NewsFilmy

COUNTER NEWS :  ब्यायफ्रेण्ड हैन भन्ने तर तस्बिर चाँहि यस्तो भेटियो साम्राज्ञीको

यस्ता छन् अन्तरंग तस्बिर

  • December 8, 2016 2:46 pm
  • News FIlmy

samragee-and-mayank

अनुप भट्टराई (फरक कोण)

हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाहले ब्यायफ्रेण्डको बिषयमा सार्वजनिक भएको समाचारलाई खण्डन गर्ने प्रयाश गरे पनि उनले ब्यायफ्रेण्डसंग खिचेका केही अन्तरंग तस्बिरहरुलाई न्यूज फिल्मीले फेला पार्न सफल भएको छ ।

काउन्टर न्यूजका रुपमा प्रस्तुत गर्न लागिएको यी तस्बिरहरुले अझ के पुष्टी गर्छ भने उनीहरु गहिरो प्रेममा छन् । गत साता मात्र न्यूज फिल्मीले एक्सक्लुसिभ रुपमा साम्राज्ञीको ब्यायफ्रेण्डको बिषयमा तस्बिर सहित समाचार सार्वजनिक गरेको थियो त्यस पश्चात सो समाचार मिडियामा भाईरल भएसंगै साम्राज्ञीले पनि आफ्नो भिडियो अन्र्तवार्ताहरुमा ब्यायफ्रेण्डको आरोप लागेका मयंक खड्का आफ्नो नजिकको साथी मात्र रहेको भनी सार्वजनिक समाचारलाई खण्डन गर्ने प्रयाश गरेकी थिईन् ।

samragee rl shah exclusive

तर पुनः एक्सक्लुसिभ रुपमा हामीलाई प्राप्त भएका यी अन्तरंग तस्बिरहरुमा साम्राज्ञीले मयंकको गालामा किस गर्ने प्रयाश मात्र गरेकी छैनन् अर्को एक तस्बिरमा मंयकले पनि साम्राज्ञीको निधारमा माया गरेका छन् । यस्तै अर्को एक तस्बिरमा नियालेर हेर्नु हुन्छ भने त्यहाँ तपाईले देख्न सक्नु हुन्छ साम्राज्ञीले HIS  (उसको) र मंयकले HER  (उनको ) भनी एक अर्कालाई समिर्पत गरिएको टिर्सट समेत लगाएर तस्बिर खिचेका छन् ।

गत साता न्यूज फिल्मीले ब्रेक गरेको समाचार यस्तो थियो  पढ्नका लागि तलको हेडलाईनमा क्लिक गर्नुहोस् 

  Exclusive : यीनै हुन हिरोइन साम्राज्ञीको ब्यायफ्रेण्ड :  बर्थडेमा सार्वजनिक भयो फोटो

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*