NewsFilmy

सिक्किममा आज हुँदै ईनाश अवार्ड : निरुता देखि राजेश हमाल दम्पती सम्म (फोटो फिचर)

मनिषा, डेनि र विनोद प्रधानको विशेष उपस्थिती हुने

  • November 9, 2016 9:33 am
  • News FIlmy

profile

भारतको सिक्किम स्थित गान्तोक शहरमा आज साँझ हुन गईरहेको चौथो ईनाश नेपाली फिल्म अवार्डमा सहभागी हुन निरुता सिंह देखि लिएर राजेश हमाल दम्पती समेत उपस्थित भएका छन् ।

ईनाश ग्लोबलका पदाधिकारी सहित नेपालबाट आएका करिब १ सय ३० फिल्मकर्मी र पत्रकाहरुको लिष्ट हेर्दा आर्यन सिग्देल देखि लिएर नीर शाह, करिश्मा मानन्धर, दीपाश्री निरौला, दीपकराज गिरी, धुर्मुस सुन्तली संचिता लुइँटेल, पवित्रा निरौला, नाजिर हुसेन, संगीतकार अर्जुन पोखरेल, राजनराज शिवाकोटी, महेश खड्का, निर्देशक दिनेश राउत, निरक पौडल, निकिता पौडेल, निर्माता सुवास गिरी, वितरक गोपाल काजी कायस्थ एवं कान्तिपुर साप्ताहिका प्रधान सम्पादक सुवास ढकाल, पूर्व मिस नेपाल सुगारिका केसी, सम्झना उप्रेती रौनियार, विकास रौनियार, छाँयाकारद्धय पुरुषोत्तम प्रधान सञ्जय लामा लगायत छन् । उता ग्लोबल ईनाशका तर्फबाट ग्लोबल अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल , मनिष कुमार श्रेष्ठ, राधी क्षेत्री, रमेश त्वयना, साबु गदाल कार्की, सोफिया महर्जन, अर्जुन खरेल लगायत छन् । अवार्ड समारोह साँझ ४ बजे देखि गान्तोक स्थित मन केन्दको हलमा हुँदैछ ।

uttam pradhan deepakraj giri

यतैका चर्चित अभिनेता एवं चलचित्र बिकास बोर्ड सिक्किमका अध्यक्ष उत्तम प्रधान, बरिष्ठ संगीतकार रनजीत गजमेर तथा चर्चित अभिनेत्री रञ्जु लामिछाने र निरुता सिंह भेटघाट हुँदा फिल्मकर्मीहरु निकै हर्षित बनेका छन् । अवार्ड आयोजक उत्तम प्रधानले नेपाल बाट आएका फिल्मकर्मीहरुलाई विशेष स्वात गर्दै माझिटार स्थित सुन्दर रिसोर्टमा ककटेल पार्टी दिएका थिए । साँझ हुने अवार्डमा केही नेपाली फिल्ममा अभिनय समेत गरेका बलिउडका हस्ती कलाकार डेनी, र मनिषा कोइराला सहित छायाँकार विनोद प्रधानको विशेष उपस्थिती हुँदैछ । माझिटार स्थित सुन्दर रिसोर्टमा भएको पार्टीको केही दृश्य

nir shah and ranjit gajmer

rajesh

sanchita and pabitra

radhi chhetri

gopal kayastha

krishna hari baral

 

kamal rai and niruta singh

nikita poudel and nirak poudel

aaryan and deepa

sanchita luitel and ranzig gamer

Tulashi Ghimire and niruta singh

arjun pokharel and samipya timelsina

dhurmus suntali

 

niruta singh

yam baral and ranjit gamerranju

sabu gadal and nir shah and tulsi ghimire

kamala dahal and uttam pradhan

ramesh

tika

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*