NewsFilmy

सेलिब्रेटीले सेलिब्रेटीलाई राखिदिएँ यस्तो नाम : करिश्मा गोदावरी भुवन केसी डिंगो

दीपकलाई जोगी दीपालाई फोरम

  • August 11, 2016 7:03 pm
  • News FIlmy

profile pic of celebs1

अनुप भट्टराई (फरक कोण)

अन्यथा भएमा या कसैको अपमान भएमा हामीलाई माफ गर्नुहोला तर  फिल्म नगरीमा सेलिब्रेटीहरुलाई उनीहरुका साथीभाईहरुले माया र ब्यग्य दुवै संयोजन गरेर बोलाउँने नामलाई आज हामी तपाईहरु समक्ष दूधको दूध पानीको पानी जसरी सार्वजनिक गर्ने प्रयाश गर्दैछौ ।

यो लिष्टमा बरिष्ठ फिल्मकर्मी नीर शाह देखि लिएर संगीतकार शम्भूजीत बासकोटा, भुवन  केसी, किरण केसी, निर्माता छवि ओझा, अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल, रेखा थापा, प्रियंका कार्की , ऋचा शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, वील्सन विक्रम राई , धुर्मुस् , अभिनेता आर्यन सिग्देल लगायतका न्यू जेनेरेशनका हिरो संयम पुरी र हिरोइन बर्षा राउत सम्मलाई उनीहरुका साथीभाईहरुले बोलाउँने नाम खोजेर हामीले यो स्टोरी तयार गरेका हौ । आउँनुस् पढ्नुस् कुन सेलिब्रेटीलाई के नामले बलाउँछन् उनीहरुका साथी भाई।

नीर शाह :  नीर राजा
नीर शाह फिल्म नगरीका सवै भन्दा सिनियर फिल्म मेकर । उनी राज परिवारका सदस्यका रुपमा परिचित भएका कारण उनलाई बर्षौ अघि देखि नीर राजा भनेर फिल्मकर्मीहरुले सम्बोधन गर्दै आएका छन् जुन क्रम आजको दिन सम्म पनि जारी छ ।

शम्भूजीत बासकोटा:जीतबाबु
नेपाली फिल्म संगीतका एक मेरुदण्ड संगीतकार शम्भूजीत बासकोटालाई उनका साथीभाईहरुले जीतबाबु भनेर सम्बोधन गर्दछन् । विशेष गरी समकालिन फिल्मेकरहरु नीर शाह, राजेश हमाल लगायतका सेलिब्रेटीले उनलाई जीतबाबु भनेर बोलाउँने गर्दछन् ।

भुवन केसी : डिंगो
भुवन केसीको सवै भन्दा प्रिय पहिरन जुत्ताबाट उनको नाम डिंगो रहन गएको हो । जस्तो सुकै गरिवको रोल किन नहोस वा जस्तो सुकै सामान्य समारोह किन नहोस भुवन केसी सधै डिंगो जुत्ताको साथमा उपस्थित हुने हुँदा उनका साथीभाईहरुले डिंगो नामाकरण गरिदिएका  हुन ।

करिश्मा मानन्धर :  गोदावारी
करिश्मा मानन्धर राजधानीको ललितपुर स्थित गोदावरी बस्नु र उनको सुन्दरताको प्रतिक पनि गोदावरी फुल जस्तै भएको भन्दै उनका साथीभाईहरुले आजकाल उनलाई गोदावरी भनेर सम्बोधन गर्दछन् । आम जनताको नजरमा एभरग्रिन हिरोइनको उपमा पाएकी करिश्मालाई उनका समकालिन मित्रहरु गौरी मल्ल लगायतले गोदावरी नामसहित बोलाउँन थालेको झण्डै एक बर्ष भईसकेको छ ।

