NewsFilmy

फिल्म ‘डायरी’को आईटम नम्बरको गीत रिलिज : राम्रो बनाउँने प्रयाश देखियो

रेखाले खेलेकी छिन् भिलेनको रोल

  • December 18, 2016 8:13 pm
  • News FIlmy

dairy

रेखा थापालाई पहिलो पटक भिलेनको रुपमा उतारिएको फिल्म डायरीको आईटम नम्बरको गीत रिलिज भएको छ ।

प्रोडक्सन भ्यालु रिच देखाउँदै तयार भएको गीत हेर्दा र सुन्दा दुवै दृष्टीकोणले राम्रो बनाउँने प्रयाश भएको हाम्रो सार समीक्षा छ ।

आउँदो चैत्र ११ देखि प्रर्दशनमा आउँने फिल्ममा रेखा थापालाई जर्वजस्त भिलेनको रुपमा देखाईएको छ भने मुख्य अभिनेत्रीमा छुल्ठिम गुरुङ र मुख्य अभिनेताको रोलमा नयाँ अनुहार सन्नी सिंहले अभिनय गरेका छन् ।

सार्वजनिक गीतमा छुल्ठिमले बार गर्लका रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् भने उक्त डान्स हेर्न भिलेन रेखा थापा पुगेको सिक्वेन्स देखार्ईएको छ । ‘पैसा न कौडी बजार बजार दौडी… ‘ यो शब्द गीतको मुख्य मरुदण्ड बन्न गएको छ जसकारण यो गीत हेर्ने र सुन्ने दर्शक एवं श्रोताले उक्त लाईनलाई टेकेर गीत गाउँन सक्छन् भन्ने हाम्रो ठम्याई रहेको छ ।

king- ad for

पर्याप्त मात्रामा डान्सर, खिचाईमा खुलापन र कोरियोग्राफीमा शालिनता देखिएका कारण  गीतमा सामान्य कमि कमजोरी देखेपनि न्यूज फिल्मीले यो गीतलाई राम्रै गीतको कोटीमा राख्दछ । फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका हुन जो फिल्म नगरीका लागि नयाँ निर्देशक हुन । हेर्नुस् गीत

 

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*