NewsFilmy

एयरपोर्टमा पल शाहको यस्तो क्रेज : नेफ्टा अवार्डमा जाँदा त्यस्तो देखियो

दिउँसो ७३ जनाको टोली उड्यो राति ५० जना उड्दै

  • December 22, 2016 1:42 pm
  • News FIlmy

nefta dubai

समय बदलिएछ सायद । त्यहि भएर होला पूराना पपुलर फेस भन्दा नयाँ फेस प्रति दर्शकले चासो बढाउँन थालेको ।

हो यस्तै दृश्य आज त्रिभुवन अन्र्तराष्ट्रिय  विमानस्थलमा देखियो जहाँ चलेका स्टारहरुको भीडमा नयाँ स्टार पल शाहको क्रेज अलि भिन्नै देखिन्थ्यो । चकलेटी पलले जव नाईँ नभन्नू ल ४ बाट डेब्यू गर्ने मौका पाए त्यो बेलादेखि उनको चर्चा रंगनगरीमा थप चुलिएको मात्रै छैन उनी ठूला- ठूला प्रोजेक्टमा समेत अनुबन्ध भएर आफूलाई विकाउ कलाकारको रुपमा परिचित  बनाउँदैछन्।

pal-shah

यूएईको दुवई शहरमा भोलि साँझ हुन लागेको नवौं नेफ्टा अवार्डमा सहभागी हुन जाने क्रममा पललाई एयरपोर्टमा टिनेजर्स युवा युवतीले निकै छोपे । उनले एक क्लिक मात्र हैन सयौ सेल्फी र वीफी पोज फ्यानहरु संग दिन    पर्‍यो  ।

pal shah

nikhil

७३ जनाको जम्बो टोलीका साथ यूएई प्रथान गर्ने क्रममा  आर्यन सिग्देल, केकी अधिकारी, सामराज्ञी राज्य लक्ष्मी शाह, नाजिर हुसेन, अनुपविक्रम शाही र मलिना जोशीका पनि फ्यानहरु निकै देखिए जसले उनीहरुसंग विभिन्न मुडका फोटो कैद गरे ।

 

नेफ्टाका निर्वतमान अध्यक्ष मनोज केसीको नेतृत्वमा दुवई प्रस्थान गरेको उक्त पहिलो टोलीमा माथि उल्लेखित  बाहेक निखिल उप्रेती, संचिता लुइँटेल, भूवन चन्द,चैत्य देवि दीपकराज गिरी, सरिता लामिछाने,करिश्मा मानन्धर, बसुन्धरा भुषाल, पूजा शर्मा, बेनिशा हमाल, नम्रता सापकोटा , माला लिम्बु, गायक युवराज चौलागाई,  निर्देशक उज्वल घिमिरे, दिनेश राउत, बिकास आचार्य, सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान, नाजिर हुसेन, छुल्ठिम गुरुङ , शंकर विसी, दिनेश डिसी, एलिश कार्की, सहित डिआईजी नवराज सिलवाल पनि देखिए ।

 

नेफ्टाका अध्यक्ष पुष्कर लामाका अनुसार डिआईजी सिलवाललाई विशेष अतिथिका रुपमा नेफ्टा आवर्डमा उपस्थित गराईनेछ ।

dig nabaraj silwal

आजको पहिलो लटमा ७३ जनाको टोली बाहेक राति ११ बजेको फ्लाईटबाट पत्रकार सहित ५० जना प्राविधिक एवं फिल्मकर्मीको टोली दुवईका लागि प्रस्थान गर्दैछ । दिउँसो कलाकार एवं जुरी सदस्यहरुलाई विदाई गर्न नेफ्टाका अध्यक्ष पुष्कर लामाले विमान स्थल पुगेका थिए ।

Aaryan sigdel

उनका अनुसार अवार्डको भब्यताले निकै हर्षित बनाएको छ । लामाले अवार्डमा उपस्थित हुनका लागि दुवईमा रहेका नेपाली दर्शकले उल्लेखनीय चासो देखाएको र विक्रिका लागि राखिएको टिकट सोल्ड आउँट हुन सक्ने सम्भावना पनि देखिएको छ ।

nefta-in5

यूएईको आर्थिक राजधानीमा हुन गईरहेको यस पटकको नेफ्टा अवार्डलाई दुवई तर्फ  होस्ट अर्गनाइजरका रुपमा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एण्ड डिष्ट्रीब्युटर्स प्रा.लि.का सालिक राम सुबेदी, राजन अधिकारी र अनिश सिंह ठकुरीले नेतृत्व लिएका छन् भने नेपाल तर्फबाट को अर्गनाईरका रुपमा स्पेक्ट्रम एडभरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका प्रमुख कार्यकारी राजकुमार भट्टराईले नेतृत्व लिएका छन् । भोलि साँझ हुन गईरहेको नेफ्टा अवार्ड समारोह  चाँहि दुबईको अल्नासर लिजरल्याण्डको स्पोर्टस् एवं ईन्टरटेन्मेन्ट हलमा हुनेछ ।

nefta-in4

nefta-in1

malina joshi

samragee

keki and your

samragee

nefta

 

 

kaki

rohit

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*