गौरी मल्ल : गौरी माँ
भेजिटेरियन अभिनेत्री गौरी मल्ल प्राय धर्म ग्रन्थ एवं भुत प्रेत तथा बास्तु एवंम ज्योतिषको बिषयहरुमा आफ्नो बहस चलाईरहन्छिन् त्यसकारण गौरी मल्ललाई उनका साथीभाईले गौरी माँ नामकरण गरिदएका हुन ।

aryan gourd

रेखा थापा : काली रेखा
रेखा थापालाई काली रेखा भनेर सम्बोधन गर्ने एक जमात छ । विशेष गरी उनले काली फिल्म बनाएपछि र उनको स्किन टोन समेत गहुँ गोरो रहेका कारण उनलाई साथीभाईहरुले यो नामले बोलाउँन थालेका हुन ।

आर्यन सिग्देल : एलियन तथा सिग्देल बाहुन

र्यन सिग्देललाई सिधै सिग्देल बाहुन भनेर थोरै फिल्म मकेरले भन्छन् तर उनका पछाडी चाँहि सिग्देल बाहुन भनेर सम्बोधन गर्ने एउटा राम्रै जमात छ । यस्तै उनलाई हिरोइन नम्रता श्रेष्ठले आफ्नो लागि अर्के दुनियाबाट आएको मान्छे आर्यन सिग्देल भएको भन्दै  खुले आम मिडियाको सामु एलियन भनेर समेत सम्बोधन गर्ने गर्दछिन् ।

छवि ओझा :  बा
निर्माता छवि ओझालाई चाँहि बा भनेर सम्बोधन गर्ने जमात थुप्रै छ । उनलाई बा भनेर सम्बोधन गर्न थालिएको झण्डै चार बर्ष भईसक्यो । उमेरले समेत ५० टेक्न लागेका छवि ओझा राजेश हमाल देखि आर्यन सिग्देल तथा रेखा थापा सहित थुप्रै सेलिब्रेटीका गड फादर पनि हुन त्यसकारण पनि उनलाई बा भनेर सम्बोधन गर्दा उनी आफू समेत खुसी मान्छन् ।

Dipakraj Giri

दीपकराज गिरी : जोगी /काठे साहरुख

खास गरी गिरी थर गरेका ब्यक्तिहरुलाई जोगी भनेर सम्बोधन गर्ने प्रचलन बर्षौ देखि छ हाम्रो समाजमा । त्यसकारण दीपकराज गिरीको थरको कारण उनलाई उनका समकालिन मित्रहरुले जोगी उपमाले सम्बोधन गर्ने गर्दछन् । यो सम्बोधन गर्नमा दीपककै हितैषी मित्र दीपाश्री निरौला अग्रपक्तिमा पर्दछिन् । यस्तै उनलाई काठे साहरुख भनेर पनि सम्बोधन गर्ने गरिन्छ । बुझिए अनुसार दीपकाराज गिरी बलिउडका किग खान साहरुखको डाईहार्ट फ्यान हुन त्यसकारण उनले बेला बेलामा साहरुख खानको नक्कल गर्ने प्रयाश साथीभाई माँझ गर्ने हुँदा उनलाई काठे साहरुख भनेर पनि बोलाउँने केही साथी भाई छन् ।

दीपाश्री निरौला : फोरम तथा तराईकी काजोल
यस्तै दीपकलाई जोगी तथा काठे भनिरहदा उनीहरुकै समूहले दीपा श्री निरौललाई चाँहि फोरम तथा तराईकी काजोल भनेर सम्बोधन गर्ने गर्दछन् । तराई विराटनगरीकी दीपाश्रीले कमेडी एफ एम रेडियो अडियोमा धनियाकी दुनिया नामक एक कार्यक्रम चलाउँछिन् र सोही कार्यक्रम चलाएको सन्दर्भ सहित उनका साथीभईहरुले तराईकी काजोल एवं फोरम भनेर उनलाई सम्बोधन गर्ने गरेका हुन ।
किरण केसी : मट्टारे 
किरण केसीलाई मट्टारे भनेर सम्बोधन गर्नुको कारण चाँहि उनी ललितपुर ईमाडोल स्थित मट्टार भन्ने गाउँका बासिन्दा हुन र सोही छेत्रको नामलाई अपभ्रस गर्दै उनलाई साथीभाईहरुले मट्टारे भन्ने गरेका हुन ।

