NewsFilmy

एकै पटक ५० बढी सेलिब्रेटी र्‍याम्पमा उत्रिदै : भुवन केसी देखि आयुषमान सम्म

भुवन चन्द देखि स्वेता खड्का सम्म पनि

  • December 19, 2016 7:10 pm
  • News FIlmy

run

सम्भवत : यस प्रकारको ईभेन्ट पहिलो पटक हुँदैछ नेपालमा । जहाँ ५० भन्दा बढी फिल्मी सेलेब्सले एकै साथ याम्प नाप्दैछन् ।

अभिनेत्री गौरी मल्ल र निर्माता पुनम गौतमको कम्पनी पुनम ईन्टरटेन्मेन्टले एक सामाजिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्य स्वरुप आयोजना गर्न गरिन लागिएको कार्यक्रम ‘De Celebrity Runway’  मा अभिनेता भुवन केसी देखि लिएर पछिल्लो पुष्ताका उदाउदा स्टार आयुषमान देशराज जोशी सम्म छन् ।

यहि पौष १४ गते साँझ होटल अन्नपूर्णमा हुन गईरहेको उक्त कार्यक्रममा पुरुष कलाकार तर्फ भुवन केसी,सरोज खनाल, निखिल उप्रेती, अर्जुन जंग शाही, कृष्ण मल्ल, धिरेन शाक्य, दीपकराज गिरी, निर्मल शर्मा, चाईल्ड स्टार अनुभव रेग्मी,गौरव पहारी, पुष्पल खड्का, नाजिर हुसेन सहित बरिष्ठ निर्देशक तुलसी घिमिरे सम्मका सेलिब्रेटी देखिनेछन् ।

king- ad for

यस्तै फिमेल सेलिब्रेटी तर्फ चाँहि नेपालको पहिलो अभिनेत्री भुवन चन्द सहित उनकै समकालिन अभिनेत्रीहरु चैत्यदेवि, बसुन्धरा भुषाल, लक्ष्मी गिरी तथा नयाँ पुस्ताबाट बर्षा राउत, श्रृष्टी श्रेष्ठ, मरिष्का पोखरेल, दर्पण छायाँ -२ बाट डेब्यू गरेकी साहारा कार्की, सुरक्षा पन्त, परमिता राज्य लक्ष्मी राना, चाँदनी शर्मा, अशिष्मा नकर्मी, केकी अधिकारी, रिमा विश्वकर्मा, ऋचा शर्मा, सुष्मा कार्की  एवं सवैको नजरमा बस्न सफल स्वेता खड्का , दीपाश्री निरौला, संचिता लुइँटेल लगायत सरिता लामिछाने, रुपा राना एवं शर्मिला मल्ल सम्म देखिनेछन् ।

runway

१५ जना दृष्टीविहिनहरुको सामाजिक एवं आर्थिक स्तर बढाउँने उद्देश्यले आयोजना हुन लागेको उक्त शोमा भारतका चर्चित फ्याशन  डिजाईनर विशाल कपुरको टिमले तयार पारेको पहिरनका साथ सेलिब्रेटीहरु  र्‍याम्पमा उत्रिने कार्यक्रम संयोजक समिर धौगोडाले जानकारी  दिएका छन् । उनका अनुसार यो फेसन शोलाई विश्व चर्चित वल्र्ड फेसनले समेत मान्यता दिएको छ ।

यस्तै आयोजक मध्येकी एक पुनम गौतमका अनुसार फेसन वल्र्ड र फिल्मलाई अलग अलग दृष्टीकोणले हेरिरहेको अवस्थामा सो दुई विधाको खाडल पुर्न यस्तो ईभेन्टको डिजाईन गरिएको  हो।  फेसन डिजाईनर समेत रहेकी गौतमले भनेकि छिन् ‘एकातिर सामाजिक कार्य पनि हुने अर्को तर्फ मोडलिङ फिल्डका ब्यक्ति र फिल्म क्षेत्रका सेलिब्रेटीबीचको दुरी पनि घट्ने जसले फेसन वल्र्ड र फिल्म वल्र्डलाई माथि पुर्याउने सहयोग गर्नेछ । ‘ उनका अनुसार फेसन वल्र्डबाट पनि दश जना भन्दा बढीको संख्यामा मोडलहरुले फिल्मी सेलेब्स संगै  र्‍याम्प नाप्ने छन् ।

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*