NewsFilmy

नेफ्टा अवार्डमा आएका धुर्मुस् लाई ४५ लाखको सहयोग प्राप्त ! अब मुसहर बस्ती निर्माण हुने

कोइरालाको मन जित्दा यस्तो भयो

  • December 23, 2016 2:14 pm
  • News FIlmy

dhurmus suntali prakash koirala

भूकम्प प्रभावितहरुका लागि दुई वटा नमुना बस्ती बनाएर निकै लोकप्रियता हासिल गरेका कलाकार जोडी धुर्मुस् सुन्तली फाउन्डेसनको नयाँ प्रोजेक्टका लागि अचानक ४५ लाख सहयोग प्राप्त भएको छ ।

विगत आठ बर्ष देखि कतारमा व्यवसाय गर्दै आएका व्यवसायी एवं समाजसेवी प्रकाश कोइरालले धुर्मुस सुन्तलीलाई खोज्दै दुवई स्थित नेफ्टा अवार्ड समारोह सम्म आईपुगेपछि उक्त फाउन्डेशनमा आधा करोड सहयोग प्राप्त भएको हो ।

दिईएको जानकारी अनुसार आज शुक्रबार मात्रै प्रकाश कोइराला एक्लैले ४० लाख र दुवई स्थित बागमती जनरल ट्रेडिङ एल.एल.सी.को (पसल) उद्घाटन समारोहमा ५ लाख १ हजार रकम धुर्मुस् सुन्तली फाउन्डेसनको नयाँ प्रोजेक्टका लागि प्राप्त भएको हो ।

dhurmus suntali prakash koirala

‘प्रकाश जिले यस अघिको गीरानचौर एकिकृत नमूना बस्ती बनाउँनका लागि पनि ६ लाख क्याश र ३ लाख ३५ हजार बराबारको विविध सामग्री दिएर ठूलो सहयोग गर्नु भएको थियो तर अचानक हामी यहाँ दुवईमा छौं  भनेर उहाँ खोज्दै यहाँ आउँनु भएछ र यो ठूलो बजेटको सहयोग पुनः पाएका हौ ।’  न्यूज फिल्मीसंग कुराकानी गर्दै धुर्मुस् ले   भनेका छन् ।

king- ad for

यस्ता उता ब्यवसायी एवं समाजसेवी प्रकाश कोइरालाले चाँहि धुर्मुस् सुन्तलीले यस अघिको गिरानचौर प्रोजेक्टलाई सहि सदुपयोग गरेको देखिएका कारण आफूले पुन :  सहयोगको हात अघि बढाएको बताएका छन् । कोइराला कतार स्थित लुजर्न कन्ट्राटिङ एण्ड जनरल क्लिनिङका कार्यकारी अध्यक्ष हुन जसले विगत पाँच बर्षदेखि नेपालमा बर्षेनि १५ लाख सम्मको रकम विभिन्न समाजिक सेवामा खर्चिरहेका छन् ।

dhurmus suntali mushar basti

महोत्तरी बर्दिवासमा रहेका मुसहर समुदायका ब्यक्तिहरुका लागि ५० वटा घरको एकृकित बस्ती बनाउँने योजना अनुरुप धुर्मुस् सुन्तली फाउन्डेशनले   तेश्रो प्रोजेक्ट  पनि  सुरु गरिसकेको छ जसका लागि ४ करोड ७८ लाख लागत लाग्ने फाउन्डेशनले जनाएको छ ।

दोश्रो प्रोेजेक्ट गीरानाचौर एकिकृत बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख रकम सहित आज संकलन भएको ४५ लाख रकमले निर्धारित समयमै यो प्रोजेक्ट पनि सम्पन्न हुने संकेत देखिएको फाउन्डेशनकी कोषाध्यक्ष कुन्जना घिमिरे सुन्तलीले जनाएकी छिन् ।

नेफ्टा अवार्डको नवौं संस्करणमा सहभागी हुनका  लागि गत बिहिबार दुवई आएका धुर्मुस् सुन्तलीले यो रकम पाएँसंगै नेपालमा गएर मुसहर बस्तीको निर्माणको गति बढाउँने प्रतिबद्धता समेत जनाएका  छन् । अवार्ड समारोह चाँहि स्थानिय समय अनुसार बेलुकी साढें ६ बजेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*