्मालाई पपुलर हिरोइनको अवार्ड प्रदान गरियो । यस्तै संगीतकै अर्को एक मुख्य विधा गीतकारको अवार्ड चाँहि नाईँ नभन्नू ल ४ को मलाई माग्ने बनायौं गीतका लागि डा. कृष्णहरी बराललाई प्रदान गरियो ।

pooja sharma

कार्यक्रममा फन्को, पशुपति प्रसाद र वडा नम्बर ६ ले ३ – ३ विधामा आवर्ड प्र्राप्त गर्न सफल भए । पशुपति प्रसादले सम्बाद, खलनायक र बेष्ट फिल्मको अवार्ड पायो भने वडा नम्बर ६ ले निर्देशक, कला निर्देशक र संगीत संयोजन को अवार्ड प्राप्त गर्न सफल भयो । यस्तै फन्कोले स्क्रिनप्ले, सम्पादन र ब्यागराउन्ड म्यूजिकको अवार्ड जित्न सफल भयो ।

namrata shrestha

अभिनेता तर्फको अवार्ड चाँहि कबड्डी – कबड्डीबाट दयाहाङ राईलाई दियो भने नम्रता श्रेष्ठले सवै अवार्डमा जस्तै यो अवार्डमा पनि  क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन । यस्तै नव अभिनेता तर्फ पल शाहले नाईँ ल ४ बाट अवार्ड उचाले भने सामराज्ञी राज्य लक्ष्मी शाहले पनि अन्य अवार्डमा जस्तै यस अवार्डमा पनि नव अभिनेत्रीको अवार्ड उचालिन ।

king- ad for

samragee

करिब २५ सय दर्शकको उपस्थितीमा सम्पन भएको कार्यक्रममा नेफ्टाले २०३७ साल देखि निरन्तर रुपमा कलाकारहरुको किचन डिपार्टमेन्ट हेरेर योगदान दिएको भन्दै कुल बहादुर महत (जेठा दाई )   र स्थल सहयोगी भएर विगत २५ बर्षदेखि फिल्म उद्योगमा योगदान पुर्याएको सम्मान स्वरुप आन्द बहादुर गुर्माछाने मगर (नन्दु) लाई जनही २५ हजार सहित लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । जुन सम्मान प्रदान गर्दा उपस्थित सेलिब्रेटीहरु निकै खुसी देखिएका थिए ।

samman nefta duabi

कार्यक्रममा नेपालको पहिलो फिल्म आमाका तीन अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवि सिंहलाई स्वर्णिम सम्मान प्रदान गरियो । प्रोत्सान सम्मान चाँहि छक्का पञ्जाबाट डेब्यू गरेकी निर्देशक दीपाश्री निरौलालाई प्रदान गरियो ।
arjunpokharel
विशेष सम्मान चाँहि कलाकारितामा रहेर पनि ठूलो समाज सेवा गरेर फिल्म उद्योगको समेत ईज्जत बनाएको भन्दै धुर्मुस् सुन्तलीलाई प्रदान गरियो । यसैगरी मध्यपूर्वमा नेपाली फिल्महरुको बजार खोजी खोजी बजार विस्तार गर्न सहयोग गरेको कम्पनी कन्सेप्ट भिजन फिल्मस् प्रोडक्सन एण्ड र डिष्टीब्यूस्न कम्पनीका सालिक सुबेदी, राजन अधिकारी र अनिश सिंह ठकुरीलाई  पनि नेफ्टाले विशेष सम्मानले सम्मान गरेको छ ।

malina
नवौं संस्करणका रुपमा यस बर्ष दुवईमा सम्पन्न भएको नेफ्टा अवार्डको हाई क्लाश ब्यवस्थापन र कलाकारहरुको स्टेज प्रस्तुतीले सवै भन्दा ठूलो प्रसंसा पाएको छ भने रिजल्टमा केही असन्तुष्टी र   कार्यक्रम हलमा देखिएको प्राविधिक कमजोरी (साउन्ड) ले केही  गसिप गर्ने बाटो बनाईदिएको छ ।

dhurmus

उपस्थित १ सय २० फिल्मकर्मी मध्ये दीपराज गिरी, निर्माता प्रदीप उदय र नीर शाहको आधिकारिक भनाईलाई यहा उद्रित  गर्ने हो भने विगतमा विदेशमा भएका नेफ्टा अवार्ड मध्ये यस पटकको ब्यवस्थापन निकै प्रंसनसनीय थियो ।

pradip k udaya

यस पटकको नेफ्टा अवार्डलाई मुख्य आयोजक चलचित्र प्राविधिक संघ, स्पेक्ट्रम एडभरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्ट प्रा.लि.  र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एण्ड डिष्ट्रीब्युटर्स प्रा.लि.  ले संयूक्त रुपमा मिलेर अयोजना गरेका हुन ।

chaitya devi

jebi-copy
यस्तो छ नेफ्टा अवार्डको नतिजा

 

उत्कृष्ट फिल्मः (पशुपतिप्रसाद)

उत्कृष्ट निर्देशकः उज्जल घिमिरे (वडा नम्बर ६)

उत्कृष्ट कथाः रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड् कबड्डी)

उत्कृष्ट पटकथाः सुवर्ण थापा (फन्को)

उत्कृष्ट संवादः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

उत्कृष्ट अभिनेताः दयाहाङ राई, ‘कबड्डी कबड्डी)

उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)

उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान, (नाई नभन्नु ल ४)

उत्कृष्ट सम्पादनः विपिन मल्ल, (फन्को)

उत्कृष्ट सह अभिनेताः प्रकाश घिमिरे (पशुपतिप्रसाद)

उत्कृष्ट सह अभिनेत्रीः निश्मा घिमिरे (जन्मभूमी)

उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत

उत्कृष्ट कोरियोग्राफरः रेनशा वान्तवा राई (प्रेमगीत)

उत्कृष्ट गीतः डा. कृष्णहरी बराल (नाई नभन्नु ल ४)

उत्कृष्ट गायकः सुगम पोखरेल (प्रेमगीत)

उत्कृष्ट गायिकाः अञ्जु पन्त (प्रेमगीत)

हाँस्य कलाकारः विल्सन विक्रम राई (अधकट्टी)

खलपात्रः विपिन कार्की (पशुपतिप्रसाद)

नव अभिनेत्रीः साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स)

नव अभिनेताः पल शाह (नाई नभन्नु ल ४)

आदिवासी फिल्मः ‘तिमी नभए’

पार्श्व संगीतः सुजिल कर्माचार्य (फन्को)

ध्वनी मिश्रणः उत्तम न्यौपाने (धौली)

एरेञ्जरः राजन ईशान्त (वडा नम्बर ६)

द्वन्द्व निर्देशकः हिमाल केसी (भैरव)

कला निर्देशनः पासाङ टी शेर्पा (वडा नम्बर ६)

भेषभुषाः युवी थापा, योगिता पुनः (प्रेमगीत)

श्रृङ्गारः दिपु पौडेल (को आफ्नो)

पपुलर अभिनेताः अनमोल केसी (ड्रिम्स)

पपुलर अभिनेत्रीः पूजा शर्मा (प्रेमगीत)

पपुलर फिल्मः (ड्रिम्स)

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*