wilson priyanka
प्रियंका कार्की : पिंकु

प्रियंका कार्कीलाई उनका साथीभाई एवं मिडियाले समेत पिंकु भनेर सम्बोधन गर्ने गर्दछन् । प्रियंकाको नाम पिंकु रहनुको कारण चाँहि उनी सवैलाई मेन्टेन गर्नेगर्दछिन् र सवैले उनको शो शैलीको प्रसंसा गर्दै उनको ओर्जिनल नामबाट केही छोट्याएर पिंकु सम्बोधन गर्ने गरेका हुन ।

वील्सन विक्रम राई : चाईनिज

नेपाली कमेडी दुनियाका सुपरस्टार वील्सन विक्रम राईलाई चाँहि चाईनिज भन्दै उनका साथीभाईले बोलाउँने गर्दछन् । जसले वील्सनको मन जितेका छन् र जो संग वील्सन निजक छन् उनीहरुले वील्सन चाईनिज नागरिकहरुसंग वील्सनको अनुहार मिल्ने भन्दै उनलाई चाईनिज भनेर सम्बोधन गर्न लागेको एक बर्ष भईसक्यो ।

 

ऋचा शर्मा : रिर्चाज कार्ड
हाम्रो लेखाईलाई फेरी पनि अपमान नठानियोस तर फिल्म नगरीका केही ब्यक्तिहरुले हिरोइन ऋचा शर्मालाई रिचार्ज कार्ड भनेर बोलाउँने गर्दछन् । कारण चाँहि ऋचा शर्माको मोबाईलको ब्यालेन्स प्राय छिट्टै सकिन्छ र समयमै मोबाईलको विल भर्न उनी अल्छी गर्ने हुँदा उनले प्राय साथी भाईको मोबाईल मागेरफोन गर्ने गर्दछिन् र सोही कारण उनलाई नजिकका साथीहरुले रिचार्ज कार्ड भनेर सम्बोधन गर्ने गरेको हाम्रो अध्ययनले देखाएको छ ।

धुर्मुस् :  धुर्मु

समाज सेवामा देखाएको अतभूत कृयाकलापका कारण सर्वाधिक चर्चामा रहन सफल भएका धुर्मुस् अर्थात सिताराम कट्टेललाई चाँहि प्राय सवैले माया गरेर धुर्मु भनेर सम्बोधन गर्ने छन् । यो सम्बोधन गर्नमा सवै भन्दा  अगाडी धुर्मुसकै श्रीमती सुन्तली कुञ्जना घिमिरे अगाडी आउँछिन् ।
संयम पुरी :  पुकुले
शायद फिल्मबाट फिल्म नगरीमा प्रवेश गरेका हिरो संयम पुरीलाई चाँहि उनका साथीभाईहरुले पुकुले सम्बोधन गरेर बोलाउँने गर्दछन् । सानो कद र माया लाग्दो ब्यवहारका कारण उनका साथीभाईहरुले उनलाई पुकुले भनेर बोलाउँन थालेको झण्डै २ बर्ष भईसक्यो ।

बर्षा राउत : पुकुली

नाइँ नभन्नू ल ४ बाट फिल्म नगरीमा प्रवेश गरी चर्चित मोडल एवं नयाँ हिरोइन बर्षा राउतलाई चाँहि पुकुली भनेर सम्बोधन गरिन्छ । मायालाग्दो एवं खाईलाग्दो ज्यान भएका कारण उनलाई साथीभाईहरुले पुकुली भनेर सम्बोधन गर्न थालेको केही महिना मात्र हुन लागेको छ ।

 

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

CAPTCHA Image

*